नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार पनि छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर १ लाख ७ हजार ९ सय रुपैयाँ कायम रहेकोे छ।
अर्थमन्त्री डा. महतले शेयर बजारलाई स्वस्थकर बनाउन आवश्यक भएको बताएका छन्।
साउदीमा साहुको भेडा चराउने काम गरेका बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका बलबहादुर केसी अहिले आफैँ मालिक बनेका छन्।
नेपाल वायुसेवा निगम पुँजी अभाव, ऋण र जहाज अभावको चर्को दबाबमा रहेको निष्कर्ष अध्ययन समितिले निकालेको छ।
आइतबार सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने पाँच वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
आयल निगमले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिएको छ।
शनिबार राति बढाएको मूल्य फिर्ता लिन र पहिले कै मूल्य कायम प्रधानमन्त्री दाहालले निगमलाई निर्देशन दिएका हुन्।
२०८८ असोज १५ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याजदर पनि बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ।
पाल्पामा भिण्डीको मूल्य प्रतिकिलो ५० देखि ५५ रुपैयाँ छ। यसले लागत पनि नउठ्ने किसानको गुनासो छ।
निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ मूल्यवृद्धि गरेको छ। मूल्यवृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ११० रुपैयाँ पुगेको छ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले १९.४ मेगावाटको तल्लो मोदी र २४.२५ मेगावाटको काबेली बी–१ जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीको अनुमति दिएको छ।
संसदीय समितिले ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका सम्बन्धमा आवश्यक पर्ने विधेयक चालु अधिवेशनमा संघीय संसद्मा दर्ता गर्न सरकारलाई निर्देशन दिएको छ।
स्थानीय जगदुल्ला र मुड्केचुला गाउँपालिकामा अवस्थित आयोजनाको प्रवर्द्धक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले विद्युत् उत्पादन अनुमतिपत्रका लागि बिहीबार सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ।
बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरू मर्म र सिद्धान्त नाघेर चल्न थालेपछि तिनको नियमनका लागि दोस्रो नियामकीय निकाय स्थापना गर्ने विषय दुई दशकदेखि उठेर पनि कार्यान्वयन हुनसकेको छैन।
२०७९ असारसम्म नेपालमा वैदेशिक लगानी भित्र्याउने मुलुकको संख्या ५७ पुगेको छ। तीमध्ये भारतबाट सबैभन्दा बढी ८८ अर्ब, चीनबाट ३३ अर्ब र आयरल्यान्डबाट २० अर्ब आएको छ।
यस्तै, बैंकबाट सुन खरिद गर्ने सुन व्यवसायीहरूले उक्त सुन बिक्री तथा आफूले उपयाेग गरेकाे विवरण महिना सकिएकाे ७ दिनभित्र सम्बन्धित बैंकमा बुझाउनुपर्नेछ।
आँबुखैरेनीमा स्थापना हुने प्रस्ताव गरिएको यस परियोजनाले ग्रिन एमोनिया र क्याल्सियम एमोनियम नाइट्राइट मल तयार पार्ने गरी सम्भाव्यता अध्ययन गर्न लागिएको छ।
सरकारले यो वर्षको बजेटमै उखु किसानलाई अनुदान दिन ८० करोड छुट्याएको छ, तर चिनी मिलले दिएको भुक्तानीका आधारमा १ अर्ब २० करोड आवश्यक हुन्छ। कृषि मन्त्रालयले भने न रकम यकिन गरेको छ, न त बाँडेको नै छ।
आइतबार र साेमबार घटेर मंगलबार बढेकाे नेप्से फेरि बुधबार दोहाेराे अंकले घटेकाे हाे।
विनोद चौधरीको कम्पनी सीजी र उसको शेयर रहेका अन्य कम्पनीहरूले पनि आयकर छलेको आरोपमा छानबिन भइरहेको समाचार भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।