१३२ केभी प्रसारण लाइनबाट आएको विद्युत् प्रवाहका लागि नयाँ खिम्ती सबस्टेसनमा राखिएको पावर ट्रान्सफर्मरको क्षमताले नधानेपछि नयाँ ट्रान्सफर्मर थप गरिएको हो।
सरकारी स्वामित्वको चिज केन्द्रमा उपभोग गर्न नमिल्ने गरी सडेको ७५ केजीभन्दा बढी गुणस्तरहीन चिज फेला परेपछि सो चिज नष्ट गरेर जरिबानासमेत तिराइएको छ।
विश्व पर्यटन संगठनले सन् २०२३ मा नेपालको पर्यटन पुनरुत्थान हुने प्रक्षेपण गरेको छ। सन् २०१९ मा हालसम्मकै बढी ११ लाख ९७ हजार १९१ बाह्य पर्यटक नेपाल घुम्न आएका थिए।
राष्ट्रबैंकले धितोपत्र बजारमा अनावश्यक हस्तक्षेप गरिरहनु धितोपत्र बजारका लागि राम्रो नभएको उनकाे भनाइ छ।
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बाेल्दै कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्लेले संसदले बनाएको कानूनको पालना नहुँदा सरकारको बेरुजु बढेको बताएका छन्।
मेन्छियाम र मनकामना इन्जिनियरिङ हाइड्राेपावरकाे शेयर १० प्रतिशतले बढेकाे छ।
सन् २०२६ सम्ममा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने नेपालको लक्ष्य प्राप्तिका लागि विकास आश्यकता पूर्ति गरेर सहजीकरण गर्ने चीनले प्रतिबद्धता जनाएको छ।
नेपाल र चीनबीच २२० केभी क्षमताको प्रसारण लाइन निर्माणको समझदारी भएको हो। समझदारीअनुसार नेपालको चिलिमे हब र चीनको जिलुङबीच प्रसारण प्रणाली जोडिने छ।
वाणिज्य विभागबाट खटिएका टोलीले अहिले दिनको सरदर ४० ठाउँमा अनुगमन गरिरहेका छन्। अनुगमनका लागि जम्मा १३ वटा टोली खटाइएको छ।
चिनियाँ निजी क्षेत्रसँग दुई पक्षीय आर्थिक एवं व्यापारिक सम्बन्धबारे समेत चेम्बरले उच्चस्तरीय छलफल गरेको छ।
देशका १४ वटा उद्योगले माग धान्ने गरी चिनी उत्पादन नगरिरहेको बेला व्यापारीले पनि चाडबाडकै मुखमा आयात ह्वात्तै घटाएका छन्। सरकारले ढिलो गरी भन्सार सहुलियतमा चिनी ल्याउने तयारी गरेकाले मूल्य अकासिएको छ।
नेपालको चीनसँग व्यापार घाटा ठूलो रहेको भन्दै त्यसलाई घटाउनका लागि उत्पादन क्षमतामा वृद्धि र भौतिक पूर्वाधार सुधार आवश्यक रहेको पनि उनले बताए।
गत साउन र भदौ महिनामा नेपालले भारतबाट मात्र एक खर्ब ६० अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा १६ अर्ब ७३ करोड रुपैयाँ बराबरको निर्यात भएको छ।
अघिल्लो साता लगातार ३ दिनको कारोबारमा बढीरहेको नेप्से साताको पहिलो दिन आइतबार भने ओरालाे लागेकाे छ।
त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजना निर्माणाधीन छ।
गाईकाे चित्र अंकित १० ग्राम सिक्काको एक हजार ६०० रुपैयाँ र २५ ग्राम सिक्काको चार हजार रुपैयाँ निर्धारण गरिएको छ।
चैत र वैशाखमा परेको असिनाका कारण स्याउ उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ। ढोरपाटन क्षेत्रमा मात्र २०० भन्दा बढी किसानले स्याउखेती गर्दै आएका छन्।
सोमबार नेप्से परिसूचक ४.२६ अंकले उकालो लागेर एक हजार ९६९.१८ मा पुगेको थियो। यस दिन विभिन्न कम्पनीका कुल २८ लाख ७४ हजार कित्ता शेयर ८७ करोड चार लाख रुपैयाँमा खरिदबिक्री भएको थियो।
बागलुङका निसेलढोर, ढोरपाटन, तमानखोलाको लाम्मेला, ताराखोला लगायत गाउँ आलु उत्पादनका हिसाबले प्रख्यात मानिन्छन्। तर, उनीहरूको उत्पादनले बजार भने पाउन सकेको छैन।
नेपालको वित्तीय व्यवस्थापनलाई सुदृढ तथा विकेन्द्रीकरण गर्न सहुलियतपूर्ण ऋण खर्च हुने एडीबीले जनाएको छ।