AnonymousUser

Logout

किसानलाई अलैँची भित्र्याउन चटारो, बगानमै मनाउँछन् चाडपर्व

ताप्लेजुङमा चार हजार ४५० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ। हालको बजार मूल्य प्रतिमन (४० किलो) ५५ हजार रुपैयाँ छ।

खल्लो बित्यो दशैँ, तिहारमा उपभोक्ताले पाउलान् चिनी?

सरकारले भन्सार छुट दिएर २० हजार टन चिनी भारतबाट ल्याउने निर्णय भदौ अन्तिममा गरे पनि आयात नगरेपछि दशैँ खल्लो भयो। अब तिहारअघि नै ‘जीटुजी’मार्फत भारतबाट चिनी ल्याइसक्ने आपूर्ति मन्त्रालयको दाबी छ।

गाँजाखेती सम्भाव्यता अध्ययन गर्न सरकारले बनायो कार्यदल

कार्यदललाई काम शुरू गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउन अर्थ मन्त्री डा. महतले निर्देशन दिए।

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध बनाउन सेती नदी फर्काइयो

जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको समग्र निर्माण प्रगति करिब ४६ प्रतिशत रहेको छ। समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ।

व्यवसायीले भन्ने गरेको आर्थिक ‘मन्दी’ लाई तथ्यांकले गलत साबित गर्न लागेको हो?

वस्तुको आयात र घरजग्गाको कारोबारका साथै बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा बढ्दै जानुले आर्थिक क्षेत्र चलायमान भएको संकेत त मिलेको छ। यसको स्थायित्वमा भने प्रश्न उठिरहेका छन्।

साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी दिने, उपभोक्ता मूल्य प्रतिकेजी ११५ रुपैयाँ

खुद्रा व्यापारी तथा व्यवसायीले सोमबारदेखि साल्ट ट्रेडिङको कालीमाटी शाखा र मंलबारदेखि कोटेश्वर शाखाबाट चिनी किन्न पाउने छन्। 

सीबीफीनले भूकम्प प्रभावितका लागि १० लाख सहयोग गर्ने

बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालले जाजरकोट भूकम्प प्रभावितका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।

समस्याग्रस्त शिव शिखर सहकारीका सेवाकेन्द्र सिल

समस्याग्रस्त शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका विभिन्न जिल्लामा सञ्चालित सात वटा सेवाकेन्द्र सिल गरी कागजात बरामद गरिएको सहकारी व्यवस्थापन समितिका सदस्य–सचिव केशव पौडेलले बताए।

जाजरकोट भूकम्प प्रभावितका लागि चीनले १० करोडको सहायता उपलब्ध गराउने

चीनले जाजरकोट भूकम्प प्रभावित क्षेत्रका लागि १० करोड रुपैयाँ बराबरको सहायता सामग्री उपलब्ध गराउने घोषणा गरेको छ।

भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा ५ दिन निःशुल्क

प्रभावित क्षेत्रमा पाँच दिनका लागि निःशुल्क भ्वाइस तथा एसएमएस सेवासहितको निःशुल्क सिमसमेत उपलब्ध गराउने टेलिकमले जनाएको छ।

गौतमबुद्ध र पोखरा विमानस्थलको सञ्चालन ढाँचाबारे उच्चस्तरीय छलफल

व्यावसायिक रूपमा सञ्चालनमा आएका दुवै विमानस्थलले राम्रो बिजनेस पाएका छैनन्। विमानस्थल सञ्चालन गर्न श्रम, पर्यटन, परराष्ट्रसहितका निकायले गर्नुपर्ने भूमिकाबारे बैठकमा छलफल भएको छ।

तीन महिनामै भित्रिए साढे ९ अर्बका स्मार्टफोन

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल आयातको करिब ७०.९७ प्रतिशत अर्थात् चार लाख ५५ हजार ८९८ वटा स्मार्टफोन उत्तरी छिमेकी देश चीनबाट आयात भएको छ।

सिंहदरबार र आसपासका क्षेत्रमा शनिबार ४ घण्टा विद्युत् आपूर्ति बन्द हुने

स्युचाटारदेखि सिंहदरबारसम्म ६६ केभी लाइन मर्मत गर्नुपर्ने भएकाले शनिबार बिहान ७ देखि ११ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

बागलुङमा घट्यो फापरखेती, बिउ नै मासिने चिन्ता

बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र ताराखोला गाउँपालिकाको माथिल्लो क्षेत्रमा फापर खेती गर्ने क्रम घट्दै गएको छ। 

सरकारले दर्जनौँ आयोजना बन्धक बनाएको इप्पानको आरोप

जिम्मेवार निकायबाटै अदालतको आदेशको मर्म र भावना विपरीतका गतिविधिले निरन्तरता पाउँदा जलविद्युतमा निजी क्षेत्रले गरेको खर्बौँ लगानी जोखिममा परेको इप्पानका महासचिव बलराम खतिवडाले बताए।

दूधकोशीमा लगानी गर्ने एडीबीको प्रतिबद्धता

आयोजनाको अनुमानित लागत निर्माण अवधिको व्याजसहित २ अर्ब २० करोड अमेरिकी डलर रहेको छ। यसमध्ये १ अर्ब ६८ करोड डलर ऋणबाट र बाँकी इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने गरी तयारी भइरहेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा विद्युतीय गाडी आयात तीन गुणाले वृद्धि 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म आयात भएका कुल ३ हजार ७८८ गाडीमा विद्युतीय सवारीको हिस्सा ५६.३६ प्रतिशत रहेको छ। 

अक्टोबरमा पर्यटक आगमन संख्या उल्लेख्य वृद्धि, व्यवसायी उत्साहित

गत वर्षको अक्टोबरमा ९४६ जना चिनियाँ पर्यटक नेपाल आएकोमा यस वर्षको अक्टोबरमा ६२७.३ प्रतिशत बढी आएका छन्।

परराष्ट्रमन्त्री साउद र अमेरिकी वित्त निगमका प्रमुख कार्यकारी नाथनबीच भेटवार्ता

उक्त अवसरमा मन्त्री साउदले अमेरिकाका निजी क्षेत्रलाई नेपालमा लगानी अभिवृद्धि गराउन प्रेरित गर्नसमेत अनुरोध गरेका थिए। 

कालोबजारीले आकासियो प्याजको भाउ, १४ दिनमा ६५ प्रतिशत मूल्यवृद्धि

कालिमाटी थोक बजारमै प्याजको औसत मूल्य १२२ रुपैयाँ ५० पैसा पुगेको छ। यहाँको दैनिक मूल्यसूचीअनुसार कात्तिक १ गतेदेखि मंगलबारसम्मको १४ दिनमा प्याजको भाउ ६५ प्रतिशतले बढेको छ।