AnonymousUser

Logout

विकास बजेट बढी भएका मन्त्रालयमै न्यून खर्च

हालसम्मको बजेट खर्चको अवस्था हेर्दा विकास बजेट धेरै छुट्याइएका मन्त्रालयहरू नै खर्चमा कमजोर देखिएका छन्। विनियोजित रकममध्ये खर्चको प्रतिशत हेर्दा अर्थ मन्त्रालय सबैभन्दा कमजोर छ।

३०.५६ अंकले घटेको शेयर बजारमा ४ अर्ब ६६ करोडको कारोबार

मंगलबार बोटलर्स नेपाल, समाज लघुवित्त वित्तीय संस्था र सुपर माई हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

रास्वपाले प्रधानमन्त्रीलाई बुझायो सहकारी र लघुवित्तका समस्या समाधान सम्बन्धी प्रतिवेदन

सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएको समस्याबारे अध्ययन गर्न रास्वपाले उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको नेतृत्वमा बनाएको समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको हो।

पाखो जग्गा बन्यो कागती बगैँचा

पाँच वर्षअघिको झाडीले घेरिएको बाँझो जग्गाको अहिले स्वरूप फेरिएर हराभरा मात्रै बनेन पहिलोपटक कागती बिक्रीबाट छ लाख रुपैयाँ कमाइ गर्‍यो।

आर्थिक वृद्धिका लागि नेपालले कर प्रणालीसँगै पुँजीगत खर्चमा सुधार गर्नुपर्छ : आईएमएफ

अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालले देशको आर्थिक वृद्धिका लागि कर प्रणालीमा सुधारसँगै पुँजीगत खर्च बढाउनुपर्ने बताएको छ।

व्यक्तिगतभन्दा संस्थागत मुद्दती निक्षेपको ब्याज १ प्रतिशतले कम हुनुपर्ने

कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको दुई करोड रुपैयाँसम्मको कर्जालाई ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’मा गणना गर्न पाउने व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ।

अर्थमन्त्रीले घटाए बजेटको आकार, १५ खर्ब ३० अर्ब मात्रै खर्च हुने संशोधित अनुमान

अर्थमन्त्री महतले चालु आर्थिक वर्षको बजेटमा संशोधन गरेक‍ा छन्। उनले आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक मूल्यांकनमार्फत १५ खर्ब ३० अर्ब रुपैयाँ मात्रै खर्च हुने संशोधित अनुमान गरेको हुन्। 

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने घट्यो

सोमबार बोटलर्स नेपाल बालाजु, समाज लघुवित्त, कुर्थली बुखरी स्मल हाइड्रोपावर, चिर्खवा हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

रामग्राम क्षेत्रलाई भाडामा लगाउने सम्झौता खारेज गर्न लेखा समितिको निर्देशन

युनेस्को र पुरातत्त्व विभागले तोकेको मापदण्डविपरीत हुने गरी लुम्बिनी क्षेत्रमा संरचना नबनाउन तथा विद्यमान कानूनी प्रक्रियाभन्दा बाहिर गएर काम नगर्न पनि समितिले निर्देशन दिएको छ।

दोहोरो अंकले घट्यो नेप्से, ४ अर्बको कारोबार

आइतबार तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ।

आगामी बजेट पूर्वाधार निर्माण र रोजगारी सिर्जनामा केन्द्रित हुन्छ : अर्थमन्त्री

अर्थमन्त्री महतले जनताको आम्दानीको स्रोत वृद्धि हुने गरी रोजगारी सिर्जना गर्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट केन्द्रित गरिने बताए। 

अर्थविद् भन्छन्– विदेशी लगानी भित्र्याउन नसक्दा आन्तरिक ऋणमा भार पर्‍यो

अर्थविद्हरूले सरकार विदेशी लगानी मुलुकमा भित्र्याउन नसक्दा आन्तरिक ऋण लिएर ठूला आयोजनामा परिचालन गर्नुपर्ने बाध्यतामा रहेको बताएका छन्।

‘विकास साझेदारका कार्यक्रमहरूको पुनर्संरचना हुनुपर्छ’

आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ विश्व बैंक लगायतका विकास साझेदारका सफल नभएका कार्यक्रमका विषयमा पुनर्विचार गर्नुपर्ने बताउँछन्।

अर्थमन्त्री भन्छन्– आन्तरिक स्रोतसाधनबाट राज्यका दायित्व पूरा गर्न कठिन हुँदै छ

अर्थमन्त्री महतले नेपालले उदारता देखाएर स्रोतसाधनलाई ध्यान नदिई धेरै प्रतिबद्धता व्यक्त गर्दा राज्यका दायित्वहरू पूरा गर्न कठिनाइ भइरहेको बताएका छन्। 

चिराइतो मूल्य बढ्दो, उत्पादन भने घट्दो

उत्पादन लागतसमेत नउठ्ने भएपछि किसानले चिराइतोको खेती गर्न छाडे। जसका कारण अहिले बजार मूल्य बढ्दै गएको छ, तर उत्पादन भने घट्दै गएको छ। अहिले प्रतिमन ४५ हजार रुपैयाँमा बिक्री भइरहेको छ।

सोलुखुम्बुमा सुन्तलाको उत्पादन बढ्यो, बजार भने अभाव

सोलुखुम्बुमा उत्पादित सुन्तला जिल्ला बाहिर पठाउन सकिएको छैन। सुन्तलाले बजार नपाउँदा कुहिएर खेर जाने गरेको किसानको गुनासो छ। 

उद्योगहरूमा १० घण्टासम्म लोडसेडिङ, ‘छवि बचाउन’ औपचारिक घोषणा गर्दैनन् कुलमान

औद्योगिक क्षेत्रमा दैनिक १० घण्टासम्म लोडसेडिङ भइरहे पनि विद्युत् प्राधिकरणले औपचारिक तालिका सार्वजनिक नगर्दा ठूलो क्षति बेहोर्नु परिरहेको उद्योगीहरूको गुनासो छ। किन लोडसेडिङको औपचारिक घोषणा हुँदैन?

लगानी सम्मेलनलाई भव्य बनाउन सबैको प्रयास जरुरी : अर्थमन्त्री

अर्थमन्त्री डा. महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताबाट चासो आइरहेको बताउँदै गम्भीरताका साथ परियोजनाको तयारी गर्न निर्देशन दिएका हुन्।

कालोपत्र हुने भएपछि तमोर करिडोरमा खुल्न थाले नयाँ होटल

सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको १५५ किलोमिटर तमोर करिडोर आयोजनाअन्तर्गत ११२ किमी सडक गत वर्षदेखि कालोपत्र हुने चरणमा छ। यहाँ दैनिक २०० भन्दा बढी सवारी ओहोरदोहोर गर्छन्।

बाह्य क्षेत्रमा सुधार भए पनि मुलुक गहिरो आर्थिक मन्दीमा जाँदैछ: युवराज खतिवडा

विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्समा वृद्धि भएको तथ्यांकलाई देखाएर अर्थतन्त्र लयमा आयो भन्न नमिल्ने खतिवडाको भनाइ छ।