AnonymousUser

Logout

जमघटको नयाँ जङ्क्सन चिया पसल: अनौठा नाम, थरीथरी स्वाद

शहरी क्षेत्रमा चियादानी, चियावाला, मट्का चिया, चियाघर, दाह्री भाइको चियालगायत विभिन्न नामका पसल खुलेका छन्। चिया मात्रै बेच्ने गरी खुलेका यस्ता पसल चिया पारखीका लागि भेटघाटको केन्द्र बनिरहेका छन्।

पुर्ख्यौली व्यवसाय बनेका काठमाडौँका मिठाई पसल: रैथाने स्वाद, चाडपर्वमा भिडभाड

काठमाडौँका नेवारी मिठाई पसलमा चाडपर्वका बेला भिडभाड हुन्छ। अरू बेला पनि बिहान तथा दिउँसो हलुवा, स्वारी र मालपुवा खान ग्राहक पुगेकै हुन्छन्। यी पसलमा कस्ता मिठाई बन्छन्?

भुइँकटहर खेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी गरिरहेका अर्जुन

बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले एक बिघा जमिनमा भुइँकटहरको खेती गरेका छन्। नेपाल प्रहरीबाट सेवा निवृत्त उनी विदेश जाने सोच त्यागेर गाउँमै कृषिमा सक्रिय भएका हुन्।

‘कुकुरबिनाको गोठ कल्पना गर्न सक्दैनौँ’

महिनौँसम्म एक्लै जंगलमा बस्ने गोठालाको साथी बनेका कुकुरले चितुवा, ब्वाँसो, भालु, स्याललगायत जंगली जनावरको आक्रमणबाट बचाएर भेडाबाख्राको सुरक्षा गर्छन्।

जग्गा भाडामा लिएर कृषिमा लागेका २४ वर्षीय विवेक

विवेकले बेमौसमी खेतीलाई प्राथमिकता दिएर सागसब्जी लगाउने गरेका छन्। ६ रोपनीमा गरेको खेतीबाट वार्षिक ६ लाख रुपैयाँ बराबर आम्दानी गरिरहेका छन्।

जैविक सागसब्जी उत्पादनमा रमाएका लालीगुराँसका महिला

रासायनिक मलको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने, माटो बिग्रिने र सागसब्जीमा पनि रोग निम्तिने जानकारी पाएपछि जैविक खेतीमा लागेको किसानले बताएका छन्।

तिहारलाई फूल टिप्न व्यस्त भक्तपुर गुन्डुका किसान [तस्वीरहरू]

मखमली फूलको माला बनाएर बेच्ने गरिएको भए पनि सयपत्री फूल मालाका साथै गुच्छा र खुला रूपमा पनि बेच्ने गरिन्छ।

दीपावली र छठपर्वका लागि घर लिपपोत गर्न व्यस्त छन् मिथिलाका महिला

घर लिपपोत र रङरोगन गरिँदा टोलभरिका महिलाबीच आपसी सल्लाह हुन्छ। उनीहरू पालैपालो एकअर्काको घर लिपपोतमा सरिक हुन्छन्।

कर्णालीको जडीबुटी संसारलाई चिनाउन कस्सिएका राजेन्द्र

बहुमूल्य जडीबुटीको प्रचुर सम्भावनायुक्त क्षेत्र कर्णालीमा आफ्नै बुताले जडीबुटी उत्पादन, प्रशोधन र प्याकेजिङ गरी विभिन्न देशमा निर्यात गरिरहेका राजेन्द्र यो विषय सरकारको प्राथमिकतामै नपर्दा खिन्न छन्।

जडीबुटी बिक्रीबाट जीविका चलाएकी फुपु, मासिक १ लाख ५० हजारसम्म आम्दानी

संखुवासभाकी फुपु पोङ्सुवा शेर्पा जडीबुटी बिक्री गर्न धनकुटा, बर्दिबास, लालबन्दी, सिन्धुली, रामेछाप हुँदै काठमाडौँ र पोखरासम्म पुग्थिन्। अहिले इटहरी–६ मा पसल शुरू गरेकी छन्। 

मुगुमा पहिलो सार्वजनिक पुस्तकालयः टेकेन्द्रको साहसमा विद्यालय र पुस्तकदाताको हैँसे

खप्त्याडस्थित गम्थाको श्री लोकप्रिय माविमा स्थापित सामुदायिक पुस्तकालय मुगुको पहिलो हो। यो पुस्तकालय बनाउन उमेरले भर्खरै २० वर्ष टेक्दै गरेका टेकेन्द्र उपाध्यायले नेतृत्व गरेका थिए।

तेहरानमा ५० वर्ष: इरान इज द बेस्ट! 

