AnonymousUser

Logout

सुपर काबेली ‘ए’को सफल परीक्षण, राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै

यस आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको पाँचथरस्थित अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। 

मौद्रिक नीति समीक्षा, पुरानै नीतिगत व्यवस्थालाई निरन्तरता 

केन्द्रीय बैंकले कुनै नीतिगत व्यवस्थामा हेरफेर गरेको छैन। नीतिगत दर, निक्षेप संकलन दर र बैंकदर यथावत् राखेको छ।

बूढीगण्डकीसहितका जलविद्युत् परियोजनाको लगानी स्वीकृत

लगानी बोर्ड बैठकले बूढीगण्डकीसहित जगदुल्ला र चैनपुर सेती जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्से परिसूचक ८.३० अंकले घटेर २७४८.०५ को विन्दुमा सीमित भएको छ।

दिगो आम्दानीको स्रोत बन्यो तरकारीखेती

धनगढी–६ मटियारीका किसान व्यावसायिक तरकारीखेतीमा लागेका छन्। यहाँका अधिकांश किसानको आम्दानीको मुख्य स्रोत तरकारीखेती बनेको छ।

‘कर्पोरेट वार’ चलिरहँदा धितोपत्र बोर्ड छिरेका श्रेष्ठ, प्रथम चासो नयाँ स्टक एक्सचेन्ज

अध्यक्ष नियुक्ति प्रक्रिया विवादित बन्दा ११ महिनासम्म धितोपत्र बोर्ड नेतृत्वविहीन भयो। यहीबीच नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया पनि विवादित भयो। विवादबीच नै श्रेष्ठ बोर्ड अध्यक्ष भएका छन्।

झन्डै ४० अंकले बढेर २ हजार ७५६ को विन्दुमा पुग्यो नेप्से

१३ उपसमूहमध्ये वित्तबाहेक सबै उपसमूहको परिसूचक बढेको छ। आज ८ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

तोलामा ९०० रुपैयाँ बढ्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला ९०० रुपैयाँले बढेर १ लाख ४९ हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

विदेशबाट फर्किएर च्याउखेती, मासिक लाखभन्दा बढी आम्दानी

‘विदेशमा गएर धेरै दुःख गर्नुभन्दा स्वदेशमै थोरै मेहनत गर्दा पनि राम्रो कमाइ हुने रहेछ। अहिले विदेश जाने कुरा सोच्न पनि सकिन्न।’

देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना

तराईका केही तथा पहाडी भूभागका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुनको मूल्य घटेसँगै बढ्यो सुनको माग

सोमबार र मंगलबार काठमाडौँको न्युरोड क्षेत्रका सुनचाँदी पसलमा ग्राहकको भीडसँगै कारोबार पनि बढेको व्यवसायीको भनाइ छ।

नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

मंगलबार नेप्से परिसूचक ३३ अंकले बढेर २७१६ को बिन्दुमा उक्लिएको छ भने सात अर्ब ४४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

तोलामा २ हजार ६०० रुपैयाँ घट्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँ तोकिएको छ।

सामाजिक सुरक्षा दिवस मनाइँदै: १८ लाख श्रमिक कोषमा सूचीकृत

सरकारले सामाजिक सुरक्षा कोषमार्फत आम नागरिलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने प्रक्रिया अघि बढाइरहेको छ।

तलाउ भाडामा लिएर सिँगडाखेती, बजारको छैन समस्या 

बाँकेका विभिन्न तलाउ तथा पोखरीमा सिँगडाखेती गर्ने गरिन्छ। बाह्रै महिना उत्पादन नहुने हुनाले सिजनका बेलामा यसको माग बढी हुने गरेको छ।

चिसो बढेसँगै बढे सगरमाथा क्षेत्र छाड्ने विदेशी पर्यटक

चिसो अधिक बढेकाले विदेशी पर्यटक सगरमाथा क्षेत्रबाट भ्रमण छोट्याएर फर्किने क्रम उच्च रहेको पर्यटन व्यवसायीहरूले बताएका छन्।

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ।

नेप्से परिसूचक दोहोरो अंकले बढ्दा घट्यो कारोबार रकम

सोमबार नेप्से परिसूचक १५.८३ अंकले बढेर २६८३.२४ को बिन्दुमा उक्लिएको छ भने ६ अर्ब ३४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

भन्सार महसुल दर घटेसँगै तोलामा झन्डै १६ हजारले सस्तियो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलाको एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

आइतबार नेप्से परिसूचक १३ अंक घटेर २६६७ को बिन्दुमा सीमित भएको छ भने सात अर्ब ७२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।