साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्से ९.१९ अंकले घटेर २६१७.९५ विन्दुमा झरेको छ।
उच्च विद्युत् माग हुने सुक्खायाममा पूर्ण क्षमतामा चलाउने गरिएको ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनालाई बाढीले क्षति पुर्याउँदा यो वर्ष हिउँदमा विद्युत् आपूर्ति प्रभावित हुने भएको छ।
छापावाल सुन अघिल्लो दिनभन्दा १ हजार ४०० रुपैयाँले बढेर तोलाको १ लाख ६७ हजार ४०० रुपैयाँ पुगेको छ।
चालु आवको तीन महिनामा वर्षाका कारण आयातमा कमी आएको भन्सारले जनाएको छ। समग्रमा राजस्व संकलन भने बढेको छ।
कुम्भकार समुदायले दीपावली तथा छठपर्वलाई लक्षित गरी माटोका घैला, दियो, धुपदानी, कलशसहितका भाँडाकुँडा बनाउने गरेका छन्।
भारत, चीन, फ्रान्सलगायत देशबाट तयारी चियाको माग आउने गरेको चिया व्यवसायी बताउँछन्।
फुल्न थालिसकेको फूल वर्षाले नोक्सान भएपछि तिहारमा भारतबाट १५ लाख माला आयात गर्ने तयारी रहेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ।
गत महिनाको बाढी र डुबानले बालीमा क्षति पुर्याउनु, यो वर्ष टनेल उत्पादन कम हुनु र भारतमै गोलभेडा उत्पादन घटेपछि आयात घट्दा बजारमा गोलभेडाको मूल्य आकासिएको छ।
दुग्धपदार्थ पर्याप्त मात्रामा उत्पादन हुँदाहुँदै भारतबाट आउने सस्ता सामग्रीका कारण बिक्री प्रभावित हुँदा सरकारले गत फागुनमा आयातमा रोक लगाएको थियो। तर साढे ७ महिनापछि किन आयात खुलाउने तयारी हुँदैछ?
म्याग्दीको ज्यामरुककोट, खबरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायत स्थानमा लगाएको धान र कोदोबालीमा असिनाले क्षति गरेको छ।
बिहीबार तोलामा १ लाख ६६ हजार रुपैयाँ रहेको सुन शुक्रबार पनि समान मूल्यमा कारोबार भइरहेको छ।
कञ्चनपुरका केही किसानले खेतीमा ड्रोन प्रविधिको प्रयोग गर्न थालेका छन्। यसबाट खेती गर्दा लागत कम हुनुका साथै उत्पादनसमेत वृद्धि हुने उनीहरूको भनाइ छ।
पछिल्लो समय वर्षमा ८०० किलोमिटरभन्दा बढी कालोपत्रे सडक र २०० मिटर हाराहारी पुल बनिरहेको छ। तर पहाडी भेगमा सडक विस्तारसँगै पहिरोको समस्या त छँदैछ, सवारी दुर्घटनाबाट हुने मानवीय क्षति पनि कहालीलाग्दो छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १८.२५ अंकले ओरालो लागेर २०६२७.१४ मा पुगेको छ।
कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष करिब सात हजार ३३० मेट्रिकटन स्याउ उत्पादन भएको छ। गत वर्ष ६ हजार ५९६ मेट्रिकटन उत्पादन भएको थियो।
बुधबार शेयरबजार परिसूचक नेप्से २०.४१ अंकले घटेर २६४५.३९ विन्दुमा झर्दा कारोबार रकम भने बढेको छ।
मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत हाइस्पिड डिजेल पाइपलाइनबाट आयात हुने गरेको छ। पेट्रोल भने ट्यांकरबाट नै ल्याउने गरिन्छ।
कोरोना भाइरस महामारी फैलिन नदिन गरिएको बन्दाबन्दीमा भंगेटारका २४ घरले चन्दा संकलन तथा श्रमदान गरी साढे ६ रोपनी जग्गामा निर्माण गरेको ताल पर्यटकीय गन्तव्य बनेको छ।
पछिल्ला दुई कारोबार दिन उच्च अंकले घटेको बजार आज २५.८८ अंकले बढेर २६६५.८१ विन्दुमा पुगेको छ।
फ्लोरिकल्चर एसोसिएसनका अनुसार यसपालिको तिहारमा ३८ करोड रुपैयाँ बराबरको फूलको माला खपत हुने अनुमान छ।