अर्घाखाँचीका पीताम्बर भुसालले अर्कै सिराबाट नचिताएको देश–दुनियाँ देखे। त्योभन्दा बढी उनी संसारकै राम्रा मान्छे र दुनियाँकै मीठो खानपिनको जगत्‌मा रम्न–रमाउन पाए।

अनि खेलकुद मेरो आत्मविश्वास बन्यो...

खेलप्रतिको मायाले मलाई कहिल्यै आफूअनुरूप हुन दिएन। खेलले मलाई विशेष मान्छे बनाउँछ वा नयाँ आकार दिन्छ भनेर खेलेकी थिइनँ, मलाई त बस् खेलसँग प्रेम थियो।

प्रविधिले छाडेको डोबः कसरी हराए सीडी र डीभीडी?

कुनै समय फिल्मका पारखी न्युरोड, महाबौद्ध र ठमेल पुगी सीडी, भीसीडी तथा डीभीडी बटुल्थे। हलमा नचल्ने सिनेमा मात्र नभई हलमा जान नचाहने दर्शका लागि पनि यी सामग्री विकल्प थिए। कहिले र कसरी हरायो यो प्रविधि?

बिजुलीको झिलिमिलीले ओझेलमा माटोका पाला

कुम्हालहरूले दीपावली र छठका बेला बर्सेनि लाखौँका माटाका भाँडाकुँडा र दियो बिक्री गर्ने गरेका थिए। अहिले बिक्रीमा कमी आएको जलेश्वर नगरपालिका–१ का मंगल पण्डितले बताए। 

दार्जिलिङबाट दशैँ नियाल्दा…

दार्जिलिङ पहाडको राजनीति कमानकै वरिपरि घुम्छ। कमानका जनतामा जसको पकड बलियो छ राजनीतिमा सत्ता उसैको। त्यति मात्र होइन नेतासमेत प्राय: कमानबाटै आउँछन्।

बुंगमतीका बुद्धिरत्न जो आफ्नो जिउधन खर्चेर सार्वजनिक सम्पत्ति जोगाइरहेछन्

भूमाफियाले कब्जा गरेका सार्वजनिक सम्पत्ति फर्काउन आफ्नो खेतबारी बेचेर मुद्दामामिलामा लागिपरेका व्यक्ति हुन् बुद्धिरत्न शाक्य, जसलाई विपक्षीहरूले दिने धाकधम्कीको कुनै पर्वाह छैन। 

हुडहुड आँधीबाट जोगिएको त्यो घटना

हामीले पदयात्रा गरेकै अन्नपूर्ण पदमार्गमा पर्ने थोरङ्ला क्षेत्र र आसपासमा हुडहुडका कारण हिमआँधीमा परेर ३१ जनाको दुखद् निधन भयो। त्यतिबेला अहिलेजस्तो मौसम पूर्वानुमान त्यति मिल्दैनथ्यो।

घुर्नीदेवीलाई लागेन दशैँ

एक महिनादेखि गोठको बसाइँले आजित भइसकेको घुर्नीदेवी बताउँछिन्। उनलाई पुनः घर फर्केर नातिनातिनीसँग समय बिताउन, घरधन्दामा सघाइदिन मन छ। तर बुहारीको व्यवहार सम्झेर घर फर्किन नचाहेको उनको भनाइ छ।

रेडियो घन्काउँदै आउने लाहुरेले ल्याउँथे दशैँ

दशैँको बेला लाहुरे छुट्टीमा घर आउँदा रेडियो मात्र होइन, उनीहरूले नाडीमा बाँधेको घडी पनि आउँथ्यो। छुट्टी सकेका लाहुरेलाई फर्किने बेलाको बाटोखर्च तिनै रेडियो र घडीले जुटाइदिन्थे।