अटिस्टिक बालबालिकाले अभिभावकको योगदानको सम्मान स्वरूप सांस्कृतिक नाच, झाँकीलगायतका प्रस्तुति गरेका छन्।
नेवाः भोजका परिकारहरू खाजा सेटको रूपमा बजारीकृत भएसँगै यसको लोकप्रियता पनि फैलँदै छ। फास्टफुडको दुनियाँमा नेवाः खाजा स्वास्थ्य र स्वाद दुवै हिसाबले अब्बल भएको अध्येताहरूको ठम्याइ छ।
‘गन्धर्व समुदायमा बुढापाकाले आफ्ना सन्ततिलाई पेसा छोडे पनि घरको मूल धुरी खाँबोमा सारंगी राख्न भने नछोड्नु है भन्ने गरेका छन्।’
हरियो अकबरे प्रतिकिलो २५० रुपैयाँमा बारीबाटै बिक्री हुने गरेको छ। इलाम बजारसहित झापाको दमक र सुनसरीको इटहरीसम्मका व्यापारीले बारीमै आएर लैजाने गरेका छन्।
बजारको मागसँगै प्रशस्तमात्रामा घाँस र पानीको व्यवस्था भएकाले दूध उत्पादनलाई प्राथमिकता दिएको रविले बताए। दूध प्रतिलिटर ७० रुपैयाँमा बिक्री हुने गर्छ।
बेतबाँसका विभिन्न सामग्री बेचेर मासिक ७० हजार रुपैयाँ बराबरको कारोबार हुने गरेको, जसमध्ये ३५ देखि ४० प्रतिशत जति फाइदा हुने ललिताको भनाइ छ।
धमाधम शहरतिर बसाइँ सरेकाहरू चाडपर्वमा त फर्कन्छन् तर केही दिनमै गाउँ रित्तो भइहाल्छ। गाउँ छाडेकाहरू कतिन्जेल आइरहलान् सन्तबहादुरलाई थाहा छैन, उनी भने सिधानेमा होमस्टे कुरेर बसेका छन्।
चाडबाडका समयमा सबैभन्दा बढी नाङ्लोको माग हुन्छ। यहाँ बनाइएको नाङ्लो धरान विराटनगर इटहरीलगायत शहरमा बिक्री हुन्छ।
घरको भान्सा हुँदै ‘सेफ नेपाल’को आँगनसम्म याङ्बेनदेखि चेम्बिगिक चिनाइन् इङ्वा खापुङ सुब्बाले। अहिले घरेलु उत्पादन र घरेलु सिप लिएर इङ्वा हाजिर भएकी छन्– झम्सीखेल, सोलमा।
एक जनाले वार्षिक ३० लाखदेखि ५० लाख रुपैयाँसम्मका बिरुवा बिक्री गर्दै आएका छन्। उक्त बिक्रीबाट १० देखि १५ लाखसम्म आम्दानी हुने गरेको छ।
भोजपुर नगरपालिका–१२ टक्सारका दीपक श्रेष्ठले कुखरा, बंगुर र माछापालनसँगै केराखेती गरिरहेका छन्। कृषिलाई व्यवसायका रूपमा अँगाल्न गाउँका युवालाई सीप पनि सिकाउँदै आएका छन्।
कसैले एक्कासि बसपार्कमा छाडे पनि आत्तिनुपर्ने र हराइहाल्ने मेरो अवस्था थिएन दार्जीलिङमा। त्यहाँ बस्ने मानिसहरूको आहार, व्यवहार, बोलीचाली, फेसन सबैको आंशिक आकलन पनि पाइसकेको थिएँ।
च्याउ किनेर ल्याइसकेपछि त्यसलाई काटेर घाममा केहीबेर सुकाउने हो भने भिटामिन डी खासै नभएको च्याउ भिटामिन डीले भरिपूर्ण च्याउमा परिणत हुन्छ।
सिक्लेसको गुरुङ बस्ती, यस समुदायको संस्कार र अन्नपूर्ण संरक्षण क्षेत्रका धेरै विषयको जानकारी लिँदै कोरीको पैदलयात्रा तय गर्न सकिन्छ।
फार्मबाट उत्पादन हुने मलको सदुपयोग गर्ने लक्ष्यले बंगुरपालनसँगै फलफूलखेती पनि गरिरहेको राईले बताए। उनको फार्ममा अहिले ४१ वटा बंगुर छन्।
उत्पत्तिदेखि नै सिकार गर्दै आएको बिरालो अब मुसा नियन्त्रण गर्ने प्रयोजनका लागि मात्र सीमित छैन। पछिल्लो समय मानिसहरूका लागि बिरालो पाल्नु मनोरञ्जन र सोख दुवै भएको छ।
वर्षा लागेपछि पोखरा–२३ सिधानेसम्म गाडी जाँदैन, दुई घण्टा पैदल घाँटीछिना पुगेपछि त्यहाँबाट बसमा एक घण्टाको यात्राबाट पोखरा पुगिन्छ। वडा कार्यालय पुग्नै पनि तीन घण्टा पैदल हिँड्नुपर्छ।
बुद्धिराजले अनेकै गरे। व्यापारी भए, राजनीति गरे, सम्पदा पुनर्निर्माणमा होमिए। जता पनि नेतृत्व नै गरे। २०२७ सालमा ललितपुरका चर्चित वडाध्यक्ष उनी २०६१ सालमा मन्त्री भएयता राजनीतिबाट टाढिए।
चार सय वर्षअघि लद्दाखका राजाले बौद्ध स्तुप बनाउन झिकाएका नेपाली कालिगडहरू नेपाल फर्केर आएनन्, त्यहीँ बसे।
मान्छे देख्दा डरले भाग्ने आफूहरू अहिले बस्तीमा बस्ने र खेतीपाती गर्ने भएको सम्झिँदा सन्तमाया वनकरिया छक्क पर्छिन्।