AnonymousUser

Logout

चोभारमा क्यानओपी जिपलाइन सञ्चालनमा

क्यानओपी जिपलाइनमा एकै ठाउँमा तीन वटा अनुभव लिन सकिने सञ्चालकको भनाइ छ।

कोदो र फापर फलाउने किसानलाई अनुदान

भीमफेदीको एक हजार ६० रोपनी जग्गामा २६६ किसानले कोदो रोपेका र त्यसबाट १०० मेट्रिक टन कोदो उत्पादन हुने अनुमान गरिएको छ।

चितवनको चिउरी पाखा: जहाँ चर्छन् ३० हजार घारका मौरी

जंगली फूलमा विषादी नहुने भएकाले चिउरीमा मौरी चराउने गरिएको हो। चिउरीमा चरेका मौरीको मह नेपालबाहेक अरू देशमा नपाइने भएकाले यसको बजारीकरण गर्न सके उच्च प्रतिफल प्राप्त हुने किसान बताउँछन्।

प्रतिलिटर ३ रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

नयाँ मूल्य अनुसार काठमाडौँ, पोखरा र डिपालयमा पेट्रोल लिटरको १६७ रुपैयाँ तथा डिजेल मट्टितेल लिटरको १५७ रुपैयाँ पर्नेछ।

पेचिलो बन्दै उखुको मूल्य निर्धारण : चिनी मिललाई ‘क्रसिङ’को चिन्ता, आन्दोलनको तयारीमा किसान

किसान, चिनी मिल र कृषि मन्त्रालयका अधिकारीबीचको छलफल निचोडमा पुग्न नसक्दा अहिलेसम्म उखुको समर्थन मूल्य निर्धारण हुन सकेको छैन। मूल्य निर्धारण नहुँदा चिनी मिलले ‘क्रसिङ’ गर्न पाएका छैनन्।

एउटै स्थानीय तहमा एक वर्षमा ५२ करोडभन्दा बढी विप्रेषण

कटारी नगरपालिकामा वैदेशिक रोजगारीमा गएकाहरूबाट एक वर्षमा ५२ करोड १३ लाख रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ।

निजी क्षेत्रमार्फत सञ्चालनमा आयो चोभार सुख्खा बन्दरगाह

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहमा रहेका सात वटै पोर्ट निजी क्षेत्रमार्फत सञ्चालन भइरहेका बताए।

एकैदिन २०० रुपैयाँले बढ्यो कुरिलोको मूल्य, प्याज घट्यो

बिहीबार प्रतिकिलो ६०० रुपैयाँ रहेको कुरिलो शुक्रबार २०० ले बढेर ८०० रुपैयाँ पुगेको छ।

बचत फिर्ता नगरेको भन्दै कान्तिभैरव सहकारीपीडित आन्दोलित

बचत गरेर समस्या परेका बेला गर्जो टार्ने आशा गरेका पीडित भने दैनिक सहकारीको कार्यालय पुगेर निराश हुँदै फर्किने गरेका छन्।

सुक्खा बन्दरगाहमा बेवारिसे २१८ कन्टेनर मुचुल्का उठाएर खोलिँदै, शुरूआती ५८ वटामा प्रतिबन्धित छोकडा भेटियो

पाँच वर्षयता थुप्रिँदै गएका ती कन्टेनर अवैध सामान मगाएका व्यापारीले ‘भन्सारलाई मिलाएर’ वा ‘सरकारबाट खुला गराएर’ छुटाउन असफल भएपछि त्यत्तिकै छाडेको हुन सक्ने अनुमान गरिएको छ। 

चार महिनामा भित्रियो ४ खर्ब ७७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति १०.२ प्रतिशतले बढ्यो

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चार महिनामा चार खर्ब ७७ अर्ब  ९६ करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ भने विदेशी मुद्राको विनिमय सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ।

प्रतितोला २ हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। 

कर्णालीका ३० प्रतिशत परिवार मात्रै कृषिमा आत्मनिर्भर

कर्णालीको उत्पादनशील जग्गासमेत मासिँदै गएको पाइएको छ। खेतीयोग्य जमिन घडरीमा परिणत हुन थालेको छ। पहाडको जग्गा पनि बाँझिन थालेका छन्।

राजस्व संकलन र पुँजीगत खर्चमा सुधार आएको अर्थमन्त्रीको दाबी

विदेशी लगानी गर्न कानूनमा अप्ठ्यारो र अव्यवहारिक भए सुधार्न सकिने तर मुलुकको विधि र कानून मानेर लगानी गरी त्यही विधि र कानून मान्दिनँ भन्ने एनसेएलको कुरालाई स्वीकार गर्न नसकिने अर्थमन्त्रीको भनाइ छ।

नेप्सेमा सामान्य अंकको सुधार, ३ अर्ब ९० करोडको कारोबार

कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको १४ करोड ६७ लाख ९३ हजार १५६ रुपैयाँ बराबरको कारोबार भएको छ।

अलैँचीको मूल्य प्रतिमन ७० हजार, किसान उत्साहित

नेपालमा उत्पादित अलैँची झापाको बिर्तामोड हुँदै भारतीय बजारमा निर्यात हुने गरेको छ। 

अर्थतन्त्रका सूचक सकारात्मक छन्: अर्थमन्त्री 

कोभिड महामारी, रुस–युक्रेन युद्धजस्ता अन्तर्राष्ट्रिय कारणले दबाबमा परेको अर्थतन्त्र सुधारका लागि आफूले नीतिगत र मौद्रिक पहल गरेको अर्थमन्त्री महतको दाबी छ।

किसानको दूध गाउँकै उद्योगलाई, उद्योगीको खुवा शहरतिर (भिडियो कथा)

ललितपुरको महाकांल गाउँपालिकामा सडक पुगेपछि धमाधम खुवा उद्योग खुले। किसानलाई दूध नबिकेर घिउ बनाउनुपर्ने बाध्यता भएन। कोम्रोङ र आसपासका किसान अहिले टिनमा घिउ बोकेर चापागाउँ धाउँदैनन्।

दोदा पुल: ८ वर्ष बित्यो, बन्ने निश्चित छैन

ठेकेदारले जिम्मा लिएको लामो समयसम्म पनि पुल नबन्दा स्थानीय निराश बनेका छन्। अब त पुल बन्नेमा आशंका हुन थालेको लालझाडी–४ का कृष्ण रानाले बताए।

३६.८६ अंकले बढ्यो नेप्से, ४ अर्ब ३० करोड रुपैयाँको कारोबार

सोमबार १५ अंकले घटेर ओरालो लागेको नेप्से आज १.८९ प्रतिशतले बढेर १९८५.४४ विन्दुमा पुगेको छ।