दिक्तेल रुपाकोट मझुवागढी–१३ की विरस तामाङले मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा २०५४ सालदेखि चिया पसल सञ्चालन गरिरहेकी छन्।
सिरहाको डण्डास्थित मुसहर बस्तीमा बब्लु मात्रै यस्ता पात्र थिए, जो पहिलो एसएलसी उत्तीर्ण भए। तर उनी पनि भारत भासिए। अब दिनाभद्री पुस्तकालयमा पढ्न हौस्याउने कसले!
भोटियाटोलमा १९ दलित परिवार छन्। उनीहरू मिलेर ‘हिमालय महिला बचत समूह’ निर्माण गरी बचतसमेत गर्दै आएका छन्। कोषमा जम्मा १ लाख ५० हजार रुपैयाँ बचत भइसकेको छ।
पुछिघाटका अधिकांश मानिसको खेतबारी सिन्धुलीको सुनाकोशी गाउँपालिकास्थित चैनपुरमा भएकाले यिनै डुंगाबाटै आउजाउ गरेर कृषिकार्य हुने गरेको छ।
सुनसरीको इनरुवा–२ का रवीन्द्र यादवले स्थानीय तथा ग्रामीण क्षेत्रका किसानबाट दूध संकलन गरी बिक्री गर्नुका साथै बचेको दूधबाट दही, पनिर र खुवासमेत बनाउने गरेका छन्।
लिम्बु समुदायको बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ। चुरोट, बिडी, खैनी र मदिराको सेवन पनि निषेध छ।
केही वर्ष अघिसम्म घर–घरमा नभई नहुने मैनबत्ती लोडसेडिङ हटेसँगै हराउन थाल्यो। अहिले सामान्य मैनबत्तीको बिक्री ठप्पप्रायः छ, त्यसको ठाउँ बजारमा सुगन्धित क्यान्डलले लिँदै छन्।
बास्कुना, सुर्केमेला र थामडाडाका ४० घरधुरीले आठ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरेका छन्। लटरम्म फलेका सुन्तलाले गाउँ नै रंगिएको छ।
सर्लाहीको उत्तरी क्षेत्रमा उत्पादित हरियो तरकारी देशका मुख्य बजारसम्म पुग्ने गरेको छ। यहाँका किसानले अन्य तरकारीसँगै टमाटर खेतीबाट मनग्य आम्दानी लिने गरेका छन्।
जीवनमा अभाव, संकट, कठिनाइ सबै कुरा रहे। तर पछुतो कहिल्यै रहेन। शिक्षकका रूपमा पनि अथवा लेखककै रूपमा पनि— सधैँ सन्तोषमा रहेँ।
किंवदन्तीअनुसार पनौतीबाट शुरू भएको योमरीले ‘स्टेपल फास्ट’को रूप लिइरहेको छ। बिहानको ब्रेकफास्टदेखि दिउँसोका खाजामा समेत उपयुक्त हुने योमरी नेवारी खाना पारखीको रोजाइमा पर्छ।
आमा शक्ति महिला लघुउद्यमी समूहले सामान बेचेको नाफासमेत लगानी गरेर अहिले आठ लाख रुपैयाँ बराबरको पुँजी विस्तार गरेको छ।
कुनै बेला प्रतिकिलो ६०० रुपैयाँभन्दा माथि कारोबार भएको किवी हाल बिक्नसमेत समस्या भइरहेको किसानहरूको भनाइ छ। उनीहरूले किवीका बोट उखेलेर अलैँची लगाउने तयारी गरेका छन्।
विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्र हुने भएकाले स्वदेशमा स्वरोजगार बन्न कृषि पेसातर्फ आकर्षित भएको कृषक खेमराज जोशीको भनाइ छ।
फेवातालमा माछा मारेर जीविकोपार्जन गर्दै आउने करिब १०० घरधुरी जलारी समुदाय छन्। पोखरा महानगरले जलारीलाई माछा मार्न अनुमतिपत्र प्रदान गरेको छ।
नेपालमा सर्पदंश उपचार केन्द्र १०५ वटा छन्, तर जनचेतना अभाव र समयमै अस्पताल पुर्याउन नसक्दा धेरैले ज्यान गुमाउँछन्। अन्धविश्वासका कारण पनि सर्पदंशपछि कतिपयको मृत्यु हुने गरेको छ।
वालिङ नगरपालिका–६ लालुपातेका रेसम रेग्मीले अघिल्लो कात्तिकदेखि गत कात्तिकसम्ममा सागसब्जी बिक्रीबाट २० लाख र बेर्ना बिक्रीबाट ६ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।
प्रताप राना जिल्लामा उत्कृष्ट कृषकका रूपमा सम्मानितसमेत भइसकेका छन्। शुरूआतमा पाँच बिघा जग्गामा केराखेती गरेका उनले हाल १७ बिघामा विस्तार गरेका छन्।
तरकारी बेच्न वरपर ठूलो बजार छैन। डौंसुर, बिन्द्रासैनी, जम्बुकाँधलगायत स्थानीय बजारका खुद्रा पसलमा डोकोमा तरकारी बोकेर पुर्याउँछन्।
गाँजा, अल्लोजस्ता रेसादार वनस्पतिबाट उत्पादित झोला, जुत्ता, कोटजस्ता सामग्री विदेशीले मात्र किन्थे। तर नेपालीले पनि प्रयोग गर्न थालेपछि दौरासुरुवाल, टिसर्ट, ट्राउजरलगायत सामग्री पनि उत्पादन हुन्छन्।