AnonymousUser

Logout

च्यांग्रा व्यापारीको यात्रा: रारादेखि फेवातालसम्म

छिरिङ दशैँमा च्यांग्रा बेच्न यो मार्गमा यसरी हिँडेको पहिलोपटक भने होइन। विगत एक दशकदेखि नियमित जसो च्यांग्राको व्यापार गर्न उनी मुगुबाट पोखरा आउँछन्।

२ दिनको वर्षाले ऊर्जामा साढे १६ अर्बको क्षति, माथिल्लो तामाकोशी सञ्चालनमा आउन १ वर्ष लाग्ने

बाढीपहिरोबाट एक्कासि उत्पादन तथा प्रसारण लाइनमा आएको अवरोधका कारण ११ सय मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको छ। क्षतिग्रस्त माथिल्लो तामाकोशी सञ्चालनमा ल्याउनै एक वर्ष लाग्ने प्रारम्भिक अनुमान छ।

बाढीपहिरो पीडितलाई राहत दिन १ अर्ब विनियोजन, बीपीबाहेक सबै राजमार्ग सञ्चालनमा

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बीपी राजमार्गमा फसेका गाडी र मानिसबाहेक सबै उद्धारका काम सकिएको बताए।

प्राथमिकतामा परेन वित्तीय संघीयता कार्यान्वयन

संविधानमा राखिएको संघीयता कसरी कार्यान्वयन भइरहेको छ भनेर कुनै पनि राजनीतिक दलले चासो नदिने गरेको काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार प्राडा. अच्युत वाग्लेले बताए।

सर्वसाधारणको ४२ अर्ब बचत फिर्ता हुने आधार के?

समस्याग्रस्त सहकारीमा फसेको बचतकर्ताको ४२ अर्ब रुपैयाँ उठाउने अधिकार पाएको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालय आफै उल्झनमा फस्दा बचतकर्ताको रकम तत्काल फिर्ता हुने सम्भावना न्यून देखिएको छ।

मुस्ताङमा बढ्न थाल्यो बाह्य पर्यटकको चहलपहल

चालु आवको साउन र भदौमा सात हजार ५९९ पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। गत वर्ष सोही समयमा पाँच हजार १७५ जनाले घुमेका थिए।

बांग्लादेशमा बिजुली निर्यात गर्न त्रिपक्षीय सम्झौतामा हस्ताक्षर

प्राधिकरणले एनभीभीएनलाई उपलब्ध गराएको बिजुली भारतीय संरचना प्रयोग गरेर बांग्लादेश पुर्‍याउनेछ। नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइन हुँदै विद्युत् निर्यात गर्न लागिएको हो।

जुम्लाबाट झन्डै ६ हजार मेट्रिकटन स्याउ बाहिरी जिल्ला पठाइयो

उक्त स्याउ बिक्रीबाट जिल्लामा ३८ करोड १० लाख रुपैयाँ आम्दानी भएको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको छ।

टिकेन पुँजीबजारको उकालो यात्राः नेप्से परिसूचक २६ अंकले घट्यो

पछिल्ला दुई कारोबार दिन उच्च उच्च अंकले बढेको नेप्से परिसूचक बुधबार २६.०७ अंकले घटेर २,५९७.४९ को बिन्दुमा कायम भएको हो।

नेपालकोआर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

केन्द्रीय बैंकले लचिलो मौद्रिक नीति ल्याएका कारण थोक तथा खुद्रा व्यापार, निर्माण क्षेत्र र उत्पादन क्षेत्र लाभान्वित हुने तथा निजी क्षेत्रको लगानी वृद्धि हुने अनुमान गरिएको छ।

बाढीबाट मधेशमा ५ अर्बभन्दा बढीको क्षति

अन्न भण्डारका रूपमा परिचित मधेशका धानखेत डुबेका छन्। बाला लागेको धान डुब्दा किसान चिन्तित छन्। माछापोखरी पुरिँदा करोडौँको क्षति भएको छ।

विपद्ले आपूर्ति प्रणाली बिथोलिँदा महँगिएको भान्सा

बाढीपहिरोको विपद्ले ढुवानी अवरुद्ध भई आपूर्ति प्रणाली बिग्रिँदा तीन दिन काठमाडौँ उपत्यकामा न्यून मात्रामा तरकारी भित्रियो जसका कारण मूल्य आकासिएको छ।

नेप्से परिसूचक ११४ अंकले बढेर २६२३ को विन्दुमा, साढे ७ अर्बको कारोबार

मंगलबार नेप्से परिसूचक ४.५७ प्रतिशतले बढेर २६२३ को विन्दुमा पुगेको छ भने सात अर्ब ६१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

पाकेर लहलह झुलेको धान बाढीले सखाप, बगर बन्यो खेत

शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढी धान फाँटमा पस्यो। बाढीसँगै आएको लेदो माटो, गेग्रानले खेत बगर बनाइदियो। धानबाली सखाप भयो।

हवाई उडानमा नयाँ रेकर्ड: सोमबार एकैदिन ५५९ उडान

बाढी पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन्। सडक अवरुद्ध भएपछि तीन दिनयता हवाई यात्रीको चाप ह्वात्तै बढेको हो।

आयल निगमले घटायो इन्धनको मूल्य

आयल निगमले पेट्रोल, डिजेल/मट्टितेल, हवाई इन्धनको मूल्य घटाएको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखेको छ।

शेयर बजारमा ३ महिनायताकै न्यून कारोबार

आइतबार नेप्से परिसूचक २२.३६ अंकले घटेर २४६४.४० को विन्दुमा सीमित भएको छ।

बाढीले १६ जलविद्युत् आयोजनामा क्षति, माथिल्लो तामाकोशीमा ४ जना बेपत्ता

माथिल्लो तामाकोशीको बाँधस्थल तथा बालुवा थिग्र्याउने पोखरीमा क्षति पुगेको छ। आयोजनाको नियन्त्रण कक्ष रहेको भवनमा क्षति पुग्दा सुरक्षाकर्मी र कामदार गरी चार जना बेपत्ता छन्।

पहिरोले प्रसारण लाइनमा क्षति भएपछि ताप्लेजुङ र पाँचथर र इलाममा विद्युत् अवरुद्ध

पहिरोले काबेली करिडोर १३२ केभी प्रसारण लाइनको इलामको महामाईमा रहेको ५१ नम्बरको टावर ढलेपछि विद्युत् अवरुद्ध भएको छ।

उखु र दूध किसानलाई भुक्तानी गर्न २ अर्ब निकासा 

दूध तथा उखु किसानको बक्यौता रकम उपलब्ध गराउन सरकारले दुई अर्ब निकास गरेको छ।