भूकम्प, नाकाबन्दी, कोरोना महामारीले शिथिल बनेको मुलुकको पर्यटन पुरानै लयमा फर्किने क्रममा थियो। पछिल्लो विकसित परिस्थितिले पुनः यस क्षेत्रलाई झस्काएको छ।
जेनजी आन्दोलनले राजनीतिक अस्थिरता निम्त्याए पनि यसलाई भ्रष्टाचार र कुशासनविरुद्ध लड्ने ‘कोर्स करेक्सन’को अवसरका रूपमा लिनुपर्ने अर्थतन्त्रका जानकारहरूले बताएका छन्।
‘जेनजी’ आन्दोलनका कारण आपूर्ति प्रणालीमा केही समस्या देखिए पनि व्यवसायी र सरकारी निकायले खाद्य सामग्रीको पर्याप्त मौज्दात रहेको बताएका छन्।
चेम्बरले आन्दोलनका क्रममा औद्योगिक र व्यावसायिक क्षेत्रमा गम्भीर क्षति पुगेको भन्दै सबै सरोकारवालालाई यस चुनौतीपूर्ण परिस्थितिमा संवाद, सहकार्य र संयम अपनाउन आग्रह गरेको छ।
राष्ट्र बैंकले सम्पूर्ण इजाजतप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई व्यावसायिक निरन्तरता दिन भनेको हो।
सूचिकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार धितोपत्र कारोबार स्थगन गरिएको नेप्सेले जनाएको छ।
सरकारले सेबोन पुनर्संरचनाका लागि जेठ ९ गते कार्ययोजना सार्वजनिक गरेको तीन महिना नबित्दै फेरि स्वार्थको द्वन्द्व हुनेगरी धमाधम सञ्चालक नियुक्त गरेको छ। तर सेबोन पुनर्संरचनाका लागि ठोस काम भएको छैन।
आइतबार नेप्से परिसूचक ११.५२ अंकले घटेर २७०८.२५ को विन्दुमा कायम भएको हो।
म्याग्दीको आलु र सुन्तला बेनी, पोखरा, काठमाडौँ र चितवनका बजारमा बिक्री हुन्छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलाको २ लाख १२ हजार रुपैयाँ पुगेको छ।
साबुन उत्पादनका लागि अधिकांश कच्चा पदार्थ भारत र केही काठमाडौँबाट खरिद गरेर ल्याउने गरिएको छ। उद्योगमा अहिले ६ जनाले रोजगारी पाएका छन्।
इलाम नगरपालिका–९ मा रहेको विमानस्थलबाट गत जेठयता कुनै पनि उडान हुन सकेको छैन। उडान नियमित रूपमा गर्न इलामवासीले माग गरेका छन्।
म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट र सहायक नदीमा दुई वटा जलविद्युत् आयोजनाको निर्माण सकिएको छ भने थप तीन वटा आयोजना निर्माणको अन्तिम चरणमा छन्।
गण्डकीका सबै स्थानीय तहले बजेट ल्याउँदा, लुम्बिनीका सात, कर्णालीका तीन र सुदूरपश्चिमको एक स्थानीय तहले बजेट ल्याएका छैनन्।
होम्ताङका अधिकांश स्थानीयले नाङ्लो बुन्दै आएका छन्। स्थानीयले बुनेर तयार गरेर नाङ्लो घरबाट नै ठेकेदारले किनेर लैजाने गरेका छन्।
दिउँसो देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिमसहित देशका पहाडी र तराई भूभागमा मध्यम वर्षाको सम्भावना छ।
आज शेयरबजार ६.५५ अंकले घटेर २७१९.७७ बिन्दुमा रोकिएको छ।
नेप्से परिसूचक १५.६४ अंकले घटेर २,७२६.३३ को विन्दुमा कायम भएको छ।
मंगलबार तोलाको २ लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन २ हजार रुपैयाँले बढेको छ।
साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १९.८९ अंकले घटेसँगै शेयर कारोबार पनि घटेको छ।