सरकारी तवरबाटै विशेष दक्ष श्रमिक निःशुल्क जापान पठाउनेगरी थालिएको प्रक्रिया अहिले भद्रगोल छ। कार्यविधिअनुसार म्यानपावर व्यवसायीले पनि कामदार पठाउन पाएका छैनन्, तर कन्सल्टेन्सीले धमाधम पठाइरहेका छन्।
जुरे पहिरो, महाभूकम्प, नेपाल–भारत नाकामा भएको अवरोध, भोटेकोशी नदीमा आएको बाढी, कोभिड तथा ठेकेदारको कमजोर कार्यसम्पादनले आयोजना निर्माण प्रभावित भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा लगातार वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
दिपायल सिलगढी–३ बान्नेकोटका युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले करिब १८ रोपनी जमिनमा बेसारखेती थालेका हुन्। उनीहरूले वर्षौंदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याएका छन्।
जोमसोमदेखि घरपझोङ गाउँपालिका–५ ठिनी भएर तिलिचो तालमा पर्यटक जान थालेका हुन्। यसअघि मनाङको चामेदेखि खाङसार हुँदै तिलिचो ताल जोड्ने पदमार्ग प्रयोगमा थियो।
साउन र भदौमा एक अर्ब १३ करोड ३४ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको छ। गत वर्ष सोही अवधिमा ६९ करोड ९३ लाख ६४ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो।
‘मुख्य कुरा आवश्यकता र अभाव रहेछ। अप्ठ्यारोले बलियो बनाउँदो रहेछ। बिहेवारी भएपछि जिम्मेवारी थपियो, खर्च बढ्यो। अभावले तनाव दियो, त्यसैको समाधान खोज्दा दुनाटपरी उद्योग जन्मियो।’
नेपाल सरकार तथा प्राधिकरणको लगानी र निर्यात आयात (एक्जिम) बैंक, भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलियतपूर्ण ऋणमा उक्त आयोजना बनिरहेको छ।
बिहीबार प्रतितोला १ लाख ५५ हजार ६०० रुपैयाँ रहेको सुन शुक्रबार १ लाख ५७ हजार १०० रुपैयाँ कायम भएको छ।
ऋषिङ गाउँपालिकाको लगानीमा डेढ रोपनी जग्गामा दुई हजार २५० स्ट्रबेरीका बिरुवा रोपिएका छन्। परीक्षणका रूपमा खेती गरिएको हो।
अविरल वर्षापछि आएको बाढी र हावाहुरीले कञ्चनपुरमा धानमा क्षति पुर्याएको छ। दोधारा चाँदनी, भीमदत्त, पुनर्वास, बेलौरीलगायत क्षेत्रका बालीमा बढी क्षति भएको छ।
वायुसेवा निगम सुधारका लागि समिति बनाउने र प्रतिवेदन दराजमा थन्क्याउने क्रम २०५८ सालदेखि निरन्तर चलिरहेको छ। अहिलेसम्म बनेका सात समितिले दिएका तर कार्यान्वयन नभएका निगम सुधारका सुझाव प्रायः उस्तै छन्।
बुधबार प्रतितोला १ लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापवाल सुन बिहीबार १ लाख ५५ हजार ६०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार परिसूचक चार अंकले घटेर २५७६.७६ को विन्दुमा सीमित भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ५६ हजार ७०० रहेको छापावाल सुन बुधबारका लागि एक लाख ५६ हजार ४०० रुपैयाँ निर्धारण भएको छ।
अकबरे खुर्सानी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको छ। खुर्सानी भोजपुरमा मात्र खपत हुँदैन। यसको माग तराईदेखि काठमाडौँसम्म पनि उत्तिकै छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा कूल विनियोजनको ७.३९ प्रतिशत अर्थात् एक खर्ब ३७ अर्ब ५५ करोड २७ लाख रुपैयाँ बराबर बजेट खर्च भएको हो।
सोमबार प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँ रहेको सुन मंगलबार प्रतितोला एक लाख ५६ हजार ७०० कायम भएको छ।
अघिल्लो सरकारको पालामा पारित भइसकेको नीति कार्यक्रमलाई आधार मानेर वर्तमान सरकारले बजेट ल्याएको हो।
सोमबारको कारोबारमा आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ।