प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गर्दै त्रिपुरेश्वरदेखि बुढानीलकण्ठ चोकसम्मको अव्यवस्थित तार हटाउने जनाएको हो।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि संचालन गर्ने तयारी भइरहँदा सराङकोटबाट प्याराग्लाइडिङ गर्न मिल्ने वा नमिल्ने अझै निर्क्योल भएको छैन।
मंगलबार ९३ करोड ८ लाख रुपैयाँ बराबरको ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणले साढे ६ महिनाको अवधिमा भारतलाई ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ बराबरको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट बिजुली निर्यात गरेको जनाएको छ।
सुनको मूल्यमा सोमबार फेरबदल भएन। मंगलबार प्रतितोला एक लाख चार हजार रुपैयाँ कायम भएको छ।
धानबाली लगाउने समय असार–साउनदेखि नपाइएको मल हिउँदे बाली लगाउँदा पनि आइपुग्दैन। मल ल्याउने कबुल गरेर ठेक्का पाएका कम्पनीले आयातै गर्दैनन्। किन किसानले वर्षौंदेखि मलको हाहाकार भोग्दैछन्?
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट–१ का किसानले परम्परागत खाद्यबाली छाडेर काँक्रोखेती गर्न थालेका छन्। उनीहरूलाई गाउँपालिकाले पनि सहयोग गरिरहेको छ।
नारायणगढ–मुग्लिन सडकखण्ड मंगलबारदेखि एक महिनाका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने भएको छ।
विभागले सामान्य अवस्थालाई अनुमान गरेर लक्ष्य निर्धारण गरेको तर परिस्थिति असामान्य बनेका कारण लक्ष्य भेटाउन नसकेको निर्देशक राजुप्रसाद प्याकुरेल बताउँछन्।
कूल २५१ कम्पनीको २६ लाख ९९ हजार ३३१ कित्ता सेयर ८८ करोड ६० लाख ९८ हजार ५६८ मूल्यमा खरिद बिक्री भए। कारोबारका आधारमा प्राइम बैंक शीर्ष स्थानमा छ।
आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषाका अनुसार करको दायरामा आएकामध्ये ६६ प्रतिशतभन्दा बढी करदाता न समयमा कर विवरण दाखिला गर्छन् न त कार्यालयको सम्पर्कमा आउँछन्।
महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भाडा वृद्धि फिर्ता नलिए सरकारले गम्भीर मूल्य चुकाउनु पर्ने बताएको छ।
औद्योगिक करिडोरमा विद्युत् आपूर्तिको व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत प्राप्त भएको बजेट करिब ६९ करोड रुपैयाँमा सुनवल सब-स्टेसन निर्माण गरिएको हो।
संचालक र कर्मचारीले मनोमानी ढंगबाट ऋण झिकेर अनुत्पादक क्षेत्रमा लगानी गर्दा सहकारीहरू संकटमा परेको भन्दै विज्ञहरूले प्रभावकारी नियमन र कारबाही तथा कानूनमा परिवर्तन नै समस्या समाधान भएको बताएका छन्।
सुनको मूल्य एकैदिन ६०० रुपैयाँ बढेर एक लाख ५०० पुगेको छ।
चितवनको बसपार्कमा दुईवटा विद्युतीय सवारी चार्जिङ स्टेशनमा निर्माण भएको छ। यहाँ एकैपटक छ वटासम्म गाडी चार्ज गर्न मिल्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य प्रतिक्रेट ३६० रुपैयाँ तोकेको छ। लगानी नै नउठ्ने भएपछि बढाउँन बाध्य भएको संघको भनाइ छ।
गुल्मीकी विपना महतले पढाई र कामलाई सँगसँगै अघि बढाएकी छन्। उनी तम्घास बजारमा चिया बेचेर अन्तनिर्भर बनेकी छन्।
आयोजनाबाट सिन्धुपाल्चोकको तीन गाउँपालिका र दुई नगरपालिका, काभ्रेपलान्चोकको तीन गाउँपालिका र दुई नगर, रामेछापको दुई गाउँपालिका र सिन्धुलीको एक गाउँपालिकाका बासिन्दा प्रभावित हुने जनाइएको छ।
आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा मूल्यमा ३/३ रुपैयाँका दरले घटेको छ भने एलपी ग्यासको मूल्य यथावत् राखेको छ।