प्रताप राना जिल्लामा उत्कृष्ट कृषकका रूपमा सम्मानितसमेत भइसकेका छन्। शुरूआतमा पाँच बिघा जग्गामा केराखेती गरेका उनले हाल १७ बिघामा विस्तार गरेका छन्।
तरकारी बेच्न वरपर ठूलो बजार छैन। डौंसुर, बिन्द्रासैनी, जम्बुकाँधलगायत स्थानीय बजारका खुद्रा पसलमा डोकोमा तरकारी बोकेर पुर्याउँछन्।
गाँजा, अल्लोजस्ता रेसादार वनस्पतिबाट उत्पादित झोला, जुत्ता, कोटजस्ता सामग्री विदेशीले मात्र किन्थे। तर नेपालीले पनि प्रयोग गर्न थालेपछि दौरासुरुवाल, टिसर्ट, ट्राउजरलगायत सामग्री पनि उत्पादन हुन्छन्।
शहरी क्षेत्रमा चियादानी, चियावाला, मट्का चिया, चियाघर, दाह्री भाइको चियालगायत विभिन्न नामका पसल खुलेका छन्। चिया मात्रै बेच्ने गरी खुलेका यस्ता पसल चिया पारखीका लागि भेटघाटको केन्द्र बनिरहेका छन्।
काठमाडौँका नेवारी मिठाई पसलमा चाडपर्वका बेला भिडभाड हुन्छ। अरू बेला पनि बिहान तथा दिउँसो हलुवा, स्वारी र मालपुवा खान ग्राहक पुगेकै हुन्छन्। यी पसलमा कस्ता मिठाई बन्छन्?
बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले एक बिघा जमिनमा भुइँकटहरको खेती गरेका छन्। नेपाल प्रहरीबाट सेवा निवृत्त उनी विदेश जाने सोच त्यागेर गाउँमै कृषिमा सक्रिय भएका हुन्।
महिनौँसम्म एक्लै जंगलमा बस्ने गोठालाको साथी बनेका कुकुरले चितुवा, ब्वाँसो, भालु, स्याललगायत जंगली जनावरको आक्रमणबाट बचाएर भेडाबाख्राको सुरक्षा गर्छन्।
विवेकले बेमौसमी खेतीलाई प्राथमिकता दिएर सागसब्जी लगाउने गरेका छन्। ६ रोपनीमा गरेको खेतीबाट वार्षिक ६ लाख रुपैयाँ बराबर आम्दानी गरिरहेका छन्।
रासायनिक मलको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने, माटो बिग्रिने र सागसब्जीमा पनि रोग निम्तिने जानकारी पाएपछि जैविक खेतीमा लागेको किसानले बताएका छन्।
मखमली फूलको माला बनाएर बेच्ने गरिएको भए पनि सयपत्री फूल मालाका साथै गुच्छा र खुला रूपमा पनि बेच्ने गरिन्छ।
घर लिपपोत र रङरोगन गरिँदा टोलभरिका महिलाबीच आपसी सल्लाह हुन्छ। उनीहरू पालैपालो एकअर्काको घर लिपपोतमा सरिक हुन्छन्।
बहुमूल्य जडीबुटीको प्रचुर सम्भावनायुक्त क्षेत्र कर्णालीमा आफ्नै बुताले जडीबुटी उत्पादन, प्रशोधन र प्याकेजिङ गरी विभिन्न देशमा निर्यात गरिरहेका राजेन्द्र यो विषय सरकारको प्राथमिकतामै नपर्दा खिन्न छन्।
संखुवासभाकी फुपु पोङ्सुवा शेर्पा जडीबुटी बिक्री गर्न धनकुटा, बर्दिबास, लालबन्दी, सिन्धुली, रामेछाप हुँदै काठमाडौँ र पोखरासम्म पुग्थिन्। अहिले इटहरी–६ मा पसल शुरू गरेकी छन्।
खप्त्याडस्थित गम्थाको श्री लोकप्रिय माविमा स्थापित सामुदायिक पुस्तकालय मुगुको पहिलो हो। यो पुस्तकालय बनाउन उमेरले भर्खरै २० वर्ष टेक्दै गरेका टेकेन्द्र उपाध्यायले नेतृत्व गरेका थिए।
अर्घाखाँचीका पीताम्बर भुसालले अर्कै सिराबाट नचिताएको देश–दुनियाँ देखे। त्योभन्दा बढी उनी संसारकै राम्रा मान्छे र दुनियाँकै मीठो खानपिनको जगत्मा रम्न–रमाउन पाए।
खेलप्रतिको मायाले मलाई कहिल्यै आफूअनुरूप हुन दिएन। खेलले मलाई विशेष मान्छे बनाउँछ वा नयाँ आकार दिन्छ भनेर खेलेकी थिइनँ, मलाई त बस् खेलसँग प्रेम थियो।
कुनै समय फिल्मका पारखी न्युरोड, महाबौद्ध र ठमेल पुगी सीडी, भीसीडी तथा डीभीडी बटुल्थे। हलमा नचल्ने सिनेमा मात्र नभई हलमा जान नचाहने दर्शका लागि पनि यी सामग्री विकल्प थिए। कहिले र कसरी हरायो यो प्रविधि?
कुम्हालहरूले दीपावली र छठका बेला बर्सेनि लाखौँका माटाका भाँडाकुँडा र दियो बिक्री गर्ने गरेका थिए। अहिले बिक्रीमा कमी आएको जलेश्वर नगरपालिका–१ का मंगल पण्डितले बताए।
दार्जिलिङ पहाडको राजनीति कमानकै वरिपरि घुम्छ। कमानका जनतामा जसको पकड बलियो छ राजनीतिमा सत्ता उसैको। त्यति मात्र होइन नेतासमेत प्राय: कमानबाटै आउँछन्।
भूमाफियाले कब्जा गरेका सार्वजनिक सम्पत्ति फर्काउन आफ्नो खेतबारी बेचेर मुद्दामामिलामा लागिपरेका व्यक्ति हुन् बुद्धिरत्न शाक्य, जसलाई विपक्षीहरूले दिने धाकधम्कीको कुनै पर्वाह छैन।