AnonymousUser

Logout

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ७६ हजार २०० रुपैयाँमा कारोबार

बिहीबार तोलाको १ लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको छ।

पाल्पाका किसानलाई चैते धान रोप्न चटारो

पाल्पाका पूर्वखोला, रामपुर, रम्भा, निस्दीलगायत फाँटका अधिकांश किसान एक सातायता चैते धानको रोपाइँमा व्यस्त छन्। पानीको सुविधा र उत्पादन पनि राम्रो हुने भएकाले चैते धान रोप्दै गरेको उनीहरूको भनाइ छ।

बजेटबारे अर्थले गर्‍यो १६ मन्त्रालयसँग छलफल, स्मार्ट कार्यक्रम तथा योजना प्रस्ताव गर्न अर्थमन्त्रीको आग्रह

अर्थ मन्त्रालयले योजना आयोगसहित सम्बन्धित मन्त्रालयसँग छुटाछुट्टै छलफल गर्दै आएको छ। तीन पक्षबीचको समन्वयमा कार्यक्रम र बजेट आउँदा कार्यान्वयनमा अपनत्व बढ्ने र उचित परिणाम आउने मन्त्रालयको भनाइ छ।

नेप्से परिसूचकमा ४१.४३ अंकको वृद्धि, ५ अर्बको कारोबार

बिहीबार नेप्से परिसूचक ४१.४३ अंक अर्थात् १.५८ प्रतिशतले बढेर २६६३.३० को विन्दुमा कायम भएको छ।

नेपाल–बांग्लादेश व्यापार: आयात ३ अर्ब, निर्यात २७ करोड

बांग्लादेशबाट सबैभन्दा धेरै १ अर्ब ६० करोड बराबरको अप्रशोधित जुट आयात भएको छ। नेपालबाट २३ करोड ६२ लाख ५८ हजारको खुदो निर्यात भएको छ।

गर्मीसँगै बढ्यो उखु जुसको व्यापार, व्यापारी उत्साहित

गर्मी बढेसँगै बर्दिबास, गौशाला, रामगोपालपुर, औरही, सदरमुकाम जलेश्वरलगायत बजारमा उखु जुसको व्यापार फस्टाउँदो छ। जुसको व्यापार गर्नेमा विदेश गएर फर्किएका युवाहरू बढी छन्।

जलविद्युत‍्मा लगानी गर्न भारतीय लगानीकर्तालाई 'इप्पान'को आग्रह

नयाँ दिल्लीमा बुधबार भएको ‘नेपाल–भारत इनर्जी समिट’मा बोल्दै इप्पान अध्यक्ष कार्कीले भारतीय लगानीकर्तालाई लगानीको सुरक्षा र प्रतिफलको ग्यारेन्टी रहेकाले ढुक्कसाथ लगानी गर्न आग्रह गरेका हुन्।

३९ अंकले बढ्यो शेयरबजार, कारोबार रकम भने घटेर ४ अर्ब

मंगलबार ५८ अंक घटेर २६०० विन्दुभन्दा तल झरेको नेप्से आज ३९.१३ अंकले बढेर २६२१.८६ को विन्दुमा पुगेको हो।

साउनयता ५६ अर्ब बराबरको खानेतेल निर्यात

छिमेकी मुलुक भारतसँग मात्र नेपालले आठ महिनामा ५ खर्ब ६३ अर्ब ६७ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ।

शेयर बजार पुनः ओरालो यात्रामा, ५८ अंकले घट्यो नेप्से परिसूचक

मंगलबार नेप्से परिसूचक ५८.०५ अंकले घटेर २५८२.७३ को विन्दुमा कायम भएको छ भने पाँच अर्ब १८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

वीरगन्जबाट ८ महिनामा ५३ अर्ब २६ करोडका वस्तु निर्यात

चालु आवमा भटमासको तेल निर्यात बढेको छ। बितेका आठ महिनामा २८ अर्ब १९ करोड रुपैयाँ मूल्य बराबरको १३ करोड ४७ लाख १० हजार लिटर भटमासको तेल निर्यात भएको हो।

थामियो शेयर बजारको ओरालो यात्रा, २६ अंकले बढ्यो नेप्से परिसूचक

सोमबार नेप्से परिसूचक २६.१० अंकले बढेर २६४०.७८ को बिन्दुमा कायम भएको छ।

वीरगन्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात

चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब २२ अर्ब २० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।

नेप्से परिसूचक ५४ अंकले घट्यो, ६ अर्बको शेयर कारोबार

आइतबार नेप्से परिसूचक ५४.६२ अंकले घटेर २६१४.६८ को विन्दुमा कायम भएको छ।

माङसेबुङका अन्न नउब्जिने भिरालो जमिनमा वनतरुलखेती

माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुंगे टोलका १३ किसानले समूह गठन गरेर व्यावसायिक रूपमा वनतरुलखेती शुरू गरेका हुन्। उनीहरूले वार्षिक २५ हजार रुपैयाँ तिर्नेगरी जमिन भाडामा लिएका छन्।

हेटौँडा कपडा उद्योग सञ्चालन हुनेमा स्थानीय आशावादी

हेटौँडा औद्योगिक क्षेत्रको १६६ रोपनीमा फैलिएको उद्योग सञ्चालनमा रहँदा वार्षिक दुई हजार ३०० टन धागो र एक करोड १० लाख मिटर कपडा उत्पादन हुने गरेको थियो। 

भारतीयको रोजाइमा सिन्की, नेपाली हस्तकला र विजयसालका भाँडा

भारतको देहरादूनमामा जारी महोत्सवमा अल्लोबाट निर्मित वस्तु, सल्यानी खुकुरी, ढाकाका कपडा, नेपाली पोतेलगायत गहना, नेपालमा उत्पादित जुत्ता तथा विभिन्न हस्तकलाका सामग्री प्रदर्शनीमा राखिएका छन्।

बागमतीको बजेट खर्च २५ प्रतिशत मात्र, राजस्व संकलन घट्दै  

प्रदेश सरकारले ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएकामा आठ महिना सकिँदा १० अर्ब ५० करोड २९ लाख रुपैयाँ खर्च भएको छ।

लेखा समितिले ४८ उजुरी अध्ययन गर्न बनायो ७ वटा कार्यदल

सार्वजनिक लेखा समितिले ४८ वटा उजुरी छानबिन गरी १५ दिनभित्र निष्कर्षमा पुर्‍याउन विषयगत रूपमा सात वटा उजुरी अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ।

शुक्रबार घट्यो सुनचाँदीको मूल्य

बिहीबार प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको सुन प्रतितोला १ लाख ७५ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।