गोलभेँडा उत्पादक कृषक वरुणबहादुर रोकाले नेपाली किसानले उत्पादन गरेको गोलभेँडा बजार मूल्य र प्राथमिकता नपरेकाले सडकमा फ्याँक्न बाध्य भएको बताए।
कालीमाटी बजारमा गोलभेँडाको उचित मूल्य नपाउँदा किसानहरूले सडकमा नै त्यसलाई फ्याँक्नुपर्ने अवस्था आएको उल्लेख गर्दै सबै कृषि अनाजहरूको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
चालु आवको जेठ मसान्तसम्म ५३ करोड २० लाख रुपैयाँ राजस्व संकलन भएको कर्णाली सरकारको बजेट वक्तव्यमा उल्लेख छ।
शिवनाथमा उत्पादन भएको तरकारी स्थानीय बजारका साथै जिल्लाको मेलौली, पाटन, सदरमुकाम र जिल्लाबाहिर डडेल्धुरा, कैलाली र कञ्चनपुरसम्म पुग्ने गरेको छ।
संवैधानिक व्यवस्थाअनुसार प्रत्येक प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ। ६ वटा प्रदेशहरूले बजेट अघिल्लो आर्थिक वर्षको भन्दा घटाएर सार्वजनिक गर्दा कर्णाली प्रदेशले बढाएको छ।
आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले कृषि, पर्यटन र स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताएका छन्।
नयाँ खिम्तीमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले २२०/१३२ केभी सबस्टेसन निर्माण गरेको थियो। तर, त्यहाँ स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि व्यवस्था नभएपछि अर्को सबस्टेसन बनाइएको हो।
हिले ब्याड बनाएर बिउ राख्ने पाल्पा रामपुरका किसानले यसवर्ष धुले ब्याड राखेका छन्। तर, धूले ब्याडको बिउसमेत सुक्न थालेको उनीहरूको गुनासो छ।
अवैध रूपमा रासायनिक मल खरिद गर्ने र सरकारले अनुदानमा किसानलाई उपलब्ध गराएको मल निजी एग्रोभेटलाई बेच्ने काम बढिरहेको छ भने किसान महँगो मूल्यमा मल खरिद गर्न बाध्य छन्।
आगामी आवको नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न ३६ अर्ब २४ करोड ३५ लाख १० हजार विनियोजन भएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आयातित आलु, प्याज लगायतका वस्तुमा कर लगाउनुको विकल्प नभएको बताएका छन्।
बिहीबार २७० वटा कम्पनीका ७८ लाख ९६ हजार कित्ता शेयर ५२ हजार ८१४ पटक किनबेच हुँदा ३ अर्ब १६ करोड २८ लाख रुपैयाँको कारोबार भयो।
नेपालमा ड्रागनखेती गर्ने कृषकको संख्या बढ्दै गएको छ। तर, यसको बजार सुनिश्चितता नहुँदा बिक्री नहुने समस्याले पिरोल्न थालेको उनीहरू बताउँछन्।
नेपालले यूएईको प्रतिनिधिमण्डलसँग नेपाली श्रमिकलाई यूएईमा न्यूनतम तलबको सुनिश्चितता, मृत्यु हुने नेपाली श्रमिकको शव सहजरूपमा नेपाल ल्याउने व्यवस्थालगायत विषयमा प्रस्ताव राखेको थियो।
चितवनको माडी नगरपालिकाले बाँदरझुलालाई वडा नं. १० बनाउन सिफारिस गरे पनि संघीय सरकारले त्यसबारे निर्णय गरेको छैन। हुँदै नभएको वडा नं. १० मा स्यालोट्युवेल जडानका लागि संघीय सरकारले बजेट पठाएको छ।
छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।
सरकारले केही वर्ष पहिले बागलुङ र पर्वत जोड्ने ५६७ मिटर लम्बाइको झोलुंगे पुल निर्माण गरेको थियो। यो बीचमा पिलर नहुने (सस्पेन्डेड) एशियाको पहिलो पुल भएको दाबी गरिएको छ।
आईसीएसआईडीको ट्राइब्युनलले २०७६ सालदेखि शुरू गरेको न्यायिक प्रक्रियालाई नेपालले लामो समय बेवास्ता गर्दा मध्यस्थकर्ताको मात्र नभई आजियाटा र एनसेललाई पनि करिब ३८ करोड क्षतिपूर्ति दिनुपर्ने भएको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट सातामा दुई व्यावसायिक उडान गर्ने तयारी गरेको छ।
मंगलबारको कारोबारमा २२ वटा कम्पनीको मूल्य मात्रै घटेको छ भने अरू सबै कम्पनीको बढेको छ। नेप्सेका सबै समूहको उपसूचक हरियो देखिएको छ।