AnonymousUser

Logout

संघलाई जीडीपीको ५ र प्रदेश तथा स्थानीय तहलाई राजस्वको १२ प्रतिशत नबढ्ने गरी ऋण उठाउन सिफारिस

वित्त आयोगले पुँजी सिर्जना गर्ने र प्रतिफल दिने आयोजनामा लगानी गर्नका लागि मात्र ऋण लिन सरकारलाई सिफारिस गरेको छ। चालु खर्च धान्न ऋण उठाउन नहुने आयोगले जनाएको छ।

मंगलबार घट्यो सुनचाँदीको मूल्य

छापावाल सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घटेर १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

अस्थायी र करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा

सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक  स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठानमा कार्यरतले यस योजनामा सहभागी हुन पाउने छन्।

नेप्से परिसूचक ८ अंकले घट्यो, ६ अर्बको शेयर कारोबार

आइतबार नेप्से परिसूचक ८.६२ अंकले घटेर २६६२.०८ को बिन्दुमा कायम भएको छ। 

आवश्यकता, सोख र फाइनान्स सुविधाले बढायो स्मार्ट फोनको बजार, एक वर्षमा कति रकम बाहिरिन्छ?

नेपालमा स्मार्ट फोन न बन्छ, न एसेम्बल हुन्छ। पछिल्लो समय टिकटक, रिलजस्ता भिडियो बनाउन पनि महँगा मोबाइलको खोजी हुन्छ। यो वर्ष अहिलेसम्म गत वर्षको तुलनामा झन्डै १३ प्रतिशत धेरै स्मार्ट फोन आयात भएको छ।

तोलाको १ लाख ८६ हजार रुपैयाँ पुग्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।

उच्चस्तरीय आयोगको प्रतिवेदन : आममानिस भूकम्प र नाकाबन्दीका बेलाभन्दा बढी निराश

प्रतिवेदनमा चुनावी खर्च धान्न, नेताको खर्चिलो जीवनशैली थेग्न सहकारी प्रयोग भएको उल्लेख छ। अर्थतन्त्रको आमूल संरचनात्मक परिवर्तनबिना दीर्घकालीन औसत वृद्धिदर हासिल चुनौतीपूर्ण देखिएको आयोगले औँल्याएको छ

आर्थिक सुधारका  लागि १५ वटा ऐन खारेज गर्न सिफारिस

प्रतिवेदनमा नागरिक र व्यवसायलाई आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने, व्यवसायको लागत अनावश्यक रूपमा बढाउने, गलत प्रयोग हुनसक्ने, अनावश्यक नियन्त्रणमुखी र असान्दर्भिक देखिएका ऐन खारेज गर्न सुझाएको हो। 

लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउन उच्चस्तरीय आयोगको सुझाव

समग्र माग पक्ष कमजोर हुनु, लगानीमा ह्रास आउनु, कर्जा विस्तार बढ्न नसक्नु, घरजग्गा कारोबार खुम्चिनुलगायत समस्याका कारण आर्थिक अवसर सिर्जना हुन नसकेको प्रतिवेदनमा जनाइएको छ।

अनुदान दिएर उद्यम प्रोत्साहन गर्ने सूर्योदय नगरपालिकाको प्रयास

‘गाउँमा केही गर्छु भन्ने सबैसँग लगानी गर्ने रकम हुँदैन। बिना ब्याजमा पैसा दिएपछि बाख्रा, कुखुरा पाल्न सजिलो भएको छ। तीन वर्षमा साँवा फर्काउने मात्र हो। ब्याज लाग्दैन।’

सामान्य अंकले घट्यो नेप्से, कारोबार भने बढ्यो

साताको अन्तिम कारोबार दिन बिहीबार शेयरबजार परिसूचक नेप्से ५.५७ अंकले घटेर २,६७०.७० विन्दुमा झरेको छ।

एकैदिन तोलामा ५ हजार ७०० रुपैयाँ बढ्यो सुनको मूल्य 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलाको १ लाख ८१ हजार १०० रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।

आठ महिनामा साढे १० खर्ब विप्रेषण

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको राष्ट्रबैंकले जनाएको छ।

मुद्रास्फीति ३.७५ प्रतिशत

चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ।

सामान्य अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम

पछिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से आज ९.६६ अंक बढेर २,६७६.२८ विन्दुमा पुगेको छ।

नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत रहने एडीबीको प्रक्षेपण

अमेरिकी भन्सार शुल्कको क्षेत्रीय प्रभाव विश्लेषण गर्दै एडिबीले एशिया र प्यासिफिक क्षेत्रमा सन् २०२५ मा आर्थिक वृद्धिदर ४.९ प्रतिशत र सन् २०२६ मा ४.७ प्रतिशतमा खुम्चिने अनुमान गरेको छ। 

सिमेन्टको जस्तै कार्टेलिङ छडमा पनि, प्रतिक्विन्टल १८ सयसम्म बढ्यो मूल्य

सिमेन्ट उद्योगीहरूले कार्टेलिङ गरेर चालु आर्थिक वर्षमा ४० प्रतिशतसम्म भाउ बढाउँदा उद्योगमन्त्रीले मूल्यवृद्धिकै समर्थन गरे। पछिल्लो समय अर्को निर्माण सामग्री फलामे छडमा पनि मूल्यवृद्धि गरिएको छ।

लेखा व्यवसायीहरूको राष्ट्रिय सम्मेलन, वित्तीय व्यवस्थापनको आधुनिकीकरणमा जोड

‘कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नाराका साथ लेखा व्यवसायीको चौंथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि काठमाडौंमा शुरू भएको छ।

मंगलबार पनि घट्यो शेयरबजार

आज नेप्से ३.४४ अंकले घटेर २,६६६.६१ को विन्दुमा झरेको छ। साथै कारोबार पनि घटेको छ।

सुनको मूल्य घट्यो, चाँदी स्थिर

सोमबार तोलामा १ लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार १ लाख ७३ हजार ४०० रुपैयाँ तोकिएको छ।