कम्तीमा ७ महिनालाई वस्तु तथा सेवा आयात धान्ने विदेशी मुद्रा सञ्चितिको लक्ष्य भए पनि हालको जगेडाले ११.८ महिनालाई पुग्छ। ठूला आयोजनामा ती विदेशी मुद्रा प्रयोग गर्न भने सरकार चुकिरहेको विज्ञहरू बताउँछन्।
सरकारले निर्माण सम्पन्न भई सञ्चालनमा रहेका आयोजनाबाट निश्चित रकम रोयल्टीबापत संकलन गर्ने गर्छ।
गाउँपालिकाले किसानलाई तोरी उत्पादनमा प्रोत्साहन गर्ने नीति लिएको छ। कम मिहिनेत लाग्ने भएकापछि किसान पनि यसमा आकर्षित भएका छन्।
पक्राउ पर्नेमा व्यवसायी नरेश अग्रवाल र उनका सहयोगी छन्। बरामद गरिएको रकम हुन्डी कारोबारको हुनसक्ने विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए।
बुधबार दोहोरो अंकले घटेको शेयर बजार परिसूचक नेप्से बिहीबार ७.२४ अंकले घटेको छ।
मौसमी कामदार कोरिया पठाउन दक्षिण कोरियाको कम्पनीसँग स्थानीय तहले सम्झौता गरेपछि स्थानीय र संघीय सरकारबीच अधिकार क्षेत्रको विषयमा द्वन्द्व देखिएको छ।
उद्योगलाई नियमित उत्पादन शुरू गर्न करिब तीन हजार मेट्रिक टन कोइला आवश्यक पर्छ। अहिले उद्योगको भण्डारणमा करिब ६०० मेट्रिक टन मात्रै कोइला छ।
शहरी जीवनयापन सुधार परियोजनाका लागि भनेर १६ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर अनुदान सम्झाैता भएको हो।
तीव्र उतारचढावका बीच बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ।
विमानस्थलको भन्सार जाँच तथा सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३० जनाको टोली परिचालन गरिएको छ।
नगरलाई दूध तथा दुग्धजन्य वस्तुमा आत्मनिर्भरताका लागि दुग्ध उत्पादनमा किसानलाई प्रोत्साहित गर्न दूधमा प्रतिलिटर दश रुपैयाँ अनुदान दिने नीति ल्याइएको नगरप्रमुख विष्णु योगीले जानकारी दिए।
मंगलबार नेप्से परिसूचक ५४.५४ अंकले बढेर २१७५.१७ को विन्दुमा कायम भएको छ। पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
सार्वजनिक स्थानमा जडान गरिएका धाराको महसुलबापतको रकम महानगरले भुक्तानी गर्न आनाकानी गरेपछि संस्थानले ती सबै धाराको लाइन काट्ने तयारी गरेको छ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको छ।
साउनदेखि पुससम्म सरकारले ६ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा ७७.१४ प्रतिशत मात्र उठाउन सकेको छ।
चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा एक लाख बढी पर्यटकले निकुञ्जको अवलोकन भ्रमण गरेको बताए।
जलविद्युत् समूहका पाँच कम्पनीको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ।
लिमिटेडको संस्थागत क्षमता अभिवृद्धि गरी दिगो रूपमा सञ्चालन सुनिश्चितताका लागि व्यावसायिक योजनासहित उद्योग मन्त्रालयसँग सम्झौतासमेत भएको छ।
बागलुङको सुन्तला चितवन, काठमाडौँ, पोखरा, धादिङलगायत ठाउँसम्म पुग्ने गरेको किसान शिवकुमार खड्का बताउँछन्। बागलुङको सिगानाका अगुवा किसानले सुन्तलाको मूल्य दोब्बर बनाउन भण्डारण गर्दै आएका छन्।
शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएबापत महसुल बक्यौता नतिरेको भन्दै काटिएको उद्योगको लाइन जडान गर्ने निर्णय गरेको छ।