इजरायलले नेपालबाट तीन महिनाभित्र १० हजार कामदार लैजाने प्रस्ताव गरेको छ। श्रम मन्त्रालयले कामदार पठाउने कार्यविधि बनाएर परराष्ट्र मन्त्रालय पठाइसकेको छ। तर कहिलेबाट कामदार जान पाउँछन् भन्ने यकिन छैन।
मेलाले स्थानीयस्तरमा उत्पादित कृषि, खाद्यसहितका वस्तु तथा सेवाको प्रचारप्रसार, प्रवर्द्धन र बजारीकरणमा टेवा पुर्याउने गरेको छ।
सहकारीमा बचत रकम फिर्ता नपाएपछि विभागमा धर्ना बस्न पुगेकालाई पहिला फाराम भराएर २०० रुपैयाँ तिराइ बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको सदस्य बनाइन्छ। पीडितबाट यसरी अहिलेसम्म १० लाख रुपैयाँ उठाइसकिएको छ।
विन नेपाल लघुवित्त वित्तीय संस्था र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
राष्ट्र बैंकका अनुसार माघमा काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९६ प्रतिशत, तराईको ४.७१ प्रतिशत, पहाडको ५.५८ प्रतिशत र हिमालको ५.४४ प्रतिशत रहेको छ।
तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण भएका/हुने जलविद्युत आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न वसन्तपुर–ढुंगेसाँघु २२० केभी डबल प्रसारण लाइन निर्माण गरिएको हो।
शुक्रबार प्रतितोला एक लाख २५ हजार रुपैयाँ रहेको सुन आइतबार एक लाख २६ हजार रुपैयाँ तोकिएको छ। यो हालसम्मकै उच्च मूल्य हो।
सुन्तलाको फूल फुल्ने बेलामा पात झर्ने, पहेँलो हुने र बिस्तारै जरा कुहिएर बोट नै मर्ने समस्या उत्पन्न भएको छ। बाँकी बोटमा पनि यस वर्ष अन्य समयको जस्तो सुन्तला नफलेको किसान बताउँछन्।
नेपाल राष्ट्र बैंकले आठवर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ झ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ।
जलविद्युत् आयोजनाको बाँध, पाइप लाइन र प्रसारण लाइन र विद्युत्गृहमा बाढीपहिरोले क्षति गरेको छ। पुनर्निर्माणको काम अहिलेसम्म नसकिँदा विद्युत् उत्पादन ठप्प छ।
बिहीबार नेप्से परिसूचक १३.५१ अंकले उकालो लागेर २०३०.५५ को विन्दुमा पुगेको छ।
सोमबार सकारात्मक सर्किट र मंगलबार उच्च अंकको गिरावटपछि आज बजार सम्हालिएको हो।
फुङ्लिङ–१० फावाखोलाको गोपाल विष्टको भेडीगोठ बस्तीमाथिको साम्लिङ खर्कमा उक्लेको छ। अब वैशाखे हुँदै विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल आधार शिविरसम्म पुग्नेछन्।
मंगलबार पनि उच्च मूल्यमा करोबार भएर रेकर्ड बनाएको सुन बुधबार प्रतितोला ५०० रुपैयाँले बढेर एक लाख २३ हजार ५०० रुपैयाँ पुगेको छ।
सोमबार सकारात्मक सर्किट लागेर कारोबार समयअगावै बन्द भएको नेप्से परिसूचकमा मंगलबार उच्च अंकको गिरावट देखिएको छ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख २१ हजारमा कारोबार भएको सुन दुई हजारले बढेर नयाँ बिन्दुमा पुगेको हो।
सडक डिभिजन कार्यालय हेटौँडाले अर्थ मन्त्रालयसँग हेटौँडा बजारको सडक बिस्तार, खानेपानी पाइप, विद्युत् पोल र ढल व्यवस्थापन तथा ग्राभेलका लागि १२ करोड बजेट माग गरेको छ।
सोमबार सत्ता गठबन्धनमा आएको फेरबदलको प्रभाव नेपाली पुँजीबजारमा देखिएको छ।
राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा सकारात्मक सर्किट लागेको छ।
२०६० सालदेखि सबै गाउँलेले व्यावसायिक रूपमा नै बेसार खेती गर्न थालेपछि अहिले गाउँ नै बेसार खेतीमय भएको छ।