पर्यटन व्यवसायीले नेपालमा आउने पर्यटकको खर्च र बस्ने दिन भने घट्दै जानु चिन्ताको विषय बनेको भन्दै पर्यटकलाई धेरैभन्दा धेरै नेपालमा बस्ने वातावरण बनाउन जरुरी रहेको बताए।
गलकोटका अधिकांश युवा जापान पुगेका छन्। त्यसैले गलकोटलाई 'जापाने गाउँ'समेत भन्ने गरिन्छ। रमेश भने जापान त्यागेर देशमा नै केही गर्ने अठोटका साथ बख्रापालन गरिरहेका छन्।
अर्थमन्त्री डा. प्रकाशशरण महतले करका दर प्रस्ताव गर्दा सकारात्मक र नकारात्मक पक्षको समीक्षा गरिने र सोहीअनुसार संशोधन गर्न सकिने बताएका छन्।
काठमाडौँको माइतीघर मण्डलामा भेला भएका निर्माण व्यावसायीले ठेक्काको म्याद थप्नसमेत माग गरेका छन्।
बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए।
कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ।
श्रममन्त्री शरत्सिंह भण्डारीले देशको परिस्थिति, रोजगारीको अवस्था, आर्थिक स्थिति र राष्ट्रिय, अन्तर्राष्ट्रिय आर्थिक मन्दीका कारण देश विकासको आधार वैदेशिक रोजगारीलाई मान्नुपर्ने अवस्था रहेको बताए।
ओरेण्टल सहकारीले ४ हजार ३ सय बचतकर्ताको ३ अर्ब ५० करोड सावाँ फिर्ता गर्नुपर्ने देखिए पनि बस्नेतको रिटमाथि सर्वोच्चले दिएको अन्तरिम आदेशले सम्पत्ति बेचेर बचतकर्तालाई रकम फिर्ता गर्न रोकेको थियो।
हाल बैंकसँग करिब चार खर्ब लगानीयोग्य रकम (तरलता) रहेको छ भने कर्जा लगानी ठप्प जस्तै छ। सोही कारण बैंकहरू ब्याजदर घटाउनुपर्ने दबाबमा छन्।
जोगबनी बजारबाट सामान ल्याउँदा नेपालतर्फको भन्सार नाकामा खासै रोकतोक नहुने कारण सस्तोमा सामान पाइने भन्दै स्थानीय उपभोक्ता किनमेलका लागि भारतीय बजार जाने गरेका छन्।
बचतकर्तालाई निक्षेप फिर्ता गर्न नसकेका सहकारीले साना बचतकर्तालाई प्राथमिकता दिएर साउन १५ सम्म कार्ययोजना बनाई चैत मसान्तभित्र बचत फिर्ता दिने व्यवस्था मिलाउन कार्यदलले सरकारलाई सिफारिस गरेको छ।
अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारहरूलाई बुधबारदेखि कोषमा आबद्ध गर्ने कार्यक्रमको शुभारम्भ गर्ने योजना थियो। तर प्रधानमन्त्री पत्नी सीता दाहालको निधनको कारण उक्त कार्यक्रम स्थगित भएको छ।
बाँकेको ४३ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने उद्देश्यले २०६२/६३ देखि सिक्टा सिँचाइ आयोजना निर्माण थालिएको थियो। शुरू भएको करिब दुई दशकमा लक्ष्यको ५० प्रतिशत क्षेत्रमा सिँचाइ पुग्न थालेको छ।
२०७६ भदौ २५ देखि पाइपलाइनबाट डिजेल आयात भइरहेको छ। २०२४ जनवरीदेखि पेट्रोल पनि पाइपलाइनबाट नै ल्याउने निगमको लक्ष्य छ।
अघिल्ला वर्षहरूमा रेडियो फ्रिक्वेन्सीबाट वार्षिक तीनदेखि साढे तीन अर्बका दरले रोयल्टी उठेको थियो। चालु वर्ष संकलित यस्तो रोयल्टी रकम आगामी आर्थिक वर्षदेखि संघ, प्रदेश र स्थानीय तहलाई बाँडिने छ।
संकलित पातसहित घरबाट उत्पादन हुने कुहिने फोहोरबाट समेत मल उत्पादनको गरिनेछ। सुक्खा समयमा वनजंगलमा सुकेका पात संकलन गर्दा वनमा हुने आगलागीका घटनामा कमी ल्याउनसमेत सहयोग पुग्ने नगरको अपेक्षा छ।
एक वर्षअघि भारतको राजस्थानमा भएको मेलामा एक हजार ५०० किलोग्राम, छ फिट उचाइ र १४ फिट लम्बाइ भएको भैँसीको मूल्य एक करोड भारु कायम गरिएको थियो।
एक महिनाअघि तीन वटा रेल परस्पर ठोकिएर दुर्घटना हुँदा क्षतिग्रस्त रेल लाइन र सिग्नलहरूको मर्मत नसकिँदा बाटोमा रोकिएका कन्टेनरहरू अझै १० दिन अड्किने रेल्वे अधिकारीहरूले बताएका छन्।
मुलुकको अर्थतन्त्रमा समस्या र चुनौतीका कारण संकट पुग्न लागेको भनिए पनि राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको तथ्यांकले आर्थिक परिसूचकहरू सकारात्मक देखाएको छ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ।