AnonymousUser

Logout

फार्मर मार्केट : स्थानीय उत्पादनको किनमेलसँगै भेटघाटको जङ्क्सन

हरेक उमेर समूहका नेपाली तथा विदेशी नागरिक चिया–कफी, भेटघाट, पारिवारिक समय र नयाँ स्वादको खोजीमा ‘फार्मर मार्केट’ आउने गरेका छन्। तर यस्ता मार्केटमा सामानको मूल्य केही महँगो हुने उनीहरूको गुनासो छ।

जेष्ठ नागरिक महिलाले भोगेको परिवर्तनः व्यवस्था फेरिँदै गए, समस्या थाती रहे

नातिनीहरूले पढेको देखेर आफूले पढ्न नपाएको पीडा भुलेका जेष्ठ नागरिक गणतन्त्रपछि भएको सशक्तीकरणबाट सन्तुष्ट छन्। तर जातीय विभेद, सम्पत्तिमा समान हकजस्ता अधिकार अझै नपाएको गुनासो छ।

कडा श्रम, न्यून ज्याला [तस्वीरहरू]

न्यून ज्यालामा दैनिक मजदुरी गर्ने उनीहरूलाई सरकारको सामाजिक सुरक्षा कोष जस्ता कल्याणकारी कोषले समेट्न सकेका छैनन्।

कुटानी–पिसानी मिलबाट जीविकोपार्जन गर्दै चित्रबहादुर

सीमा क्षेत्र नजिकै भएकाले मिलमा कुटानी–पिसानीका लागि भारतीय गाउँ टाटरगञ्जका नागरिक पनि आउने गरेका छन्। नेपाली र भारतीयको गरी दैनिक १० क्विन्टल गल्ला कुटानी–पिसानीको हुने गरेको छ।

पारलम्पिकमा भरतको यात्रा: अपिदेखि पेरिससम्म

भरतले कहिले झगडा गरेर हिँडे, कहिले ‘डन’ बन्ने सपना देखे। अब फेरिइसकेका उनी अन्तर्राष्ट्रिय रंगशालामा देशको झण्डा बोकेर उभिन सफल भएका छन्। एउटा हात नहुनु कमजोरी होइन, देशका लागि गर्वको विषय बनेको छ।

नेपालमा ‘इन्डोर प्लान्ट’: कसरी शुरू भयो, किन राख्ने?

घरमा मात्र नभई, कार्यालय, रेस्टुरेन्ट, होटल, रिसोर्टलगायत स्थानमा इन्डोर प्लान्टहरू देख्न सकिन्छ। नेपालमा यो चलन शुरू भएको लामो समय भएको छैन। घरभित्र किन राखिन्छ वनस्पति?

मौसमी फल किम्बु खाऊँ

विश्व खाद्य तथा कृषि संगठनले किम्बुलाई एशियाली मुलुकहरूको आर्थिक रूपान्तरणमा भूमिका खेल्न सक्ने बिरुवाका रूपमा परिभाषित गरेको छ। सहजै उपलब्ध यो वनस्पति/फल स्वास्थ्य र आर्थिक दुवै दृष्टिले लाभदायक छ।

अनुदानको आस नगरी व्यावसायिक तरकारीखेतीमा तल्लीन मीना

जब मीनाले तरकारीखेती गरेर आम्दानी लिन थालिन्, त्यसपछि अरूले उनकै सिको गर्न थाले। महिलाहरूले पनि केही न केही पेसा/व्यवसाय गरे श्रीमान‍्को कमाइमा निर्भर हुनु नपर्ने उनी बताउँछिन्।

वृद्धाश्रममा परिवारको खुसी खोजिरहेका अनुहारहरू

आधुनिक जीवनशैली अपनाउने नाममा परिवारबाट छुट्टिएर बस्ने चलन बढेसँगै पछिल्लो समय वृद्धवृद्धाहरू घरविहीन हुनुपर्ने स्थिति बन्दै गएको पनि पाइन्छ।

कावासोतीका मीनबहादुर महतोको लोभलाग्दो मेवाखेती

मेवा मुख्यगरी वीरगन्जमा खपत हुने गरेको छ। वीरगन्जका व्यापारीले आफूले उत्पादन गरेको मेवा सबैजसो खरिद गरेर लैजाने गरेको महतोले सुनाए।

प्रविधि प्रभावः युवा पुस्ताको जात्रा लाइभ...

