महासंघले ‘जेनजी’ आन्दोलनका क्रममा घुसपैठ गरी उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीका संलग्नहरूमाथि छानबिन गरी कारबाही अगाडि बढाउन र सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग आग्रह गरेको छ।
आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेर दुई लाख ३९ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार नेप्से परिसूचक ५.१९ अंकले बढेर २५०९.०४ बिन्दुमा कायम भएको छ।
तीन महिनामा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ। यसै अवधिमा १३ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ बराबरको स्मार्टफोन पनि आयात भएको छ।
तिहारपछि सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ र चाँदी तोलामा २६५ रुपैयाँले घटेको हो।
एफएटीएफको चौथो पूर्ण बैठकपछि जारी वक्तव्यमा नेपालले सुधारका प्रयास जारी राखे पनि अझै अपर्याप्त रहेको र थप सुधार आवश्यक रहेको जनाइएको छ।
आयोजनाको कुल लागत ७२ अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबर रहनेछ। आयोजना निर्माण चरणमा औसत एक हजार ८०५ जना र सञ्चालन चरणमा ११५ जनाले रोजगारी प्राप्त गर्नेछन्।
महँगीबाट राहत दिने उद्देश्यले भारतको संघीय सरकारले लागू गरेको करको नयाँ दायराले त्यहाँ दैनिक उपभोग्य र अन्य वस्तुको मूल्य घट्दा नेपालमा हुनसक्ने चोरीपैठारी र अन्य प्रभावबारे प्रश्न उठ्न थालेको छ।
आइतबार नेप्से परिसूचक १६.६७ अंकले बढेर २५०३.८५ को बिन्दुमा पुगेको छ।
तीन महिनाको अवधिमा सरकारको राजस्व संकलन वार्षिक लक्ष्यको १६.५१ प्रतिशत छ।
प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त संरचनाका लागि २० अर्ब ८८ करोड, मनसुनबाट क्षतिग्रस्त संरचनाका लागि १ अर्ब ३ करोड, प्राविधिक सहयोगका लागि २८ करोड र जनशक्ति एकाइका लागि ५ करोड आवश्यक पर्ने अनुमान गरेको छ।
विद्युत् प्राधिकरणको डेडिकेटेड तथा ट्रंकलाइन महसुल बक्यौता रहेका पाँच उद्योगले शुक्रबारदेखि बक्यौता रकम तिर्न थालेका छन्।
हिउँदका चार महिना बाक्लो हिमपात हुन्छ भने, वर्षामा म्याग्दीबाट जोमसोम पुग्ने खण्डको धेरै ठाउँमा पहिरोले सडक अवरोध गर्छ। त्यति मात्र नभई, नाकाको नेपालतर्फ भौतिक संरचना पनि बनाइएका छैनन्।
शुक्रबार सुनको मूल्य २ लाख ५८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
फूलको व्यापार तिहारमा धेरै हुने गरेको छ। तिहारमा काठमाडौँ उपत्यकामा मात्रै ४० लाखभन्दा बढी माला बिक्री हुने गरेको नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ।
अधिकांश स्थानीय तहमा राजनीतिक सहमति हुन नसक्दा बजेट प्रस्तुत हुन नसकेको पाइएको छ।
सरकारले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाका लागि विश्व बैंकको व्यवस्थापनमा रहेको मल्टी ट्रस्ट फन्डबाट प्राप्त हुने १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
बिहीबार नेप्से परिसूचक १८.४० अंकले घटेर २४८७.१७ को विन्दुमा सीमित भएको छ।
गुण्डुका ७५ प्रतिशत स्थानीयले ७०० रोपनीमा मखमली र ३०० रोपनीमा सयपत्री फूलको खेती गरेका छन्।
छापावाल सुन बुधबारको तुलनामा प्रतितोला २ हजार रुपैयाँले बढेर २ लाख ५० हजार ९०० रुपैयाँ पुगेको छ।