AnonymousUser

Logout

हिंसा पीडितदेखि सफलतासम्मः सहकारीले बदलेको लिबाङका महिलाको जीवन

दिनभरि घरको काम। राति नसुतेर मासु काट्नुपर्थ्यो। अनि डोकामा हालेर बेच्न हिँड्थे। मासु बिक्रीले फाइदा दिएपछि उनीहरूले सहकारी खोल्ने योजना बनाए। यसरी खोलिएको सहकारीले कसरी फेरियो महिलाको जीवन?

एचआईभी संक्रमित बालबालिकालाई उज्यालो दिइरहेको विद्यालय

सफलता एचआईभी शिक्षा सदन विश्वको पहिलो पहिचानसहितको एचआईभी विद्यालय हो। लन्डनस्थित ‘वर्ल्ड बुक अफ रेकर्ड्स’को सर्वेक्षणका आधारमा एचआईभी पहिचानसहितको पहिलो विद्यालय प्रमाणित भएको हो।

मकै छोडेर कफीखेतीमा महाभारतका किसान

कफी खेतीलाई प्रोत्साहन गर्न पालिकाले ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० को नोट’ अभियान नै चलाएको छ।

श्रीलंकामा सात दिन

लिटिल आदम पिकबाट पनि हामीले सूर्यास्त हेर्न पाएनौँ। कतिपयले भनेकै रहेछन्– ‘श्रीलंकाबाट सूर्यास्त राम्रो देखिन्छ तर बादलबाट प्रभावित नभएको सूर्यास्त भेट्न गाह्रो हुन्छ।’

नर्सरी व्यवसायबाट जीविकोपार्जन गरिरहेका सुरेश

धनगढी–३ बोराडाँडीका सुरेश विश्वकर्माले वार्षिक १ लाख ५० हजार रुपैयाँ तिर्ने गरी जमिन भाडामा लिएर नर्सरी व्यवसाय गर्दै आएका छन्। हालसम्म ५० लाख रुपैयाँ लगानी भएको छ।

हात्तीका पछि दौडिने शंकर

हात्तीको पछि दौडिँदा दौडिँदै शंकरले धेरै हात्तीलाई त चिन्न थालेका छन्। कतिपयको नामकरण नै गरिदिएका छन्। उनका अनुसार झापामा अहिले रैथाने हात्ती २५ वटा जति छन्।

वनको खाली जग्गामा खेती गरेर आम्दानी गर्दै मकवानपुरका महिला

पुनः ठूला रूख रोप्न नसकिने सामुदायिक वनका ती जग्गामा अदुवा, बेसार र जडीबुटीखेती गरिएको छ। आफ्नै बारी नभएका विपन्न महिलाले यही खाली जग्गाको उपयोग गरिरहेका हुन्।

होलीको सेतो पहिरनले छपक्कै बजार

बजारमा होलीका लागि बेच्न राखिएका सेतो रङका थरीथरीका टिसर्ट र कुर्ताहरू प्रशस्तै भेटिन्छन्। होलीका बेला यस्ता कपडा किन्नेको चहलपहल पसलहरूमा बाक्लो हुन्छ।

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

करिब २० लाख रुपैयाँ लगानीमा सञ्चालन गरिएको पोखरेलको मट्का चियाको ‘चेन’ पनि विस्तार हुँदैछ। छिट्टै कतार र काठमाडौँका विभिन्न स्थानमा शाखा विस्तार गर्ने योजना उनले सुनाए।

ऊनबाट आम्दानी खोजिरहेका गृहणी

गाउँमा खस्रो कपडा भनेर प्रयोगमा आउन छाडेको ऊनका कपडा अहिले विदेशमा पुग्ने गरेको छ। भेडाको ऊनबाट बन्ने काम्लो, बख्खु, घुमलगायत कपडाले घामपानी छेक्ने, वर्षौं टिक्ने र न्यानो हुने स्थानीय बताउँछन्।

