AnonymousUser

Logout

शुक्लाफाँटामा कुकुर आतंक: ४ लाखभन्दा बढी मूल्यका कुखुरा मारिए

बिहीबार बिहान कुखुरा फार्मको तारजाली तोडेर पसेका कुकुरको हुलले लेयर्स जातका ६०० कुखुरा मारेका छन्। १०० भन्दा बढी कुखुरा घाइते बनाएका छन्।

जंगली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि बेसारखेती 

इलामको रोङ गाउँपालिकाका किसान बेसारको व्यावसायिक रूपमा खेती गर्न थालेका छन्। उत्पादन भएको बेसार सहकारीले नै खरिद गर्ने व्यवस्था मिलाइएको छ।

७ महिनामा झण्डै ९ खर्ब रुपैयाँ बराबरको आयात

७ महिनाको अवधिमा सरकारले भन्सारतर्फ २ खर्ब ३६ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ।

बैंकमा सर्वसाधारणको रकम पूर्ण रूपमा सुरक्षित छ : राष्ट्र बैंक

दुष्प्रचार गर्ने कार्यका पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोवरवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ।

नेप्से सामान्य अंकले घट्यो, ३ अर्बको कारोबार

बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्रिनलाइफ हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

एसीसी कार्यान्वयनको ६ महिना : जग्गा प्राप्ति सुस्त, ठेक्का प्रक्रिया अनिश्चित

विद्युत् प्रसारण लाइन र सडक निर्माण सुस्त छ। आयोजनाको जग्गा अधिग्रहण र प्राप्तिको काम टुंगिन सकेको छैन। रद्द भएको आयोजनाको पुनः ठेक्का खोल्ने र खरिद प्रक्रिया अब कसरी अघि बढ्न भन्ने अझै अनिश्चित छ।

रासायनिक मल १० महिनादेखि भन्सारकै गोदाममा

गत वर्ष ल्याउनुपर्ने मल यो वर्षको जेठमा मात्रै आयात भएपछि कृषि सामग्री कम्पनीले मल लिन नमानेको सिल्क मार्केटका रमेश शेर्पा बताउँछन्।

१२ बुँदे घोषणापत्र जारी गर्दै ‘चौँथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ सम्पन्न

लघुवित्तमा देखिएका विकृति विसंगतिलाई अन्त्य गर्ने, लघुवित्तमा जोडिएका सदस्यका सन्तानलाई युवाउद्यमी बनाउन सहयोग गर्ने लगायत बुँदा घोषणापत्रमा समेटिएका छन्

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश स्वीकृत

अध्यादेशमार्फत ऐन संशोधन गर्दै बजेट क्यालेन्डरसम्बन्धी नयाँ व्यवस्था ल्याइएको थियो। जसअनुसार सरकारलाई बजेटका सिद्धान्त तथा प्राथमिकता फागुन १५ गतेभित्रै संसद्मा पेस गर्न बाटो खुलेको थियो।

नेप्से दोहोरो अंकले घटेर २०३४.८२ को बिन्दुमा सीमित

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ। यो कम्पनीको ४० करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।

सांसद भन्छन्– बैंकिङ कसुर तथा सजाय संशोधन विधेयक समयानुकूल हुन सकेन

सांसदले विधेयकमा डिजिटल भुक्तानीको विषय समेटिनुपर्नेमा जोड दिएका छन्।

खोले साग बिक्रीबाट लाखाैँ आम्दानी

एकपटक काटिसकेपछि पनि निरन्तर उम्रिने तथा लगानी र मेहनत कम पर्ने भएकाले किसानले यसबाट राम्रो फाइदा लिन थालेका हुन्।

बचतकर्ताको बचतबाट लगेको ऋण कदापि मिनाहा हुँदैन : अर्थमन्त्री

अर्थमन्त्री महतले लघुवित्त र सहकारीका माध्यमबाट गरिबीलाई शून्यमा झार्न, लघुउद्यम र स्वरोजगार बनाउन तथा स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा जोड्न धेरै सहयोग पुगेको बताए।

काठमाडौँ–तराई द्रुतमार्ग: जेठभित्र २ सुरुङको ‘ब्रेक थ्रु’

द्रुतमार्गको खोकना–बुङमती क्षेत्रमा २१४ रोपनी जग्गाको मूल्य निर्धारण भई मुआब्जा वितरण हुन बाँकी छ। १६५ रोपनीको भने मूल्य निर्धारण हुन सकेको छैन। 

खुद्रा नोटको व्यवस्थापनमा बैंकहरूलाई सकस, सर्वसाधारणलाई कारोबारमा झन् बढी कठिनाइ

खुद्रा नोटहरू ठूलो मात्रामा थुप्रिएको र राष्ट्र बैंकले ५०० र १००० भन्दा कम दरका नोट लिन नमान्दा व्यवस्थापन गर्न कठिनाइ भइरहेको बैंकहरूले जनाएका छन्। त्यसको असर सबैजसो बैंकका आम ग्राहकमाथि परेको छ।

बागलुङ कालिका मन्दिरमा ७ महिनामा १ करोड ७१ लाख भेटी संकलन

मन्दिरको खर्चतर्फ हरेक महिना तलबमा तीन लाख ५७ हजार रुपैयाँ खर्च हुने गरेको हो।

अर्थ समितिले उपसमिति बनाएर भन्सार कार्यालयहरूको अनुगमन गर्ने

अर्थ समितिले उपसमिति बनाएर मुख्य–मुख्य भन्सार कार्यालयको अनुगमन गर्ने भएको छ।

वित्त आयोगका अध्यक्षको प्रश्न– सिंहदरबारबाटै योजना तोक्ने हो भने प्रदेश र स्थानीय सरकार किन चाहियो?

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले सशर्त अनुदानको बाँडफाँटले प्रदेश र स्थानीय तहको बजेट बनाउने ठाउँ नै खाइदिएको बताए।

माथिल्लो अरुणको परामर्शदाता छनोट, भयो ठेक्का सम्झौता

संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजना सुपरिवेक्षण परामर्शदाता छनोट भएको छ। 

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको पीपीए खुलाउने प्राधिकरणको निर्णय

विद्युत् प्राधिकरणले स्वदेशी साना लगानीकर्ताको लगानी प्रोत्साहन विद्युत्मा गर्न १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता खुल्ला गर्ने निर्णय गरेको छ।