AnonymousUser

Logout

सुनको मूल्यमा लगातार नयाँ कीर्तिमान

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँ कायम भएको छ।

घट्यो पेट्रोल–डिजेलको मूल्य

निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलको ५ रुपैयाँका दरले घटाएको छ। 

नेप्से परिसूचक ५० अंकले घट्यो, कारोबार रकममा सुधार

नेप्से परिसूचक ५०.७३ अंक अर्थात् १.८८ प्रतिशतले घटेर २६३७.७९ को विन्दुमा कायम भएको छ।

१ लाख ५६ हजार ८०० पुग्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन एक लाख ५६ हजार ८०० निर्धारण भएको छ।

बजेट अभावले २८० खानेपानी आयोजना सुधार अधुरै

सुधार गर्न आवश्यक २८० खानेपानीका आयोजनामध्ये सबैभन्दा बढी आयोजना मधेश प्रदेशमा छन्। दातृ निकायले समेत लगानीको चाहना नदेखाएपछि आवश्यक बजेट अभाव भएको हो।

कृषि मन्त्रालयलाई प्राप्त बजेटमध्ये ५६ प्रतिशत मल खरिदमै खर्च

मन्त्रालयका सचिव डा. दीपककुमार खरालले बजेट अभावका कारण कृषि क्षेत्रमा विकासका काम गर्न नसक्ने अवस्था रहेको भन्दै बजेट वृद्धि गर्न सबैको ध्यान जानुपर्ने बताए।

भोजपुर–काठमाडौँ उडान कम हुँदा यात्रु मारमा

विमानस्थलमा कुनै समय हप्तामा सात दिन नै उडान हुने गर्थ्यो। विराटनगरसमेत उडान हुने गरेकामा अहिले भने भोजपुर–काठमाडौँ बुधबार र शनिबारमात्र उडान हुँदै आएको छ।

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, ८ अर्बको कारोबार

बिहीबार नेप्से परिसूचक ७८.१७ अंकले उकालो लागेर २६८८.३८ को विन्दुमा कायम भएको छ।

तोलामा १०० रुपैयाँ घट्यो सुनको मूल्य, चाँदी बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनको तयारी,  ४२ जिल्लाका ६१ स्थानमा पसल राखिने

अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

माछापुच्छ्रेमा चक्लाबन्दी खेती: सिँचाइमा सहज, उब्जनी बढ्यो 

माछापुच्छ्रे गाउँपालिका–३ घाचोकको सिरानखेत र तल्लाखेतमा गरी ३१६ रोपनी जमिन चक्लाबन्दी गरी सामूहिक खेती थालिएको छ। कृषकको जमिन एकीकरण गरेर समथर बनाउन कृषि मन्त्रालयले अनुदान दिने गरेको छ।

असोज १३ देखि २२ गतेसम्म सुकिला नोट साट्न पाइने

राष्ट्र बैंकले यसपटकको दशैँलाई लक्षित गरी आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला बैंक नोट सटही सुविधा दिने भएको छ।

शेयर बजारको ओरालो यात्रा जारी, २२ अंकले घटेर २,६१० को विन्दुमा कायम

बुधबार १३ मध्ये १० उपसमूहको परिसूचक घट्दा कारोबार रकम पनि घटेर ६ अर्ब ८५ करोड पुगेको छ।

काँचो केरामा खान अयोग्य हुनेगरी भेटियो विषादीको मात्रा

काँचो केराको विषादी अवशेष जाँच गर्दा अर्गानो फस्फेट कीटनाशक विषादीको मात्रासमेत उच्च पाइएको छ। अर्गानो फस्फेटको मात्रा २७ देखि ३५ प्रतिशतसम्म फेला परेको छ।

जुम्लाको स्याउ, कैलालीमा व्यापार

जुम्लामा उत्पादित स्याउ प्रतिकिलो ७० रुपैयाँमा खरिद गर्छन्। तराई पुर्‍याएपछि प्रतिकिलो १०० देखि १२० रुपैयाँमा बिक्री हुने गरेको छ।

समावेशी ग्रामीण विकासका लागि कोरियाले १ अर्बभन्दा बढी सहयोग गर्ने

समावेशी ग्रामीण विकास परियोजनाका निम्ति उक्त रकम प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा कोइकाका देशीय निर्देशक मोह्युन कोङ र मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीले हस्ताक्षर गरे।

नेप्से परिसूचक घट्नेक्रम जारी, कारोबार ७ अर्बमा खुम्चियो

मंगलबार नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ को विन्दुमा सीमित भएको छ।

नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६ को विन्दुमा सीमित

नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ।

‘अटो शो’मा ११ प्रतिशतसम्म छुट अफरः अरू बेला बढी मूल्य असुलिएको हो?

यसपालि नाडा अटो शोमा राखिएका गाडीमा १० लाख रुपैयाँसम्म छुट दिइयो। यस्तो छुट कसरी तय हुन्छ भन्ने न उपभोक्ताले थाहा पाउँछन्, न त पारदर्शी नै हुन्छ।

नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९० को विन्दुमा सीमित

कारोबार भएका कुल १३ उपसमूहमध्ये आइतबार तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ।