AnonymousUser

Logout

मान्छेको माया यहाँ...

अघिल्लो युवक र पछिल्लो युवतीमार्फत पस्किएको हरफ आनकातान फरक छ। युवतीले मायालाई आँखाको नानी र उज्यालो ल्याउने बिहानीसँग दाँजेकी छिन्।

दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी

नगरपालिकाले आयोजना गरेको लघुउद्यम कार्यक्रममा सहभागी भएर दुनाटपरी बनाउने सीप सिकेका उनले नौ महिना पहिला उद्योग शुरू गरेका थिए। 

एउटै खुट्टाले दैनिक २० किमी साइकल चलाएर परिवारको गर्जो टारिरहेका विकिन्द्र

चन्द्रनगर–५, मोहनपुरका विकिन्द्र सिंह विगत १५ वर्षदेखि एउटा खुट्टाको सहारामा साइकलमा पाउरोटी बेच्दै आएका छन्। करिब ५०/६० किलोग्राम पाउरोटी राखेर हरेक दिन गाउँका पसल तथा घरघरसम्म पुर्‍याउँछन्।

काठमाडौँका पार्कमा शुल्क, खुला जग्गामा सरकारको ‘आँखा’

शहरी क्षेत्रमा कम्तीमा ५ प्रतिशत खुला ठाउँ हुनुपर्ने सरकारकै नीति छ, तर काठमाडौँ उपत्यकामा १ प्रतिशत पनि खुला स्थान छैन। भएका सार्वजनिक जग्गामा पनि सरकारकै ‘कब्जा’ छ।

जगतबहादुरको लोभलाग्दो कृषिकर्म: एकै वर्षमा बेच्छन् ४५ लाखको सुन्तला

बाँसखर्कका २३९ मध्ये २०० घरपरिवारले सुन्तला खेती गरेका छन्। एउटा परिवारले वार्षिक कम्तीमा ५ लाख रुपैयाँको सुन्तला बेच्छन्। 

महोत्सव अवलोकनकर्ताको रोजाइमा पर्‍यो अर्ग्यानिक खाद्यवस्तु

महोत्सवमा अधिकांश अवलोकनकर्ताको रोजाइ अर्ग्यानिक खाद्यवस्तु देखिएको छ।

बलिराम पण्डित: जसले महायज्ञका लागि बनाउँदै छन् १ हजार ११ थान मूर्ति

विश्रामपुर गाउँपालिका–५ मा आयोजना हुन लागेको श्री श्री १००८ महाशिवरात्री महामहोत्सव महायज्ञमा पण्डित नेतृत्वको टोलीले एक हजार ११ वटा मूर्ति बनाउने जिम्मेवारी पाएको छ। 

मस्तिष्कघातका बिरामीलाई अस्पताल पुर्‍याउनै मुस्किल

बर्सेनि मस्तिष्कघातका झन्डै ८०० बिरामीको मृत्यु हुने गरेको छ। यो तथ्यांक अस्पतालमा भर्ना हुन आएकाहरूको हो। अस्पताल आइनपुग्ने वा मस्तिष्कघातबारे थाहा नपाएर उपचारमै नआउनेको संख्या पनि ठूलो छ।

स्वरोजगार बन्दै शारीरिक अपांगता भएकाहरू

झापाका १५ वटै स्थानीय तहमा करिब २३ हजार ९८८ जना अपांगता भएका व्यक्ति छन्। अपांगता भएकाले उत्पादन गरेका वस्तुले बजार पाउन निकै प्रतिस्पर्धा गर्नुपर्ने समस्या छ।

शीतलहरबाट दलित मुसहर परिवार समस्यामा

बसवरिया गाउँपालिका–३ नाकैमा मुसहर माझी बस्ती छ। उक्त बस्तीमा झण्डै ४५ परिवार मुसहर खरको झुपडीमा जसोतसो जीवन धानिरहेका छन्।

