शुक्रबार तोलामा एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबारका लागि भने एक लाख ५२ हजार १०० निर्धारण भएको छ।
जोमसोम बजारको नजिकैको स्याङ संस्कृति र प्रकृतिको संगम हो। जोमसोम र राष्ट्रिय सडक छेवै रहे पनि पर्यटकको चहलपहल बढ्न नसकेकामा स्थानीय चिन्तित छन्।
विगतमा उखुखेती गर्दै आएका किसानले बिस्तारै अन्य खेती गर्न थालेका छन्। कृषि ज्ञान केन्द्रका अनुसार ७०० हेक्टर क्षेत्रफलमा विस्तार भएको उखुखेती घटेर २२५ हेक्टरमा पुगेको छ।
चाडपर्व नजिकिएसँगै धरानको खसी बजारबाट सातामा करिब पाँच हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेको छ। यहाँबाट मुलुकका ठूला शहरका साथै भारतमा समेत खसी बोका बिक्री गर्न लैजाने गरिएको छ।
सोमबार तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
सन् २०२३ को अगस्तको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार ५६६ बढी पर्यटक नेपाल भित्रिएका छन्।
नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार मधेश प्रदेशमा विद्युत् चुहावट १५.२९ प्रतिशत रहेको छ।
दशैँमा बजार पठाइएका नोटहरू जतन नहुँदा औसत आयु नसकिँदै पुनः प्रयोग गर्न नमिल्ने भइसकेका हुन्छन्। यसले खर्च बढाउँदै गएपछि केन्द्रीय बैंकले नयाँ नोटको साटो सुकिला नोट मात्र दिने भएको छ।
मंगलबार सामान्य बढेको नेप्से बुधबार भने ३.२० प्रतिशतले घटेर २,७३९.४६ को विन्दुमा कायम भएको हो।
राडीपाखी बुन्ने पेसा लोप हुन थालेपछि उत्पादन भएको ऊन बिक्री हुन छाडेको हो। मैयुङ क्षेत्रका भेडापालक किसानसँग रहेको गत वर्षको करिब १०० धार्नी ऊन पनि बिक्री भएको छैन।
मंगलबार नेप्से परिसूचक ६.९० अंकले बढेर २८३०.२० को विन्दुमा कायम भएको छ।
रात्रिकालीन ठमेल र दरबारमार्ग पर्यटन व्यवसाय आचारसंहितामा राति १० बजेपछि मनोरञ्जनसहित सेवा प्रदान गर्ने व्यवसायीले अनिवार्य रूपमा ध्वनि नियन्त्रण व्यवस्था गर्नुपर्ने उल्लेख छ।
सोमबार नेप्से परिसूचक ४.७२ प्रतिशतले बढेर २८२३.२५ को विन्दुमा कायम भएको छ भने १३ अर्ब रुपैयाँ कारोबारको शेयर कारोबार भएको छ।
स्टार्टअप कर्जा प्रवाहको लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ।
जिप र कारको आयातमा ४० प्रतिशतले कमी आएको छ।
यस सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणको रूपमा लगानी गर्नेछ।
पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुने मन्त्रालयले जनाएको छ।
आइतबार नेप्से परिसूचक ५३.६३ अंकले ओरालो लागेर २६९५.९३ को विन्दुमा सीमित भएको छ।
पछिल्लो एक महिनामा चिनीको भाउ प्रतिकिलो २० रुपैयाँसम्म बढेको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले नै अघिल्लो महिनाभन्दा प्रतिकिलो ७ रुपैयाँ भाउ बढाएको छ। चिनी उत्पादकहरू भने माग बढ्दा मूल्य बढेको दाबी गर्छन्।
खाँदबारी–२ चेवाबेसीमा १७.४ किलोमिटर सुरुङ मार्गबाट पानी ल्याएर तल्लो अरुण आयोजना निर्माण गर्न लागिएको हो। प्रभावित स्थानीयलाई करिब १ अर्ब ४० करोड रुपैयाँ मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ।