नेपाल सरकार र संघीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोगसम्बन्धी दुई महत्त्वपूर्ण सम्झौतामा आज हस्ताक्षर भएको छ।
आइतबार नेप्से परिसूचक ५८.५५ अंक अर्थात् २.१९ प्रतिशतले घटेर २६०४.९६ को विन्दुमा कायम भएको छ।
सोमबार २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको एक तोला सुनको मोल बढेर २ लाख ३५ हजार ४०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य भने स्थिर छ।
चुचुरोको काखमै रहेको साल्पा पोखरीले धार्मिक दृष्टिले विशेष महत्त्व राख्छ। भक्तजनहरूले मनोकामना पूरा हुने विश्वासका साथ यहाँ पूजाआजा गर्ने गरेका छन्।
रामधुनी नगरपालिका–८ स्थित झुम्का अर्ग्यानिक कृषि फार्ममा ३०० भन्दा बढी सुँगुर थिए। शनिबार रातिको बाढीले करिब २०० सुँगुर बगाएको छ।
इप्पानले संकलन गरेको प्रारम्भिक विवरणअनुसार, सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ आयोजना बाढीबाट प्रभावित भएका छन्।
सोमबार सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले असोज १७ र १८ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर करिब १० करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरेको छ।
जहाज उडान तथा अवतरण नियमित भएसँगै अहिले विमानस्थलमा आन्तरिकतर्फ यात्रुको चाप बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन ७ हजार ४०० रुपैयाँले बढेर २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छ।
मन्द गतिमा रहेको उधारो असुली जेनजी आन्दोलनयता ठप्पप्रायः भएपछि वीरगन्जका उद्योगी–व्यवसायीलाई दशैँमा कर्मचारीलाई तलब खुवाउनसमेत सकस भयो। उनीहरूले यो समस्या समाधान गर्न सरकारले उधारो कारोबार व्यवस्थित गर्न कानूनी व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।
सुनमा लगानी सुरक्षित मानिएकाले माग बढ्दो क्रममा रहेको र मूल्य घट्ने सम्भावना कमै रहेको जानकार बताउँछन्। यद्यपि, यस्तो अनुत्पादक क्षेत्रमा लगानी बढ्दा अर्थतन्त्रलाई भने फाइदा नपुग्ने उनीहरूको भनाइ छ।
कृषि ज्ञान केन्द्र कैलालीका अनुसार, विगतमा व्यावसायिक रूपमा उखुखेती गर्दै आएका किसानहरूले अहिले यसको विकल्पमा अन्य खेती गर्न थालेका छन्।
बागलुङ बजारका चोकचोक र फलफूल पसलमा मुस्ताङको स्याउ देख्न पाइन्छ। उपभोक्ताको रोजाइमा मुस्ताङकै स्याउ नै पर्ने गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य २ लाख २३ हजार २०० रुपैयाँ तथा त्यति नै परिमाणको चाँदीको मूल्य २ हजार ८१० रुपैयाँ निर्धारण भएको छ।
सम्पत्ती बीमा ५९४, मोटर बीमा दुई हजार २०९, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा १४४, परिवहन बीमा ११ र अन्य बीमाका ३० वटा आवेदन परेको छ।
सर्वोच्चको अन्तरकालीन आदेशमा शरद ओझालाई निलम्बन गर्ने असार ३० गतेको निर्णय कार्यान्वयन नगर्न नभनिएकाले निलम्बन कायमै रहेको व्याख्या गरी सरकारले जनकराज शर्मालाई तत्कालका लागि जिम्मेवारी दिएको छ।
चाडपर्वको छुट्टी, पदयात्रा र तीर्थयात्राको उपयुक्त समय भए पनि यस वर्ष पाहुनाको आगमन २० वर्षयताकै कम भएको स्थानीयले बताएका छन्।
पुँजी बजार सुधारका लागि गठित कार्यदलले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को पुनर्संरचना गर्न प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत पुँजी वृद्धि गर्न सुझाव दिएको छ।
बिहीबार नेप्से परिसूचक २.३५ अंकले घटेर २६५२ को बिन्दुमा सीमित भएको छ।