AnonymousUser

Logout

पहिलो चौमासिकमा ८४ अर्ब सरकारी ऋण थपियो

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४ प्रतिशत नाघेको हो।

अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल

हवाई मार्गबाट ठूलो संख्यामा विदेशी पर्यटक भित्रिने आशमा रहेका पोखराका पर्यटन व्यवसायी पनि विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा निराश बनेका छन्।

रामपुरका खेतबारीमा झुसिल्किराको प्रकोप

रामपुर नगरपालिकाका किसान तरकारीको व्यावसायिक खेतीमा लागेका छन्। झुसिल्किराको प्रकोप फैलिएपछि भने उनीहरू चिन्तित बनेका छन्।

बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति

असोज ११ र १२ गतेको वर्षापछिको बाढीपहिरोबाट देशभर जलविद्युत, सिँचाइ, तटबन्ध र प्रसारण लाइनमा १३ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ।

तरकारी र गेडागुडीको मूल्यमा उच्च वृद्धि

राष्ट्र बैंकको प्रतिवेदनअनुसार तरकारीको उपभोक्ता मूल्य सूचकांक २५.१५ प्रतिशत, दाल तथा गेडागुडीको १० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५७ प्रतिशतले वृद्धि भएको छ। 

नेप्से परिसूचक ५१ अंकले घट्यो, १० अर्ब ४६ करोडको कारोबार

मंगलबार नेप्से परिसूचक ५१.११ अंक अर्थात् १.८५ प्रतिशतले घटेर २७०२.६५ को बिन्दुमा सीमित भएको छ।

कर बक्यौता बर्सेनि बढ्दो: २ खर्ब ५४ अर्ब उठाउन बाँकी, १ हजार ७५० करदाता पुनरावलोकनमा

गत आर्थिक वर्षसम्ममा आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयको २३ अर्ब ५० करोड रुपैयाँभन्दा बढी बेरुजु थपिएको छ।

३ महिनामा भित्रियो ४ खर्ब विप्रेषण

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ११.५ प्रतिशतले वृद्धि भएको छ।

असोजको बाढिपहिरो: ११ अर्ब ८२ करोड बराबरको बीमा दाबी

नेपाल बीमा प्राधिकरणका अनुसार कूल दाबीमध्ये कात्तिक मसान्तसम्म ६१ करोड ७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ।

भारतीय माछाका कारण नेपाली माछाले पाएन बजार

भन्सार छलेर आएका माछा सस्तो मूल्यमा पाइने र नेपाली माछाले सो मूल्यसँग प्रतिस्पर्धा गर्न नसकेको व्यवसायीको गुनासो छ।

तोलामा १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

साताको दोस्रो कारोबार दिन अर्थात् सोमबार नेपाली बजारमा सुनको मूल्य तोलमा १ हजारले बढेको छ। 

अर्थतन्त्र शिथिल नै छ कि सुधारोन्मुख?

विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा ३ वर्षअघि राष्ट्र बैंकले कर्जा नियन्त्रण गरी आयात घटाउने नीति लियो। त्यहीँबाट मन्दी शुरू भएको मान्ने निजी क्षेत्र उक्त नीतिलाई अझै चलायमान अर्थतन्त्रको बाधक मान्छन्।

साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न: राष्ट्र बैंक

साइबर प्रविधिमा आधारित ठगीमा मुख्य गरी उपहार तथा तथा पार्सल, सामाजिक सञ्जाल, अनलाइन व्यापारसम्बन्धी झूटा प्लेटफर्म, ओटीपी, लट्री लगायतका माध्यम प्रयोग भएको पाइएको प्रतिवेदनमा उल्लेख छ।

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, ११ अर्ब ७२ करोडको कारोबार

आइतबार परिसूचक ४.९८ अंकले बढेर २७५३.७६ को बिन्दुमा कायम भएको छ।

सुनचाँदीको मूल्य घट्यो

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

कात्तिकसम्म करिब १० प्रतिशत मात्रै विकास खर्च

सरकारले चालु आर्थिक वर्षका लागि ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य राखिएकोमा हालसम्मको प्रगति शून्य छ।

राष्ट्रिय कर दिवस: उत्कृष्ट करदाता सम्मानित

अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी आयकर तिर्ने नेपाल दूरसञ्चार कम्पनीलाई सम्मान गरिएको छ। व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित भएका छन्। 

डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोलको यथावत्

आयल निगमले डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाएको छ।

कृषि सामग्रीको गोदामबाटै मल चोरी, छानबिन गर्दै प्रहरी

कृषि सामग्री कम्पनीको गोदामको ‘भेन्टिलेटर’बाट मल चोरिएको यो घटना पहिलो हो कि कुनै सिलसिला हो, यसमा क–कसको संलग्नता छ लगायतका कोणबाट अनुसन्धान जारी रहेको पर्साका प्रजिअ गणेश अर्याल बताउँछन्।

पहिलोपटक नेपालबाट ४० मेगावाट विद्युत् बांग्लादेश निर्यात

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुग्नेछ।