एआईले दु:खमा हौसला र उपलब्धिमा स्याबासी दिन्छ। कुरा सुनिदिन्छ र जवाफ फर्काउँछ। कतिपयले त एआईलाई मनोपरामर्शदाता नै बनाएका छन्। तर यसका जोखिमबारे पनि जानकारी राख्नुपर्ने विज्ञ बताउँछन्।
गजब त के भने, विशिष्ट पाहुना राजकुमार एडवार्डसहितले सबै अतिथिले आफू सामु आएको खान्की चाटीचुटी खाएका थिए। बेलायती राजदूतले त खुशी भएर ‘लास्टै मीठो छ’ भनेका थिए, रौसिएर।
बागलुङ नगरपालिका–१० भकुन्डेमा बस्दै आएका उनको नाम, ठेगाना र आफन्त खुल्न सकेको छैन। स्थानीयले ‘घान्द्रुके बाजे’ भनेर बोलाउने गरेका छन्। सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुपरेको छ।
अघिल्लो युवक र पछिल्लो युवतीमार्फत पस्किएको हरफ आनकातान फरक छ। युवतीले मायालाई आँखाको नानी र उज्यालो ल्याउने बिहानीसँग दाँजेकी छिन्।
नगरपालिकाले आयोजना गरेको लघुउद्यम कार्यक्रममा सहभागी भएर दुनाटपरी बनाउने सीप सिकेका उनले नौ महिना पहिला उद्योग शुरू गरेका थिए।
चन्द्रनगर–५, मोहनपुरका विकिन्द्र सिंह विगत १५ वर्षदेखि एउटा खुट्टाको सहारामा साइकलमा पाउरोटी बेच्दै आएका छन्। करिब ५०/६० किलोग्राम पाउरोटी राखेर हरेक दिन गाउँका पसल तथा घरघरसम्म पुर्याउँछन्।
शहरी क्षेत्रमा कम्तीमा ५ प्रतिशत खुला ठाउँ हुनुपर्ने सरकारकै नीति छ, तर काठमाडौँ उपत्यकामा १ प्रतिशत पनि खुला स्थान छैन। भएका सार्वजनिक जग्गामा पनि सरकारकै ‘कब्जा’ छ।
बाँसखर्कका २३९ मध्ये २०० घरपरिवारले सुन्तला खेती गरेका छन्। एउटा परिवारले वार्षिक कम्तीमा ५ लाख रुपैयाँको सुन्तला बेच्छन्।
महोत्सवमा अधिकांश अवलोकनकर्ताको रोजाइ अर्ग्यानिक खाद्यवस्तु देखिएको छ।
विश्रामपुर गाउँपालिका–५ मा आयोजना हुन लागेको श्री श्री १००८ महाशिवरात्री महामहोत्सव महायज्ञमा पण्डित नेतृत्वको टोलीले एक हजार ११ वटा मूर्ति बनाउने जिम्मेवारी पाएको छ।
बर्सेनि मस्तिष्कघातका झन्डै ८०० बिरामीको मृत्यु हुने गरेको छ। यो तथ्यांक अस्पतालमा भर्ना हुन आएकाहरूको हो। अस्पताल आइनपुग्ने वा मस्तिष्कघातबारे थाहा नपाएर उपचारमै नआउनेको संख्या पनि ठूलो छ।
झापाका १५ वटै स्थानीय तहमा करिब २३ हजार ९८८ जना अपांगता भएका व्यक्ति छन्। अपांगता भएकाले उत्पादन गरेका वस्तुले बजार पाउन निकै प्रतिस्पर्धा गर्नुपर्ने समस्या छ।
बसवरिया गाउँपालिका–३ नाकैमा मुसहर माझी बस्ती छ। उक्त बस्तीमा झण्डै ४५ परिवार मुसहर खरको झुपडीमा जसोतसो जीवन धानिरहेका छन्।
एनपीएल अक्सनअघि नरेन क्रिकेट छाड्ने सोचमा पुगिसकेका थिए। आफन्त र परिवारले ‘अब खेलेर केही हुँदैन’ भन्न थालेका थिए। उनी आफै पनि कोरिया जान सुटुक्क कोरियन भाषा सिकिरहेका थिए।
आफूले भेडीगोठ धाने पनि नयाँ पुस्ताले भेडीगोठप्रति बेवास्ता गर्दा भेडीगोठ लोप हुन लागेको ५२ वर्षीय दुरजङ गुरुङको भनाइ छ। नयाँ पुस्तालाई प्रोत्साहन गर्दै भेडीगोठ जोगाउनुपर्नेमा उनको जोड छ।
गाउँमा गाईभैँसी पाल्नेहरू घट्दै गएको, प्लास्टिकका ठेकी तथा विद्युतीय मदानीको प्रयोग गर्ने प्रचलनले काठको ठेकी र मदानी बनाउने सीप र पेसा संकटमा पर्न थालेको छ।
नगरप्रहरी यहाँ पनि छन्, तर तिनीहरू सडकमा सामान बेचेर जीविका चलाउनेविरूद्ध जाइलागेका छैनन्। मासु पोल्नेहरूलाई लछारपछार पार्दैनन्। सानो ठेलामा फलफूल बेच्नेहरूलाई लखेट्दैनन्।
विदेशको भोगाइपछि आफ्नो ठाउँमा उद्यमशील बन्ने सोचका साथ व्यवसायमा जोडिएको युवाहरू बताउँछन्।
लालबन्दी नगरपालिका–९ का ४२ वर्षीय विनोदले चिया बेचेरै नाम र दाम कमाएका छन्। उनको चिया पसल लालबन्दीमा ‘भान्जाको चिया पसल’ नामले परिचित छ।
विद्यार्थीले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यालयको कौसीमा विभिन्न प्रकारका तरकारी फलाएका हुन्। यी तरकारीमध्ये केही उनीहरूले आफैँ पनि पकाउँछन् भने केही बिक्री पनि गर्छन्।