AnonymousUser

Logout

महसुल नबुझाउने २७६ ग्राहक विद्युत् प्राधिकरणको कालोसूचीमा

चितवनमा चालु आर्थिक वर्षसम्म ४३ करोड ५५ लाख ७८ हजार रुपैयाँ विद्युत् महसुल उठाउन बाँकी रहेको विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रले जनाएको छ।

पुँजीगत खर्चको तुलनामा ऋणको साँवाव्याज भुक्तानी करिब तीनगुणा बढी

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार कात्तिक १२ गतेसम्ममा सरकारले २५ अर्ब ७८ करोड ९० लाख रुपैयाँ बराबर पुँजीगत खर्च गरेको छ।

कोइला अभावमा हेटौँडा सिमेन्ट उत्पादन बन्द

आर्थिक संकटका कारण बाह्य मुलुकबाट कोइला खरिद गर्न नसक्दा सिमेन्ट उत्पादन बन्द गरिएको हो।

नेप्सेमा २८.१८ अंक घटेर १८७५.६५ विन्दुमा सीमित

कारोबारका आधारमा नेसनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रह्यो। यो कम्पनीको चार करोड आठ लाख ५६ हजार ३१५ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भयो।

भन्सारका कर्मचारीको सरुवालाई वैज्ञानिक र पारदर्शी बनाइन्छ: कानूनमन्त्री

कानूनमन्त्री गुरङले भन्सार विधेयक २०८० मा ‘पेपरलेस कस्टम’को अवधारणा कार्यान्वयन गर्न प्रस्ताव गरिएको बताए। उनले यो व्यवस्थाबाट भन्सारमा हुने अनियमितता रोकिने विश्वास व्यक्त गरे।

व्यापार घाटा बढ्दै, असोजमा मात्र झन्डै डेढ खर्बको आयात

आयात बढ्दा व्यापार घाटा पनि गत वर्षको भन्दा २.१५ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ।

सुनको भाउ अहिलेसम्मकै महँगो, तोलाको १ लाख १७ हजार रुपैयाँ

गत शुक्रबारको भन्दा एक हजार रुपैयाँले बढेको हो।

बक्यौता महसुल उठाउन लाइन काट्दै विद्युत् प्राधिकरण

मिटर रिडिङ भएको मितिले ६०औँ दिनसम्म पनि बक्यौता महसुल भुक्तान नगर्ने उपभोक्ताको लाइन काटी असुलउपर गर्ने नीति तय गरेको प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए।

माछापुच्छ्रेका पदमार्गमा जाने पर्यटकले शुल्क तिर्नुपर्ने

माछापुच्छ्रे गाउँपालिकाले जारी गरेको सूचनाअनुसार पालिकाभित्रको पदमार्गमा जाने विदेशी पर्यटकले पाँच सय र नेपाली पर्यटकले एक सय रुपैयाँ तिर्नुपर्ने छ।

भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर

गौरीफन्टा हुँदै धनगढी भित्रिन चाहने कतिपय भारतीय नागरिक पाँच सय दरका भारु नोट नचल्ने सूचना पाएसँगै सीमा क्षेत्रबाटै फर्किने गरेको व्यवसायी बताउँछन्।

हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइनको तार तान्न स्थानीयको अवरोध

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले रणनीतिक महत्त्वको हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइन सम्पन्न गर्न राज्यको सम्पूर्ण संयन्त्रले सहयोग नगरे ठूलो विपत् आउन सक्ने चेतावनी दिए।

चन्द्रागिरि डाँडामा प्याराग्लाइडिङ शुरू

अनुसन्धान, कागजी प्रक्रिया र भौतिक तयारी गरी करिब ६ वर्षको प्रयासमा चन्द्रागिरिमा प्याराग्लाइडिङ शुरू गरिएको बाबु एड्भेन्चर्सका सञ्चालक सानोबाबु सुनुवारले बताए।

पठाओको लोगो परिवर्तन, यस्तो छ कारण 

झोला बोकेर दुईपांग्रे साधन चलाइरहेको जस्तो देखिने पठाओको लोगो परिवर्तन भइ नयाँ लोगो सार्वजनिक भएको हो।

दशैँमा दैनिक ५०० मेगावाट विद्युत् खेर, भारतले दिएन थप निर्यात अनुमति

प्राधिकरणले चालू आर्थिक वर्षको साउन, भदौ र असोजमा नौ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ। 

विदेशबाट फर्किएर स्वरोजगार बनेका सुमन: ड्राइभिङ सेन्टर र सुन्तलाखेती सँगसँगै

टेम्केमैयुङ–२ मा कृषि समूह गठन गरेर सुमन प्रधानले छिनामखुमा व्यावसायिक रूपले सुन्तलाखेती गर्दै आएका छन्।

व्यापारको तौरतरिका र किनमेलको शैली फेरिएसँगै व्यवसायमा अवसर र चुनौती थपिँदै

सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या बढेसँगै व्यापारको तौरतरिका फेरिएको छ। टिकटक विज्ञापनको नयाँ माध्यम बन्दै जाँदा यसले उपभोक्तालाई भ्रममा पारेर पसलको व्यापार पनि खस्काइदिएको व्यावसायीको गुनासो छ।

मुस्ताङबाट २३ करोडको च्याङ्ग्रा निकासी

तीन देखि चार वर्ष उमेरका च्याङ्ग्रा मासुका लागि बजार पठाउने गरिएको छ। हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राहरुले लेकाली जडीबुटी खाने भएकाले मासु पोसिलो र स्वादिष्ट हुने उपभोक्ताको अनुभव छ।

मुआब्जा निर्धारणमै अल्झियो दूधकोशी जलाशययुक्त आयोजना

जग्गा प्राप्ति ऐन र जग्गाधनीको अपेक्षा नमिल्दा मुआब्जा निर्धारण हुन नसकेको मुआब्जा निर्धारण उपसमिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साहको भनाइ छ।

सुदूरपश्चिम प्रदेश सरकार र उद्योग वाणिज्य महासंघबीच लगानीसम्बन्धी सम्झौता

महासंघको तेस्रो कार्यकारिणी समिति बैठकले सबै प्रदेशमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो। सोही सन्दर्भमा सुदूरपश्चिम प्रदेश सरकारसँग पहिलो सम्झौता भएको हो।

डीडीसीले दिएन दूधको भुक्तानी, किसानको दशैँ नै खल्लो

केन्द्रीय दुग्ध सहकारी संघका अनुसार दशैँको मुखमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले पैसा नदिँदा किसानहरू निकै समस्यामा परेका छन्।