AnonymousUser

Logout

नेपाल-भारत पारवहन प्रोटोकल संशोधन, अब सबै प्रकारका कार्गो ढुवानी गर्न सकिने

संशोधित प्रोटोकलले सीमित चार बल्क सामानको सट्टा अब सबै प्रकारका कार्गो सामान रेल र सडक दुवै मार्गबाट ढुवानी गर्न पाउने व्यवस्था गरेको छ।

डेडिकेटेड र ट्रंक लाइन बक्यौता: ३५ उद्योगबाट २३ करोड ८७ लाख रुपैयाँ असुल

डेडिकेटेड र ट्रंक लाइनको प्रिमियम महसुल बक्यौताबापत ३५ उद्योगबाट नेपाल विद्युत् प्राधिकरणले २३ करोड ८७ लाख रुपैयाँ असुल गरेको छ।

नेप्से परिसूचकमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

बिहीबार नेप्से परिसूचकमा मा सामान्य सुधार भए पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ।

आन्दोलनपछिको राजनीतिक अस्थिरताले आर्थिक वृद्धि सुस्त हुने विश्व बैंकको अनुमान

आन्दोलनपश्चात् छाएको राजनीतिक अस्थिरताका कारण नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०२६ मा २.१ प्रतिशतमा झर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ।

सुनको मूल्य एकैदिन ५ हजार ९०० ले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५० हजार २०० रुपैयाँ कायम भएको छ।

नेप्से २०.५६ अंकले घट्यो, कारोबार रकममा सामान्य सुधार

आज नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य सुधार भएको छ।

नेपाल–चीनबीचको मालसामान ढुवानी ४ महिनादेखि पूर्णरूपमा अवरुद्ध

नेपाल ट्रक यातायात व्यवसायी महासंघले बुधबार परराष्ट्र मन्त्रालयमा पत्र बुझाउँदै तत्काल आवश्यक पहल गरिदिन आग्रह गरेको छ।

वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने

धान पाक्ने समयमा भएको वर्षाले समयमै धान काट्न नपाएको र काटेको धानसमेत उठाउन नपाएका कारण किसानलाई ठूलो क्षति भएको छ।

जेनजी आन्दोलनबाट भएको क्षतिमा निर्जीवन बीमा कम्पनीले गरे ३ अर्ब ६८ करोड भुक्तानी

नेपाल पुनः बीमा कम्पनीले पनि निर्जीवन बीमा कम्पनीलाई जेनजी आन्दोलनका क्रममा भएका क्षतिको दाबी भुक्तानीका लागि करिब २ अर्ब ४८ करोड १० लाख रुपैयाँ अग्रिम भुक्तानी उपलब्ध गराएको छ।

नेप्से सामान्य बढे पनि कारोबार रकममा गिरावट

मंगलबार नेप्से परिसूचक ३.२१ अंकले बढेर २५६५.१६ को विन्दुमा कायम भएको छ।

राष्ट्र बैंकले उपदान कोषको ३ अर्ब ७० करोड लगानी गर्ने

बैंक तथा वित्तीय संस्थाले उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदरसहित आवेदन दिन राष्ट्र बैंकले आग्रह गरेको छ।

शेयर बजारमा लगातार तेस्रो दिन गिरावट, कारोबार रकम पनि घट्यो

सोमबार नेप्से परिसूचक ४.१५ अंकले घटेर २५६१.९४ को विन्दुमा कायम भएको छ।

सुनचाँदीको मूल्य बढ्यो

नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो।

नेप्से परिसूचक ३० अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

आइतबार नेप्से परिसूचक ३०.०२ अंकले घटेर २५६६.०९ को विन्दुमा सीमित भएको छ।

तोलामा २०० रुपैयाँ घट्यो सुन

शुक्रबार प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आइतबार प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँ रहेको छ।

वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा साढे ३ अर्बको क्षति

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ।

वर्षाले खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

जिल्लामा यस वर्ष नौ हजार ९८८.०३ हेक्टर खेतमा धानबाली लगाइएको थियो। जसमध्ये ६ हजार ९९१.६ हेक्टर खेतमा लगाइएको धानबालीमा वर्षाले क्षति गरेको छ।

सूत्र कार्यान्वयन: मलेनिका र पालिका आपसी दोषारोपणमा

सूत्र प्रणालीमा स्थानीय तहको आय–व्ययको अनुमान, बजेट स्वीकृति, धरौटी, राजस्व बाँडफाँट, तलबी विवरण, राजस्व तथा अनुदानलगायत विवरण समावेश हुन्छन्।

धान खरिद केन्द्रमा भीड, रातभर लाइन बस्छन् किसान

सरकारले मोटो धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ तोकेको छ। बजारमा व्यापारीहरूले कम मूल्यमा किन्ने गरेकाले किसान सरकारी मूल्यमा बेच्ने आशामा केन्द्रमा लामबद्ध छन्।

११ अंकले घट्यो नेप्से, कारोबार रकम भने ५ अर्ब नाघ्यो

बिहीबार नेप्से परिसूचक ११.२९ अंकले घटेर २५९६.१२ को विन्दुमा बन्द भएको छ।