पत्रिकाको पहिलो पृष्ठमा छापिने एउटा फोटो र टीभीको छोटो ‘टाइम स्लट’बाट जात्राले मिडियाको ‘फराकिलो सडक’को यात्रा गरिरहेको छ, अहिले फेसबुक पेज र युट्युबका लागि गतिलो कन्टेन्ट बनेको छ।

मस्तिष्कघातको निःशुल्क औषधिः सेवा शुरू, प्रादेशिक अस्पतालमा कहिले पुग्छ?

सरकारले निःशुल्क दिने घोषणा गरेको मस्तिष्कघातको औषधि सिफारिस गर्न न्युरोलोजिस्टलाई मात्र दक्ष मानिन्छ। त्यसैले यो सेवा केही अस्पतालमा सीमित हुँदा प्रभावकारितामा मन्त्रालयकै अधिकारी शंका गर्छन्।

बूढापाकाले मात्र धानेको घुम्तीगोठको परम्परा

पाखो र बुकीका पाटनमा भकारी र त्रिपालको अस्थायी टहरा हालेर बनाइने घुम्तीगोठमा पशुपालन गर्नेले वनजंगल, लेक–बेँसीका उकाली ओरालीको दुःख र वर्षा, हिमपात, हुरीबताससँगको चुनौती सामाना गर्नुपर्ने बाध्यता छ।

पर्यटनमा डिजिटल सीपसहित महिलाको सशक्त सहभागितामा जोड

सरोकारवालाले पर्यटन क्षेत्रमा डिजिटल सीप, वित्तीय पहुँच र संस्थागत समर्थनसहित महिलाको सशक्त सहभागिता आवश्यक रहेको धारणा राखेका छन्।

भृकुटीमण्डपमा परम्परागत, रैथानेसँगै आधुनिक परिकारको प्रदर्शनी

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी नेपालका महासचिव गिरीराज भट्ट यो महोत्सव परिकारहरूको प्रदर्शनी मात्र नभई नेपाली सेफहरूको पहिचान, प्रतिभा, मिहिनेत र सिर्जनशीलताको सजीव दस्ताबेज रहेको बताउँछन्।

यात्रा अस्ट्रेलियाको, कथा कृत्रिम-खोला निर्माणको! 

नबहकियोस् र खेत नकाटोस् भनी हाम्रा पुर्खाले भक्तपुर खासांखुसीका दुवै किनारमा बैंस रोपेको पनि ख्याल भयो, जसका कारण  नदी भड्किन पाएको थिएन।

पारा ओलम्पियन भरतको यात्रा: एक हातले लेखिएको सपना

कहिले झैझगडामा रमाउने त कहिले ‘डन’ बन्ने सपना देख्ने भरत अहिले अन्तर्राष्ट्रिय रंगशालामा देशको झन्डा बोकेर उभिन सफल भएका छन्। एक हात नहुनु उनको कमजोरी होइन, देशका लागि गर्वको विषय बनेको छ।

उद्यमले चिनाएका महिलाः मिथिला चित्रकला, अल्लो र ढाका कपडा फैलाउनेहरू

कुनै समय घरभान्सामा बिताउने वा परिवार चलाउन तरकारी पसल गर्ने महिला आज उद्यमी भएका छन्। बाध्यतामा सरकारी जागिर छाडेका पनि उद्यमकै कारण चिनिएका छन्। उकालोले खोजेका त्यस्ता तीन महिलाको कथाः

आलुको काम, आलुमै पीएचडी

झापा फर्किएर कृषि क्षेत्रमा काम गर्ने र आलुमा पीएचडी गर्ने बताउँदा नमज्जा मानेका प्रशोधनका बुबा अहिले छोराको मिहिनेत देखेर सन्तुष्ट छन्। छोराको पीएचडीको विषयलाई राम्रो मानेका छन्।

दशगजाको ४५ बिघामा तरकारी खेतीः जंगे पिल्लरको रक्षा, स्थानीयलाई रोजगारी

‘आलुको बोटलाई टमाटर भन्ने मान्छेहरू विचौलिया भएका छन्। उनीहरूले नै तरकारीको मूल्य तोकिरहेका छन्। जसका कारण किसानले उत्पादनमा घाटा खाइरहनुपरेको छ।’