नेपालगन्ज र त्यस वरपर भइरहेको शहरीकरणको विद्युतीय भार धान्न विद्युत प्राधिकरणले आगामी २८ वर्षसम्मका लागि संरचना निर्माण थालेको छ।
नेपाल पर्यटन बोर्डले हरेक वर्ष उद्देश्य विपरीत पर्यटनसँग असम्बन्धित तथा नेता र पदाधिकारीको खल्तीका खुद्रे योजनामा बजेट खर्च गर्दै आएको छ।
नेपालमै स्वदेशी माटोको प्रयोग गरी टायल उद्योग शुरू भएको छ। बाराको जितपुरमा नेपाली टायल उद्योग स्थापना भई उत्पादन थालिएको छ।
आइतबार २५ कम्पनीको सेयरमूल्य बढ्दा १ सय ८० कम्पनीको सेयरमूल्य घटेको छ भने ३ स्थिर छन्।
नेपाली सुनचाँदी बजारमा सुन प्रतिताेला एक लाख ५०० पुगेकाे छ। अन्तर्राष्ट्रिय बजारको कारोबार र डलरमा हुने घटबढका आधारमा नेपाली बजारमा मूल्य तोकिने गरेको छ।
डिजिटल बैंकिङ कारोबार गर्न सहज बनाउने उद्देश्यसहित दाङकाे तुलसीपुर–१६ का किसानलाई डेबिट र क्रेडिट कार्ड प्रदान गरिएकाे छ।
सरकारले आठ महिनादेखि विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाए पनि गैरकानूनी आयातका कारण बजारमा सजिलै उपलब्ध भइरहेको व्यवसायी र सरकारी अधिकारी नै बताउँछन्।
राष्ट्रपति भण्डारीले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा नै उत्पादित सामग्रीको निकासीलाई प्रवर्द्धन गर्न सके मात्र मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताएकी छन्।
साताको पहिलो कारोबार दिन आइतबार सामान्य अंकले बढेको नेप्सेमा त्यसपछिका तीन कारोबार दिनमा लगातार गिरावट आयो।
नेपाल राष्ट्र बैंकले आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न विशिष्टीकृत सुपरिवेक्षकीय संरचना स्थापना गर्ने भएको छ।
पोखराको मुहार फेर्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको मिति नजिकिँदा स्थानीय उत्साहित छन्, तर ठूला जहाज अवतरण हुन नसक्ने मात्र नभइ अन्य जोखिमसमेत कायम रहँदा यसको भविष्यमाथि शंका उब्जिएको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गाउँगाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रम पूरा गर्ने चरणमा प्राधिकरण पुगेको बताएका छन्।
मन्त्री शर्माले सरकार व्यवसायीका समस्या समाधान गर्ने नीति निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुँदाहुँदै व्यवसायीले सडक रोज्न नहुने बताएका छन्।
आठ वर्षमा १ अर्ब ९० करोडभन्दा बढी घाटा भएपछि वायु सेवा निगमले पाँच वटा चिनियाँ जहाज भाडामा दिन खोजेको थियो। तर, भाडामा लिन कुनै कम्पनी इच्छुक नहुँदा निगम अब ती जहाज बेच्ने प्रक्रियामा गएको छ।
नेपाल वायु सेवा निगमका दुई वटा जहाज एकैपटक 'ग्राउन्डेड' भएर उडान नियमित नहुँदा टरिगाउँ विमानस्थलस्थित डिपोबाट इन्धन 'रिफिल' हुन सकेकाे छैन।
बुधबार १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार रुपैयाँबराबरको ८० लाख ९२ हजार ७१९ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
रापमुर नगरपालिकाले फस्ट च्वाइस फुड प्राइभेट लिमिटेडसँग सम्झाैता गरेर आलुकाे बजारीकरण गर्ने जिम्मा लिएकाे छ।
मन्त्रीहरूको धारणापछि प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गर्ने र उद्योग व्यवसायलाई सुरक्षा प्रदान गर्ने दायित्व सरकारको भएको बताएका थिए।
डलरको मूल्यवृद्धि, आयातमा कडाइ, चोरीपैठारीजस्ता कारणले पछिल्लो समय औद्योगिक उत्पादनहरूको माग घट्दा उद्योगहरू संकटमा जान थालेको निजी क्षेत्रको गुनासो छ।
मंगलबार २३८ वटा कम्पनीको २५ लाख ८१ हजार ४२५ कित्ता सेयर ९६ करोड ५२ लाख १० हजार ८९९ मा खरिदबिक्री भएको छ।