प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिनको पिक डिमान्ड देशभित्रैका विद्युत्गृहबाट उत्पादन गरी आपूर्ति गरिएको हो। देशभित्रको माग पूरा भई बचत भएको ५१७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ।
यो वर्ष चितवनमा गत वर्षभन्दा दोब्बर क्षेत्रफलमा फूलखेती गरिएको छ। कतिपय स्थानीय तहले सहयोगसमेत गरेपछि १२० किसानले ३४ विघामा फूल लगाए। तर उचित बजार र मूल्य भने पाउन सकेनन्।
ढोरपाटनमा आउने पर्यटकले माउ र बच्चा कुकुर किनेर लैजाने गरेका छन्। यस क्षेत्रमा पाइने कुकुर अन्य ठाउँको भन्दा बलियो र टाठो हुने हुँदा धेरैले मन पराउने स्थानीयको भनाइ छ।
बजारमा विगतको तुलनामा यस तिहारमा काजु, बदाम, पेस्ता, नरिवललगायत मसलाको मूल्य घटेको छ।
प्लास्टिकका फूलमालाको प्रयोग बढेकाले स्थानीय स्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका व्यवसायी जनकबहादुर सिंहले बताए।
लाइन काटिएका ग्राहकबाट करिब ६२ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको र तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाउने प्राधिकरणको भनाइ छ।
सीएनआईले गरेको बजेट वाचअन्तर्गत आर्थिक वर्ष २०७९/८० को अध्ययनले निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित बुँदाका ६२ बुँदे घोषणामध्ये ११ बुँदा मात्र पूर्ण कार्यान्वयन भएको देखाएको छ।
सांसदहरूले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधान गरी आर्थिक क्षेत्रलाई चलायमान बनाउने विषयमा सरकार गम्भीर नभएको बताएका छन्।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.३८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८१ प्रतिशत रहेको छ।
व्यक्तिको जग्गा यकिन नगरी घरबासको संरचना निर्माण भएपछि उत्पन्न विवादका कारण होमस्टे डेढ वर्षदेखि सञ्चालनमा आउन सकेको छैन।
वीरगन्जका ताराप्रसाद गुप्ताले तीन वर्षअघि प्रांगारिक मल उत्पादन गर्दा किसान प्रयोग गर्नै मान्दैन थिए। मल प्रवर्धन गर्न कतिपयलाई निःशुल्क उपलब्ध गराएका उनी अहिले वार्षिक ६ करोड बराबरको कारोबार गर्छन्।
सहकारी र डेरी उद्योगले बिक्री गर्न नसकेपछि दुग्धजन्य पदार्थले गोदाम र चिस्यान केन्द्र भरिएका छन्।
साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा जनही २० बोरा चिनी दिन थालेको छ। यसअघि १० बोरा मात्रै दिने गरेको थियो।
मन्त्रिपरिषद्ले ‘औद्योगिक कच्चा पदार्थ’का नाममा फेरि सुपारी, केराउ र मरिच आयातको अनुमति दिएको छ। जबकि, दुई वर्षअघि भएको संसदीय अध्ययनले सुपारी आयात गर्दा वैदेशिक मुद्रा अपचलन भएको ठहर गरेको थियो।
बुधबार शेयर परिसूचक नेप्से ५.१७ अंक (०.२४ प्रतिशत)ले बढेर एक हजार ८६३.९४ विन्दुमा पुगेको छ।
ठेक्का सम्झौता गरेर समयमा काम पूरा नगरेको भन्दै कार्यालयले यसअघि ३० दिनभित्र लिखित जवाफ दिन भनेको थियो।
बागलुङको पर्यटकीय गाउँ भकुन्डे पुग्ने विदेशी पर्यटक होमस्टेमा अर्ग्यानिक खानाको स्वाद लिने, पर्यटकीय स्थलको भ्रमण गर्ने र स्थानीयलाई काम सघाएर रमाउने गरेका छन्।
एकै व्यक्तिले १७ वटा संस्थाबाट २२ खातामार्फत ५२ लाख रुपैयाँ कर्जा लिएको समेत राष्ट्र बैंकको अध्ययन समितिले फेला पारेको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले एक लाखभन्दा कम बचत गरेकाहरूको मागदाबी अनुसारको रकम साउनभित्र दिने जनाएको थियो। तर त्यसको साढे दुई महिनापछि साना बचतकर्ताले रकम फिर्ता पाएका हुन्।
प्रधानमन्त्री दाहालले खोज र उद्धारको पहिलो चरणको काम सम्पन्न भएको तथा अब राहत र पुनः निर्माणको दोस्रो चरणको काम द्रुतगतिमा हुने बताएका छन्।