AnonymousUser

Logout

अर्थमन्त्री महतद्वारा राष्ट्रियसभामा ‘विनियोजन विधेयक, २०८०’ पेश

अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘विनियोजन विधेयक, २०८०’ राष्ट्रियसभामा प्रस्तुत गरेका छन्।

शैक्षिक परामर्श संघको अध्यक्षमा बस्नेत र निरौलाको उम्मेदवारी घोषणा

उम्मेदवारी घोषणा गर्नेमा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष प्रज्वल बस्नेत र महासचिव राजु निरौला छन्। दुवैले शैक्षिक परामर्श व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

राष्ट्रिय धान दिवस मनाइँदै, साउनयता ३३ अर्बको धान/चामल आयात 

हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवस मनाउँदै आए पनि नेपाल चामलमा परनिर्भर छ।

एडीबीले नेपाललाई साढे ६ अर्ब ऋण दिने

एडीबीले आन्तरिक र बाह्य व्यापारको नीतिगत सुधार कार्यान्वयनका लागि नेपाललाई ५ करोड अमेरिकी डलर ऋण सहयोग स्वीकृत गरेको जनाएको छ। 

कृषि अनुसन्धान परिषद्‍मा बेथिति: राजनीति हुन्छ, अनुसन्धान हुँदैन

कृषि अनुसन्धानको लागि स्थापित नार्कमा राजनीति बढी र अनुसन्धान कम हुँदा त्यसको असर कृषि विकासमा परिरहेको छ। कृषिमन्त्रीहरूको हस्तक्षेप र बजेट अभावमा नार्कले प्रभावकारी अनुसन्धान गर्नै सकेको छैन।

भक्तपुरमा रोजगार मेला हुँदै, दक्ष जनशक्ति खोज्न र रोज्न सहयोग पुर्‍याउने

जिल्लामै पहिलो पटक स्थानीय जनशक्तिलाई तत्कालै रोजगारी उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गर्न लागिएको मध्यपुरथिमि नगरपालिकाले जनाएको छ।

बैंकहरूमा थुप्रियो पैसा, असुली र निक्षेप बढ्दा ऋण माग्ने न्यून

अहिले २१ वटा वाणिज्य बैंकसँग करिब साढे ३ खर्ब लगानीयोग्य रकम छ। कुनै समय रकम अभावमा कर्जा प्रवाह गर्न नसकेका बैंकहरूले पैसा भएर पनि लगानी गर्न सकेका छैनन्।

गैरआवासीय नेपाली संघको आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ओमनमा शुरू 

गैरआवासीय नेपाली संघको आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनमा मध्यपूर्वका देशसहित यूरोप, अमेरिका, जापानलगायत विभिन्न मुलुकका करीब ५०० प्रतिनिधिको सहभागिता छ।

खाद्य बाली उत्पादन बढ्दा फलफूल र मसला उत्पादन घट्यो: राष्ट्र बैंक

राष्ट्र बैंकले सार्वजनिक गरेको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार दूध र मासु उत्पादन वृद्धि हुँदा अण्डा उत्पादन भने ठूलो मात्रामा घटेको छ।

आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

प्रतिनिधिसभामा मत विभाजन हुँदा विनियोजन विधेयकको पक्षमा १४७ र विपक्षमा १०८ मत परेको छ। विपक्षमा एमाले, रास्वपा, राप्रपालगायतले मत दिए।

नेप्से परिसूचक ३५ दशमलव ३७ अंकले घट्दा तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट

बुधबारको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७६ अंकले ओरालो लागेर ४०२.७५ मा सीमित भएको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये एक उपसमूहको मात्रै शेयर बढेको छ।

सहकारी सञ्चालकले साढे ११ अर्ब हिनामिना गरेको सीआईबीको दाबी

भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष, मोरङको तुलसी बहुमुखी सहकारी अध्यक्ष तथा शिखर अर्गनाईजेसनका सञ्चालक केदारनाथ शर्मालाई रकम हिनामिना आरोपमा सीआईबीले पक्राउ गरेको छ। 

३० दिनभित्र विवरण बुझाउन सहकारीलाई काठमाडौँ महानगरको निर्देशन

तोकिएको समयभित्र विवरण नबुझाए कानूनबमोजिम कारबाही गर्ने महानगरले जनाएको छ। मेयर बालेन शाहले सहकारी सुशासनका लागि सदस्यको निरन्तर निगरानी आवश्यक रहेकाे बताएका छन्।

सरकारले सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने

मन्त्रिपरिषद्को बैठकले देशका कालिकोटका केही नगरपालिका र गाउँपालिकामा गरी सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको छ।

दबाब थेग्न नसकेर स–साना आयोजनाको बजेट संघबाटै विनियोजन गर्‍यौँ : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले सम्बन्धित मन्त्रालय र वडाध्यक्षको तहबाट थोरै भए पनि बजेट पार्न दबाब आएको बताएका छन्।

बजेटको सूचना चुहावटबारे छानबिन गर्ने मन्त्री आलेको प्रतिबद्धता

प्रमुख प्रतिपक्षी दलले बजेटको सूचना चुहावट भएको दाबी गर्दै बैठक अवरुद्ध गरेपछि जवाफ दिँदै गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मंगलबार उच्च अंकले बढेको शेयर बजारमा ५ अर्ब ४७ करोडको कारोबार

कारोबार भएका कुल १३ उपसमूहमध्ये मंगलबार तीन उपसमूहको शेयर मूल्य ओरालो लाग्दा १० उपसमूहको शेयर मूल्य वृद्धि भएको छ।

मल खरिद काण्ड: इरानमा किनियो, ओमनको ‘खोल’मा भित्र्याइयो

मल आपूर्तिकै लागि स्थापित कृषि सामग्री कम्पनीलाई पन्छाउँदै साल्ट ट्रेडिङ कर्पोरेसनलाई बजेट दिएर सार्वजनिक खरिद ऐन र नियमावली विपरीत प्रतिबन्धित मुलुक इरानबाट आयातित मललाई ओमनको भनेर ढाँटियो।

गाउँपालिकाको नारा: सभ्य समाजको गाउँ, बन्दीपुर घुम्न जाउँ

देशका मुख्य शहर काठमाडौँ, पोखरा, बुटवल र विराटनगरमा ‘बन्दीपुर घुम्न जाउँ’ अभियानसम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गाउँपालिकाको योजना छ।

बजेट संशोधन नभई पारित हुने अर्थमन्त्रीको दाबी

अर्थमन्त्री प्रकाशशरण महतले सार्वजनिक गर्नुपूर्व नै धेरै छलफल गरिएकोले विधिभित्र रहेर बजेट पारित हुने बताएका छन्।