AnonymousUser

Logout

सार्वजनिक ऋण २४ खर्ब हाराहारी, १० महिनामा थपियो ९८ अर्ब

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार बाह्य ऋण दायित्व १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ बराबर पुगेको छ। जीडीपी अनुपातमा बाह्य ऋणको दायित्व २१.२६ प्रतिशत बराबर हो।

दूध र तरकारीमा आत्मनिर्भर बन्यो बिहादी गाउँपालिका

स्थानीयस्तरमा उत्पादन भएको कृषि उत्पादकत्वलाई कृषि एम्बुलेन्समार्फत बजार पुर्‍याउन मद्दत गर्ने पालिकाको योजना छ। जसका लागि पालिकाले कृषि एम्बुलेन्स खरिद गरिसकेको छ।

गर्मीका कारण आधाले घट्यो अण्डा उत्पादन, कुखुरामा रोगको पनि जोखिम

गर्मीको समयमा अण्डा उत्पादनमा २० देखि २५ प्रतिशत ह्रास आउने गर्छ। यस वर्ष भने गर्मीसँगै एच नाइन रोगका कारण पनि उत्पादनमा गिरावट आएको छ।

यस्तो रहनेछ बिहीबारको मौसम

देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र मधेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

अर्थतन्त्रमा प्रादेशिक योगदान:  बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम

राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ।

श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल गठन

वि.स २०४९ सालमा स्थापित, झण्डै ७४ बिघा क्षेत्रफलमा रहेको सो उद्योग विगत ४ वर्षदेखि बन्द अवस्थामा रहेको छ।

ताप्लेजुङको टिप्ताला नाका खुलाउने तयारी

नाका खुल्ने सहमति भएसँगै सीमावर्ती क्षेत्रमा बसोबास गर्ने ११५ जनाले तिब्बत प्रवेशका लागि अनुमति लिएका छन्।

आज पनि दोहोरो अंकले बढेर २१३१.४९ विन्दुमा उक्लियो शेयर बजार

एक करोड ४४ लाख १९ हजार ५२१ कित्ता शेयर पाँच अर्ब ६८ करोड ७६ लाख रुपैयाँमा किनबेच भएको छ।

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त, सामुदायिक लघुवित्तको शेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ।

अघिल्लो दशैँतिहार ‘खल्लो’ बनाएको सरकारले यो वर्ष चिनी अभाव टार्न गरेन तयारी

गत वर्ष चाडपर्वका लागि सरकारले जीटुजी सम्झौतामार्फत भारतबाट ल्याउने भनिएको चिनी आउँदै नआउँदा बजारमा अभाव भयो। यो वर्ष पनि चाडबाडमा चिनीको संकट हुन नदिन कुनै तयारी गरिएको छैन।

तोलामा १ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य

सोमबार प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार एक लाख ४० हजार ६०० निर्धारण गरिएको छ। 

१ खर्ब २६ अर्बको निर्यात हुँदा १३ खर्बको आयात

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा देशले ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ।

नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

सोमबार एक करोड ४३ लाख ७० हजार ६८९ कित्ता शेयर किनबेच हुँदा पाँच अर्ब ८५ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ।

सुनको मूल्य तोलामा ९०० ले वृद्धि

स्थानीय बजारमा सूनको मूल्य एक लाख ४१ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ।

जलविद्युत‍्को शेयरमा विकृति : नाफा लिएर संस्थापक बाहिरिँदा जोखिममा सर्वसाधारणको लगानी

सरकारी प्रतिवेदनले लकइन पिरियड सकिए लगत्तै संस्थापक शेयरधनी बाहिरिँदा कम्पनी सञ्चालनमा समस्या आउन सक्ने र यसले सर्वसाधारणको विश्वास गुम्न गई पुँजी परिचालनमा प्रत्यक्ष प्रभाव पर्ने सक्ने औँल्याएको छ।

नेप्से परिसूचक ४५.६९ अंकले बढ्दा पाँच अर्ब २५ करोडको बारोबार

आइतबार ३२३ कम्पनीको एक करोड २२ लाख ४० हजार ८०२ कित्ता शेयर ७४ हजार ९९१ पटक खरिदबिक्री हुँदा पाँच अर्ब २५ करोड १० लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन तोलामा १ हजार ६०० बढ्यो

शुक्रबार तोलामा एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार एक लाख ४० हजार ९०० निर्धारण गरिएको छ।

दोदा बगरमा तरकारखेती लगाएर ५०० परिवारको गुजारा

दोदा नदीमा करिब ५०० भन्दा बढी परिवारले बगरखेती गरेका छन्। बगरमा तरभुजा, काँक्रा, लौका, फर्सीलगायत खेती गरिएको छ।

मुगुका किसान स्याउको बिरुवा उत्पादनमा आत्मनिर्भर, जिल्लाबाहिर बिक्री 

कोदो, कागुनो चिनो, जै, गहुँलगायत खेती गर्दा खानसमेत नपुग्ने भएपछि मुगुका स्थानीय स्याउ, ओखर जस्ता फलफूल खेतीमा लागेका छन्।

कर्जा बढाउन सहयोग पुग्ने गरी राष्ट्र बैंकले गर्‍यो नीतिगत व्यवस्था

अब उपभोक्ताले बैंक तथा वित्तीय संस्थाबाट आफ्नो आम्दानीको ७० प्रतिशत रकमले किस्ता तिर्न पुग्ने गरी ऋण लिन पाउँछन्। यसअघि यस्तो अनुपात ५० प्रतिशत थियो।