AnonymousUser

Logout

चाडपर्वमा कोसेली कर्णालीको स्याउ

दशैँमा कर्णालीको स्याउ अरु बेलाभन्दा तीन गुणा बढी बिक्री भएको छ। बाहिरबाट आउने स्याउको तुलनामा स्वादिलो र सस्तो भएकाले ग्राहकको रोजाइमा परेको व्यवसायीले बताएका छन्।

पर्वतमा पाक्न लागेको धानबालीमा असिनाले क्षति

कुस्मा र फलेवास  नगरपालिका, जलजला, मोदी र महाशिला गाउँपालिकाका विभिन्न ठाउँमा असिनापानीले धानबालीमा क्षति पुर्‍याएको छ।

नेपालबाट भारत निर्यात हुने वस्तुमा अवरोध, गुणस्तर प्रमाणपत्र नवीकरण रोकेर ‘बार्गेनिङ’

नेपालले दुग्धजन्य पदार्थको आयात रोकेपछि त्यसलाई खोल्न घुमाउरो दबाब दिँदै नेपालबाट भारतमा हुने सिमेन्ट, जुत्ता लगायतका वस्तु निर्यातमा अवरोध खडा गरिएको व्यवसायीले बताएका छन्। 

नेप्से परिसूचकमा उच्च अंकको गिरावट

आज नेप्से परिसूचक ५७.९९ अंकले ओरालो लागेर २,६३९.९२ अंकमा पुगेको छ।

सुनको मूल्यमा नयाँ कीर्तिमान

आइतबार तोलामा १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन १ लाख ६५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ। 

अमेरिका निर्यात हुन थाल्यो बागलुङको छुर्पी 

बागलुङ दुग्ध उत्पादक सहकारी संघमार्फत दूध संकलन, प्रशोधन र बजारीकरण हुने गरेको छ। सहकारीमार्फत संकलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ। 

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान तथा अभियोजन प्रक्रियालाइ तीव्र पारिने

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय गरेको छ। 

न्याय सम्पादन प्रभावित हुने भयमा सूर्यदर्शन सहकारी पीडित

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइरहँदा उनका समर्थकसँगै सहकारी पीडित सडकमा थिए। समर्थकले सरकारको विरोधमा नारा लगाए भने सहकारी पीडितले रकम फिर्ताको माग गरिरहे।

शेयरबजार ४७ अंकले घट्यो, कारोबार ८ अर्बभन्दा धेरै

साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट देखिएको छ।

माटोका भाँडा बनाएर घरखर्च जोहो

सुनसरीका इनरुवा, लौकही, हरिपुरलगायत स्थानमा बसोबास गर्ने कुम्भकार चाडपर्वलाई लक्षित गरेर माटोको भाँडा बनाउने काममा व्यस्त छन्।

गोरखामा सडक अभावका कारण कुहिँदै स्याउ, बजार ल्याइदिन सरकारसँग माग

सडक अभावले गाउँमै अलपत्र परेको स्याउलाई अनुदानमा बजारसम्म ल्याउने व्यवस्था गरिदिन किसानले सरकारसँग माग गरेका छन्।

अन्नपूर्ण आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भिड

अन्नपूर्ण गाउँपालिका–३ नारच्याङको हुमखोलाबाट उक्त पदमार्ग हुँदै दुई दिनको पैदलयात्रा पछि अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ।

तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

घोडेपानीमा आन्तरिक पर्यटकलाई १० प्रतिशत छुट

घोडेपानीमा रहेका २६ वटा सानाठूला होटलमा दैनिक एक हजार २०० पाहुना बास बस्ने क्षमता छ। प्याकेजमा प्रतिव्यक्ति एक हजार ५०० देखि पाँच हजार रुपैयाँसम्मका सुविधायुक्त कोठामा बास बस्न सकिन्छ। 

नेप्से परिसूचकमा सामान्य वृद्धि, ७ अर्बको कारोबार

नेप्से परिसूचक २.४७ अंकले उकालो लागेर २७४५.३६ मा पुगेको छ भने सात अर्बभन्दा माथिको शेयर कारोबार भएको छ।

नेवानिद्वारा ६ अर्ब ३२ करोड रुपैयाँ ऋण भुक्तानी

नेपाल वायुसेवा निगमले हालसम्म विमानको ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३ रुपैयाँ ऋण भुक्तानी गरेको जनाएको छ।

वीरगन्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो

चालु आवको भदौ मसान्तसम्ममा दुई अर्ब सात करोड ८४ लाख २२ हजार रुपैयाँ मूल्य पर्ने १६ हजार ३८४ वटा मोटरसाइकल आयात भएका छन्।

सहकारीमार्फत दूधको बजारीकरण भएपछि किसान उत्साहित

किसान बिचौलियाको मारमा पर्ने समस्या पनि हटेको छ। हाल किसानबाट संकलन गरेको तीनदेखि चार हजार लिटर दूध दैनिक बजारीकरण हुने गरेको छ।

‘रुफटप सोलार’ ऊर्जाको सम्भावनामा सरकारी नीतिको छेकबार 

सरकारी नीति खुकुलो भई उद्योगी–व्यवसायीले खाली रहेको छतलाई उपयोग गरेर सौर्य प्रणालीबाट उत्पादित विद्युत‍् उपभोग गर्न पाएमा धेरैजसो उद्यमी बिजुलीमा आत्मनिर्भर हुने अवस्था रहेको ऊर्जा व्यवसायी बताउँछन्।

नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

बुधबार नेप्से परिसूचक ४३ अंकले बढेर २७४२ को विन्दुमा कायम भएको छ भने पाँच अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।