AnonymousUser

Logout

चिया निकासीमा देखिएको अवरोध हटाउन आग्रह

नेपालमा उत्पादित चियाको एकमात्र बजार भारत हो। भारतीय बजार गुम्यो भने नेपालको चिया उद्योग धराशायी भई यसमा आश्रित मजदुर, किसान, उद्योगी र व्यवसायी संकटमा पर्ने चिया उत्पादक संघले जनाएको छ।  

देशभरका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता

कोषले बागमतीका २०, कोशी र मधेसका नौ/नौ, गण्डकीका दुई र लुम्बिनी प्रदेशका चार अस्पतालसँग अनलाइन सम्झौता गरेको छ। 

नेवानिको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गर्न समिति गठन

आर्थिक रूपमा निकै कमजोर अवस्थामा पुगेको निगमले जहाज खरिदबापतको झन्डै ५० अर्ब ऋणभार बहन गरिरहेको छ।

विपन्न परिवारलाई बिमाको दायरामा ल्याउन सकिएन : बोर्ड

बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले विपन्न परिवारलाई बिमाको दायरामा ल्याउन नसकिएको बताएका छन्।

वित्तीय क्षेत्रका समस्या समाधान गर्न राष्ट्र बैंकसँग निरन्तर छलफल भइरहेको छ : अर्थमन्त्री

अर्थमन्त्री महतले पूर्वाधार निर्माणका कार्य समयमा सम्पन्न नहुने, आयोजनाको मूल्य बढ्दै जाने र आयोजना महँगो हुन जाने परिस्थितिको अन्त्य गर्ने गरी सरकारले तयारी थालेको बताएका छन्।

दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य गरौँ : प्रधानमन्त्री

सिंहदरबारमा आयोजित दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठकमा प्रधानमन्त्री दाहालले दिगो विकास लक्ष्यको कार्यान्वयन सरकार एक्लैको प्रयत्नबाट सम्भव नहुने बताएका छन्।

अर्थतन्त्र आत्तिनुपर्ने अवस्थामा छैन : अर्थमन्त्री

अर्थमन्त्री महतले आयात प्रतिबन्ध भई विदेशबाट विभिन्न च्यानलबाट अवैध रूपमा  मोबाइल फोन भित्रिँदा ३० देखि ३५ अर्ब राजस्व गुमेको बताएका छन्।

अरुण तेस्रो : छुट जग्गाको मुआब्जा प्रक्रिया अघि बढ्यो

छुट जग्गाको मुआब्जा दिन १५ दिने सूचना प्रकाशन गरिसकिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए।

दोर्दी करिडोर १३२ केभी प्रसारण लाइन सञ्चालनमा

२०७८ असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पुर्‍याएका चार वटा टावर पुनर्निर्माण गरी बिहीबारबाट प्रसारण लाइन पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो।

कमोडिटी बजार : राज्य–संयन्त्रकै जानकारीमा एक दशकदेखि भइरहेको ठगी

विश्वबजारको मूल्य हेरेर अड्कलका आधारमा सञ्चालन गरिने ‘कमोडिटी बजार’का लागि नेपालमा कसैले अनुमति पाएको छैन। तर, दशकयता राज्यसंयन्त्रकै जानकारीमा भइरहेको यो ‘कारोबार’बाट सर्वसाधारणले अर्बौं गुमाएका छन्।

अर्थतन्त्रमा देखिएको सुस्तताको कारण नेपालको आर्थिक वृद्धिदर अघिल्लो प्रक्षेपणभन्दा कम: विश्व बैंक

विश्व बैंकका अनुसार आयातमा लगाइएको प्रतिबन्ध, मौद्रिक नीतिमा गरिएको कडाइ, उच्च मुद्रास्फीति र कम राजस्व संकलनका कारण सरकारी खर्च खुम्चिँदा यस वर्षको आर्थिक वृद्धिदर यसअघि प्रक्षेपण गरिएभन्दा कम हुनेछ।

देशका प्रमुख ६ व्यापारिक नाकाका संरचना निजी क्षेत्रको जिम्मामा

सरकारलाई निश्चित रकम तिर्ने गरी प्रमुख व्यापारिक नाकामा बनेका संरचना सन्चालनको जिम्मा निजी कम्पनीहरूलाई दिइएको छ। ती संरचनाको स्वामित्व लिएको सरकारी समिति भने अब नियामक निकाय भएको छ।

सुनको मूल्यमा नयाँ रेकर्ड

बुधबार छापावाल सुन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

घट्यो हवाई भाडा, काठमाडौँ– धनगढी ७०७० रुपैयाँ

काठमाडौँबाट धनगढीको भाडा ४४० रुपैयाँ घटेको छ। काठमाडौँबाट हुने माउन्टेन फ्लाइटको भाडा ३४५ रुपैयाँ घटेर अधिकतम पाँच हजार ४९० कायम भएको छ। 

क्रिप्टोकरेन्सीमा राष्ट्र बैंकले देखायो १३ जोखिम, प्रतिबन्ध कायमै राख्नुपर्ने निष्कर्ष 

नेपालको विद्यमान कानुनी व्यवस्थाले प्रतिबन्ध लगाएको क्रिप्टो कारोबार वित्तीय रूपमा जोखिमपूर्ण हुने भएकाले यसलाई प्रयोगमा ल्याउन नसकिने राष्ट्र बैंककाे प्रतिवेदनमा उल्लेख छ।

उखुखेती प्रवर्द्धनमा रामपुरका युवा, १५ रोपनीमा व्यावसायिक खेती

पाल्पाको रामपुर–५ मा १५ रोपनी जग्गा भाडामा लिएर १० जना युवाले उखुखेती थालेका छन्। रैथाने जातको संरक्षण गर्दै नगरपालिकालाई उखुमा आत्मनिर्भर बनाउने उनीहरूको योजना छ।

आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर १०/१० रुपैयाँ घटाएको छ।

नेप्से १६.६७ अंकले घट्दा कारोबार ९२ करोडमा खुम्चियो

सोमबार नेप्से परिसूचक १६.६७ अंक घटेर १८७१.८८ अंकमा झरेको छ।

१० हजार विदेशी श्रमिक नेपालमा, अमेरिका र बेलायतबाट पनि ल्याइन्छन् दक्ष जनशक्ति

नेपालका ठूला परियोजनामा १०० भन्दा बढी मुलुकका श्रमिक कार्यरत छन्। ती परियोजनामा काम गर्ने चीन, बेलायत, अमेरिका, दक्षिण कोरिया, भारत, जापानलगायत मुलुकका श्रमिकको संख्या उल्लेख्य छ। 

विस्तार हुँदै नर्सरी र फ्लोरिकल्चर, व्यवसायी भन्छन्– लगानी बढाए निर्यात गर्न सकिन्छ

नेपालभर झण्डै एक हजार नर्सरी र फ्लोरिकल्चर फार्म छन्। नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष प्रकाशित गरेको एक अध्ययन प्रतिवेदनले बागमती प्रदेशमा यो व्यवसायलाई सम्भावना भएको क्षेत्र मानेको थियो।