AnonymousUser

Logout

नेप्सेमा सामान्य अंकको सुधार,  २०९०.६४ को विन्दुमा कायम

बुधबार नेप्से परिसूचक ४.९२ अंकले बढेर २०९०.६४ को विन्दुमा कायम भएको हो।

स्टार्टअप उद्यम कर्जासम्बन्धी त्रिपक्षीय सम्झौता

स्टार्टअप उद्यमलाई प्रवाह गरिने कर्जा प्रक्रियालाई सरल, स्पष्ट, व्यवस्थित र पारदर्शी बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यही माघ ११ गते कार्यविधि स्वीकृत गरेको थियो।

९ वर्षदेखि निर्माण अलपत्र तीनकुने आर्क ब्रिजः ठेक्का फेरियो, अलमल उस्तै

पप्पु कन्स्ट्रक्सनले लापरबाही गरेपछि बागमती नदीमा बनाइने ‘आर्क ब्रिज’को ठेक्का तोडेर वाईपी किरातेश्वरलाई दिइएको थियो। तर नयाँ ठेक्काको २१ महिनामा भौतिक निर्माण त के, पुलको डिजाइनसमेत तयार भएको छैन।

मौसम परिवर्तनको असर: नगदे बाली फेर्दै किसान

बर्दिबास, गौशाला, औरही र भंगाहा नगरपालिका क्षेत्रका १०० भन्दा बढी बस्तीको मुख्यखेती नै भर्जिनिया सुर्ति थियो। जनकपुर चुरोट कारखाना धरासायी बन्दै गएसँगै घट्दै गएको यो खेती अहिले कतै देखिँदैन।

लहानका रतन साहले फलाए रंगीन काउली

लहान नगरपालिका–२४ का रतन साहले भारतबाट बीउ ल्याएर बैजनी र पहेँलो रंगका काउली उत्पादन गरेका छन्। उक्त काउली प्रतिकिलो २०० रुपैयाँमा बिक्री भइरहेको छ। 

ट्राफिक कारबाहीबाट ६ महिनामा ७९ करोड राजस्व संकलन

चालु आर्थिक वर्षको ६ महिनामा देशभर भएको ट्राफिक कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२  राजस्व संकलन भएको छ। कारबाहीमा परेका सवारीसाधनमध्ये सबैभन्दा बढी मोटरसाइकल छन्।

सामान्य अंकले बढेको शेयर बजारमा २ अर्ब ५९ करोडको कारोबार

समाज लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ९.९ प्रतिशतले बढेको छ। सामलिङ पावरको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, चालु खाता र शोधनान्तर बचतमा

योसँगै विदेशी मुद्रा सञ्चिति नेपालको वार्षिक बजेटको आकारभन्दा ठूलो देखिएको छ।

म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राखेर बिक्री गर्ने मिनाक्षी उद्योगमा सिल

आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्यमा संलग्न रहेको अभियोगमा उद्योगमा सिल गरिएको हो।

तोरीको तेल उत्पादन गर्न सहकारीद्वारा उद्योग सञ्चालन

बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल ‘ब्रान्डिङ’, ‘लेभलिङ’ तथा ‘प्याकेजिङ’ उद्योग सञ्चालनमा ल्याएको छ।

नेप्से १४.५७ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

सोमबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र पिपुल्स पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्।

सामान्य अंकले घट्यो नेप्से, ३ अर्बको कारोबार

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ भने महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा ५.३७ प्रतिशतको गिरावट आएको छ।

भारतबाट तस्करी हुने प्याजले मूल्य नियन्त्रण: साइकलबाट सीमापार, गोदाममा एकत्रित गरी काठमाडौँ 'सप्लाई'

मंसिर अन्तिममा प्रतिकिलो १८० रुपैयाँ पुगेको प्याज अहिले ८० रुपैयाँमै पाइन्छ। भारतले निर्यात प्रतिबन्ध लगाए पनि तस्करीबाट वीरगन्ज ल्याइपुर्‍याइँदा प्रतिकिलो ४१ रुपैयाँ पर्छ, त्यही प्याज काठमाडौँ आउँछ।

बाह्रबिसे सबस्टेसन निर्माण अन्तिम चरणमा

सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मर जडान भइसकेका छन्। उपकरण जडान धमाधम भइरहेको छ। दुई महिनाभित्र सक्ने लक्ष्य रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। 

पूर्वी नाकाबाट ३ अर्ब ६९ करोडको कृषिजन्य वस्तु निर्यात

सबैभन्दा बढी एक अर्ब ६६ करोड आठ लाख रुपैयाँको दुई हजार ७६८ मेट्रिक टन चिया निर्यात भएको छ। 

अरू क्षेत्रको कटौती गरेर भए पनि खेलकुदमा बजेट बढाउने अर्थमन्त्रीको प्रतिबद्धता

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन ५ महिनादेखि ठप्प

सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य रहेको छ। सिमेन्ट उत्पादन नभएपछि प्राविधिक तथा प्रशासनिक कर्मचारी र श्रमिक कामविहीन भएका छन्।

गण्डकीमा ‘राइड शेयरिङ’को नियमन गर्ने र वैधानिक बनाउने बाटो खुल्यो

नियमावलीको दफा १३ मा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपांग्रे तथा दुईपांग्रे सवारीले तोकिएको प्रक्रिया पूरा गरी तोकिएको भाडा लिई यात्रु बीमा गरेर यात्रु बोक्न पाउने व्यवस्था छ।

अरुण चौधरीको पक्राउप्रति निजी क्षेत्रको आपत्ति, शंकाकै भरमा वैयक्तिक स्वतन्त्रता हनन गरेको जिकिर

नेपाल उद्योग परिसंघले सरकारले निजी क्षेत्रलाई त्रसित बनाउने गरी धरपकड शैलीमा उद्योगी चौधरीलाई पक्राउ गरेको आरोप लगाएको छ।  

सहकारी पीडितसँगको सम्झौता कार्यान्वयनमा ६ महिनासम्म सरकार उदासीन, दबाब बढाउन अझ संगठित हुँदै बचतकर्ता

सरकारले आन्दोलनमा रहेका सहकारी पीडितहरूसँग गरेको सम्झौता र सहकारी क्षेत्र सुझाव कार्यदलको सुझाव बमोजिम काम अघि नबढाउँदा निराश देखिएका बचतकर्ताहरू थप दबाबमूलक कार्यक्रमको तयारीमा छन्।