समाज लघुवित्त वित्तीय संस्था र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर नकारात्मक सर्किट तहमा कारोबार भएको छ।
असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति पछिल्लो दुई महिनामा ७.६ प्रतिशतले बढेर २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत र अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब २२ करोड बराबर देखिएको छ।
मंगलबार नेप्से परिसूचक १९.४३ अंकले घटेर २५२८.१६ को विन्दुमा कायम भयो। साथै, कारोबार रकम पनि ३ अर्ब ३६ करोड ६१ लाख रुपैयाँमा खुम्चियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ।
सशस्त्र प्रहरी बल र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयको टोलीले वीरगन्ज महानगर–८ स्थित माईस्थानस्थित अभिषेक सर्राफको घरबाट सुन र चाँदी बरामद गरेको छ।
कोशी प्रदेश सरकारले 'जेनजी' प्रदर्शनका क्षतिग्रस्त सरकारी कार्यालयका साथै हालैको बाढीपहिरोले पुर्याएको क्षतिको पुनर्निर्माणका लागि बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ।
सोमबार नेप्से परिसूचक ४४.२५ अंकले बढेर २५४७.६० को बिन्दुमा कायम भएको हो।
भदौ २४ को विध्वंशमा करिब ८० अर्ब बराबरको नोक्सानी भएको उद्योग वाणिज्य महासंघको आकलन छ। उद्योग, व्यवसायीप्रति कतिपय मिडिया र सामाजिक सञ्जालमार्फत फैलाइएको भ्रम पनि यसमा जिम्मेवार भएको व्यवसायी बताउँछन्।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४० हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला तीन हजार २२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
किसानको बगैँचामै प्रतिकिलो ७५ रुपैयाँभन्दा बढी मूल्यमा बिक्री भएको तिला गाउँपालिका–१ स्थानीय स्याउ व्यापारी रावतले जानकारी दिए।
आइतबार नेप्से परिसूचक ७८.८३ अंक अर्थात् ३.०५ प्रतिशतले घटेर २५०३.३५ को विन्दुमा पुगेर रोकिएको छ।
आज सुन तोलामा तीन हजारले बढेर दुई लाख ३८ हजार रुपैयाँ कायम भएको छ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरूले एक अर्ब ५८ करोड ५६ लाख रुपैयाँ बराबरको भुक्तानी गरिसकेका छन्।
अख्तियारले प्रश्न उठाएपछि अर्थ मन्त्रालयले सेबोनबाट सञ्चालित कर्मचारी कल्याण कोष र सुरक्षण कोष खारेज गर्ने र विगतमा भुक्तानी भएको रकम पनि सरकारी बाँकीसरह असुल गर्नुपर्ने निर्णय गरेको थियो।
फूल बिक्री कक्षमा स्थानीय किसान तथा व्यवसायीले नेपाली फूल र माला बिक्री गर्न सक्नेछन्। यसबाट स्वदेशी उत्पादनको प्रवर्द्धन हुने महानगरको विश्वास छ।
बिहीबार २ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको एक तोला सुनको मूल्य आज २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ।
ढोरपाटन उपत्यकादेखि करिब २२ किलोमिटर पश्चिममा पर्ने जलजलामा अघिल्लो वर्षमात्र सडक पुगेको छ। तर बर्खामा सञ्चालन हुन सकेको छैन।
बिहीबार नेप्से परिसूचक २२.५९ अंकले बढेर २५८२.१८ को विन्दुमा कायम भएको छ।
आज १३ वटै उपसमूह घटेका छन्, जसमा सबैभन्दा धेरै वित्त ३.०९ प्रतिशत र होटल–पर्यटन ३.०३ प्रतिशतले घटेका छन्।