AnonymousUser

Logout

यस्तो छ आगामी वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

नीति तथा कार्यक्रममा शिक्षा ऐन चालू अधिवेशनबाटै, विद्युत‍् अभाव हुन नदिन तथा आयात प्रतिस्थापन गर्न जलाशययुक्त आयोजना कार्यान्वयन, जेनजी पुस्तालक्षित स्टार्टअप प्रवर्द्धनसहितका विषय समेटिएका छन्।

सरकारले डिजिटल बैंक स्थापना गर्ने

सूचना प्रविधि पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गर्ने भएको छ।

कैलालीमा घट्यो गहुँ उत्पादन

यस वर्ष ३२ हजार ८४० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख १० हजार १२ मेट्रिक टन उत्पादन भएको छ। गत वर्ष एक लाख १४ हजार ३१२ मेट्रिक टन उत्पादन भएको थियो।

कोशीमा लगानी सम्मेलन शुरू हुँदै, उत्साहित छन् व्यवसायी

प्रदेश सरकारले लगानी सम्मेलनमा १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ बराबरका ७१ वटा परियोजना सोकेसिङ गर्ने तयारी गरेको छ।

घट्यो पेट्रोलियम पदार्थको मूल्य 

पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलको १ रुपैयाँ र आन्तरिकतर्फको हवाई इन्धनको मूल्य १ रुपैयाँले घटेको छ।

निरन्तर तेस्रो कारोबार दिन पनि घट्यो शेयरबजार

बुधबार नेप्से ८.१४ अंकले घटेर २ हजार ६२३.८३ को विन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १.५३ अंक घटेको छ।

तोलामा ७०० रुपैयाँले घट्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन ३ हजार ३१० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

नेप्से परिसूचक १५ अंकले घट्यो, साढे ७ अर्बको शेयर किनबेच

नेप्से परिसूचक मंगलबार १५.०८ अंकले घटेर २६३१.९८ को विन्दुमा कायम भएको छ।

फुल्न लागेको स्याउका बोटमा वर्षाले असर, उत्पादन घट्ने

फुल्दै गरेका स्याउ बोटमा वर्षाले असर पुर्‍याएकाले यस वर्ष स्याउ उत्पादन कम हुने प्रक्षेपण गरिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले जनाएको छ।

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, करिब ९ अर्बको शेयर कारोबार

सोमबार नेप्से परिसूचक १४.५३ अंकले घटेर २६४७.०७ को विन्दुमा कायम भएको छ।

सुनचाँदीको मूल्य घट्यो 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा १ हजार ४०० रुपैयाँ घटेको हो।

पाँच अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालयको सबैभन्दा बढी

पुँजीगततर्फ सबैभन्दा धेरै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २ अर्ब ३५ करोड ३४ लाख फिर्ता गरेको छ। एमसीए नेपालले २ अर्ब रुपैयाँ बराबर बजेट फिर्ता गरेको छ।

पुनर्जीवित कृषि औजार कारखाना: ३२ महिनामा १६ थरीका औजार विकसित

राष्ट्रिय आविष्कार ​​​​​​​केन्द्रले दुई दशकभन्दा लामो समयदेखि बन्द भएर अलपत्र भएको औजार कारखानालाई पछिल्लो समय पुनर्जीवित बनाउने कोसिस जारी राखेको छ।

दिगो विकास लक्ष्य प्राप्तीमा वार्षिक साढे ७ खर्ब लगानी अपुग

दिगो विकास लक्ष्य कार्यान्वयनका लागि लगानी आवश्यकता पूर्ति गर्न सार्वजनिक, निजी, सहकारी र घरपरिवारस्तरबाट वित्तीय स्रोत उपलब्ध हुने गरी रणनीति तयार पारिएको आयोगले जनाएको छ।

तोलामा १ हजार रुपैयाँले घट्यो सुन

सुनको मूल्य आज एक लाख ८९ हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

एमसीसी बन्द गर्ने तयारीमा अमेरिका, नेपालमा चलिरहेको परियोजना के हुन्छ? 

अमेरिकाले विभिन्न देशलाई पूर्वाधार विकासमा सघाउँदै आएको निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नै बन्द गर्ने तयारी थालेसँगै ठूलो रस्साकस्सीपछि नेपालमा शुरू भएको परियोजना फेरि अन्योलमा परेको छ।

नेप्से परिसूचकमा ४ दिनपछि सामान्य अंकको वृद्धि

बिहीबार नेप्से परिसूचक २.०८ अंकले बढेर २६५८.०२ को विन्दुमा कायम भएको छ भने सात अर्ब ८७ करोड बराबरको शेयर कारोबार भएको छ।

३२ अंकले घट्यो शेयरबजार, कारोबार रकम पनि खुम्चियो

पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको शेयरबजार परिसूचक नेप्सेले बुधबार पनि त्यही क्रमलाई निरन्तरता दिएको छ।

गर्मी बढेसँगै लेकतर्फ भेडाका बथान

पशु सेवा विज्ञ केन्द्रका अनुसार लमजुङका विभिन्न गाउँमा सानाठूला गरेर ३०० भन्दा बढी घुम्ती भेडीगोठ रहेका छन्।

तोलामा ७ हजार ५०० रुपैयाँ घट्यो सुन 

छापावाल सुन तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ। मंगलबार १ लाख ९७ हजार ९०० रुपैयाँ थियो।