कापीमा लक्ष्य लेखेर मैदान उत्रिने क्रिकेटर नरेन

एनपीएल अक्सनअघि नरेन क्रिकेट छाड्ने सोचमा पुगिसकेका थिए। आफन्त र परिवारले ‘अब खेलेर केही हुँदैन’ भन्न थालेका थिए। उनी आफै पनि कोरिया जान सुटुक्क कोरियन भाषा सिकिरहेका थिए।

२४ वर्षदेखि भेडाबाख्रासँग रमाइरहेका दुरजङ

आफूले भेडीगोठ धाने पनि नयाँ पुस्ताले भेडीगोठप्रति बेवास्ता गर्दा भेडीगोठ लोप हुन लागेको ५२ वर्षीय दुरजङ गुरुङको भनाइ छ। नयाँ पुस्तालाई प्रोत्साहन गर्दै भेडीगोठ जोगाउनुपर्नेमा उनको जोड छ।

म्याग्दीमा बिक्न छाडे काठका ठेकी र मदानी

गाउँमा गाईभैँसी पाल्नेहरू घट्दै गएको, प्लास्टिकका ठेकी तथा विद्युतीय मदानीको प्रयोग गर्ने प्रचलनले काठको ठेकी र मदानी बनाउने सीप र पेसा संकटमा पर्न थालेको छ।

वर्ल्ड क्वार्टरमा काठमाडौँको सम्झना

नगरप्रहरी यहाँ पनि छन्, तर तिनीहरू सडकमा सामान बेचेर जीविका चलाउनेविरूद्ध जाइलागेका छैनन्। मासु पोल्नेहरूलाई लछारपछार पार्दैनन्। सानो ठेलामा फलफूल बेच्नेहरूलाई लखेट्दैनन्।

विदेशबाट फर्किएर कृषि पेसामा जोडिँदै भोजपुरका युवा

विदेशको भोगाइपछि आफ्नो ठाउँमा उद्यमशील बन्ने सोचका साथ व्यवसायमा जोडिएको युवाहरू बताउँछन्।

चिया बेचेर मासिक १ लाख कमाइरहेका विनोद

लालबन्दी नगरपालिका–९ का ४२ वर्षीय विनोदले चिया बेचेरै नाम र दाम कमाएका छन्। उनको चिया पसल लालबन्दीमा ‘भान्जाको चिया पसल’ नामले परिचित छ।

दिवा खाजाका लागि विद्यालयको कौसीमा तरकारीखेती

विद्यार्थीले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यालयको कौसीमा विभिन्न प्रकारका तरकारी फलाएका हुन्। यी तरकारीमध्ये केही उनीहरूले आफैँ पनि पकाउँछन् भने केही बिक्री पनि गर्छन्। 

भरियाले धानेको खुम्बु क्षेत्रको ढुवानी 

बढ्दो महँगी र घट्दो आम्दानीले आकाश कुलुङजस्ता धेरै युवाको गुजारा कठिन अवस्थामा धकेलेको छ। तर यही आम्दानीलाई मुख्य स्रोत मान्दै भारी बोक्नुपर्ने बाध्यता यहाँका युवामा छ। 

चुकन्दरबाट चिनी– हिमाली/पहाडी क्षेत्रमा बन्न सक्छ कमाइको विकल्प

नेपालको वर्तमान उत्पादन अवस्थाको विश्लेषण गर्दा २० रोपनी जमिनमा ३० देखि ५० टन ताजा चुकन्दर उत्पादन गर्न सकिन्छ। यसबाट सरदर ४६ देखि ७५ क्विन्टल चिनी उत्पादन सम्भव छ।

परेवासँग नजिकिँदा रोगको जोखिम, ज्यानै लिन सक्छ फोक्सोको संक्रमणले

परेवा मानिसको आसपास बस्न रुचाउँछ। घरमा पालिने यो चरो धार्मिकस्थलमा पनि छाडिन्छ। तर परेवा पाल्ने, खुवाउने र मल व्यवस्थापन गर्ने मात्र नभई संसर्गमा पुग्नेलाई पनि फोक्सो संक्रमणलगायत रोगको जोखिम हुन्छ।