जसलाई महिला दिवसले छोएन 

पाल्पामा सयौँ श्रमिक दैनिक ज्याला–मजदुरी गर्दै आएका छन्। शनिबार विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा मजदुरी गर्ने अधिकांश महिलाले यसबारे थाहा पाएनन्। 

बीमादेखि विमानसम्म सम्हालिरहेका महिला

सुरक्षा, कर्पोरेट, प्राज्ञिक, उड्डयन, कलाका साथै विभिन्न निकायका प्रमुख तथा बौद्धिक वृत्तमा पुरुष अनुहार नै बढी देखिन्छ। तर पछिल्लो समय महिलाहरू पनि यी क्षेत्रको नेतृत्व कुशलतापूर्वक सम्हालिरहेका छन्।

२७ वर्षदेखि चिया बेचिरहेकी ‘गंगा आमा’

गंगाले छिमेकीसँग १ हजार ७०० रुपैयाँ ऋण लिएर वसन्तपुरको निस्थानन्द गल्लीस्थित एक घरको भर्‍याङमुनि सानो चिया पसल थालेकी थिइन्। एक वर्षको मिहिनेतपछि बल्ल स्वादिलो चिया बनाउन सिकेको उनी बताउँछिन्।

कडा लक्षणको मौसमी ‘फ्लु’ देखिँदै

मौसमी ‘फ्लु’का कारण जटिलता निम्तिएको खण्डमा निमोनिया, मुटुको चालमा गडबडी, रगतमा संक्रमणसमेत हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने चिकित्सकको सुझाव छ।

विदेशमा कमाएको भन्दा फूलखेतीबाट धेरै आम्दानी

रोजगारीका सिलसिलामा सात वर्ष कतारमा बिताएका घोराहीका लोकेन्द्र रोकामगरले दशैँ, तिहारलगायत पर्वका साथै विभिन्न कार्यमा फूलको माग देखेपछि यसको खेती गर्न थालेको बताएका छन्।

स्वास्थ्य सेवामा तल्लीन मिरा

‘चाडपर्व त सबैलाई आउँछ। त्यसो भन्दैमा हामी स्वास्थ्यकर्मीले कहाँ छुट पाइन्छ र। कोही बिरामी समस्यामा नपरोस् भनेर एक्लै भए पनि बसेर सेवा दिन्थेँ।’

कोरोनाकालमा शुरू गरेको स्ट्रबेरीखेतीबाट वार्षिक ३० लाख आम्दानी

कोरोनाकालमा हरेक क्षेत्रका व्यक्तिले रोजीरोटी गुमाइरहेका बेला निकालेको ‘जुक्ति’ले मुक्ति विष्ट अहिले स्ट्रबेरीको स्थापित व्यवसायी बनेका छन्।

विश्वकप उपविजेता टोलीका कप्तान हेमराजः जसले खो खो खेल्न कबड्डी छाडे

हेमराजले २०६९ सालको राष्ट्रिय कबड्डी  प्रतियोगितामा सुदूरपश्चिमबाट खेलेर कास्य पदक जितेका थिए। तर २०७२ सालमा उनी खो खोको राष्ट्रिय टोलीमा पुगेपछि कबड्डी खेल त्यागिदिए।

ज्यालामा विभेद भोगेपछि ठेकेदार बनेकी पार्वती

घर तथा विभिन्न संरचना निर्माणमा पुरुषसरह मजदुरी गर्दा पनि महिला भएकाले ज्याला कम पाउन थालेपछि पार्वतीले आफै निर्माणको ठेक्का लिने योजनासहित मिस्त्रीको काम सिकिन्।

अरूलाई संसार देखाइरहेका दृष्टिविहीन डा. गोविन्द

त्रिवि प्रशासनमा कार्यालय सहयोगीका लागि आवेदन दिन गोविन्द स्नातकोत्तरका प्रमाणपत्र बोकेर गएका थिए। आवेदन त दिन पाएनन्, अर्को वर्ष त्रिवि अन्तर्गतकै क्याम्पसमा पढाउने अवसर पाए।