AnonymousUser

Logout

सिभिल इन्जिनियरिङमा विद्यार्थी भरिँदै, मेकानिकलमा न्यून

त्रिवि, काठमाडौँ, पोखरा, पूर्वाञ्चल, मध्यमाञ्चल, लुम्बिनी–बौद्ध र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा गरी प्रतिवर्ष करिब १० हजार विद्यार्थीले इन्जिनियरिङ पढ्न सक्ने क्षमता रहेको छ।

मुग्लिनबाट पोखरा गइरहेको बस दुर्घटना, १८ जना घाइते

घाइतेमध्ये १० जनाको दमौली अस्पताल र आठ जनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

'लोककथाका पात्रलाई लेखकको संसारमा ल्याएको छु'

'यो उपन्यास इतिहास र संस्कृतिबारे रुचि राख्ने गैरआख्यानका पाठक र काल्पनिक कथामा रुचि भएका पाठक दुवैका लागि उत्तिकै पठनीय छ। कथा काल्पनिक भए पनि ऐतिहासिक अभिलेखमा रहेका मिति तलमाथि गरिएको छैन।'

घरेलु मदिरा उत्पादन नहुने ‘गाजने’ गाउँ

१५औँ शताब्दीमा पर्वतेराज्य सञ्चालन गरेका राजा दिलीपबम मल्लले बनाएको नियमानुसार यस गाउँमा अहिलेसम्म पनि कुखुरा, बंगुर र मदिरा उत्पादनमा पूर्ण रोक लगाइएको छ।

नारायणगढ–मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडकस्थित तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले पुस ७ गतेपछि (बिहान ११ देखि दिउँसो ३ बजेसम्म) सवारी बन्द गर्न लागिएको हो। 

सीताराम विवाह महोत्सव: आइतबार स्वयंवर हुँदै

मंसिर २६ गते शुरू भएको महोत्सवको मुख्य दिन आइतबार रंगभूमि मैदान बाह्रबिघामा सीताराम स्वयंवर हुने जानकी मन्दिरका महन्त रामतपेश्वर दासले जानकारी दिए। 

बसाइँसराइले रित्तिँदै गाउँ: बढ्यो बाँदर आतंक

एक दशक अघिसम्म गुल्जार रहेका गाउँबस्ती उराठलाग्दो बनेका छन्। सेवा सुविधा घरदैलोमै पुगेका छन्, तर त्यसको उपभोग गर्ने मान्छे घटिरहेका छन्।

चितवनमा मोटरसाइकल दुर्घटना: वडा सदस्यको मृत्यु

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको छ।

क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

बराबरीपछि सिटी १७ खेलमा ३४ अंकसहित चौथो स्थानमा कायम छ। १७ खेलबाट १७ अंक जोडेको प्यालेस १५औँ स्थानमा छ।

‘महेन्द्र रहेको भए उनीबाटै जनतामा अधिकार हस्तान्तरण हुन्थ्यो’

‘महेन्द्रले भारतसँगको संवादबिना पुस १ को कदम पक्कै चालेका थिएनन्। राजीव गान्धीबाटै ‘ग्रिन सिग्नल’ आएपछि नेपालीभाषीहरूलाई भुटानबाट नेपाल खेदाइएको हो।’

पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न माग

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले ठूलो लगानीमा बनेका विमानस्थलबाट चाँडो अन्तर्राष्ट्रिय उडानको वातावरण तयार गर्नुपर्ने बताए।

तराईमा बिहानैदेखि हुस्सु, गण्डकीको उच्च पहाडी भूभागमा हिमपातको सम्भावना

तराईका विभिन्न स्थानमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ।

एफपीओ र मर्जर गेनबाट करिब १३ अर्ब कर संकलन

‘एफपीओ’को ‘प्रिमियम’ र मर्जरको ‘बार्गेन पर्चेज’ गेनबाट दुई दिनमा १२ अर्ब ८१ करोड रुपैयाँ राज्यकोषमा कर दाखिला भएको छ।

भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

इजरायली सेनाको आक्रमणबाट तीन बन्धकको मृत्युपछि तेल अभिवमा प्रदर्शन

इजरायली सैनिकको गोली प्रहारबाट गाजामा हमासले बन्धक बनाएका तीन जनाको ज्यान गएपछि तेल अभिवमा विरोध प्रदर्शन भएको छ।

विपिनको रिहाइको विषय गम्भीरतासाथ उठाएका छौँ : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री एनपी साउदले कतार भ्रमणका क्रममा विपिन जोशीको सकुशल रिहाइ, नेपालको विकासमा कतारको सहयोग र नेपालमा जलवायु परिवर्तनले पारेको असरको विषय उठाएको बताएका छन्।

राजा भनेका सिपाही पो रहेछन्!

राजाको सवारी हेर्न मामा त लेगुवाघाट नै पुगेका रहेछन्। माझीहरूले घण्टौँ लगाएर लेगुवाघाटबाट सवारी टोलीलाई अरुण नदी तारेछन्। राजाका लागि छुट्टै डुंगा। घोडाहरू चाहिँ आफैँ पौडेर नदी तर्दा रहेछन् रे।

अगाडि बढ्यो कर्णाली चिसापानीको अध्ययन प्रक्रिया

कर्णाली चिसापानी जलाशयमुक्त आयोजनाको विस्तृत सम्भाव्यता तथा वातावरणीय अध्ययन र विस्तृत इन्जिनियरिङ डिजाइन प्राधिकरणमार्फत गराउन स्वीकृति प्रदान गरिएको छ। 

अस्तव्यस्त सडक

अस्तव्यस्त छ काठमाडौँको सडक

काठमाडौँ उपत्यकाको सडक धुलो, धुवाँ, ढल र खाडललगायत कारणले अस्तव्यस्त छ। सडकमा कोरिएका जेब्रा क्रस, सडक लेन मेटिएको छ। कतै जेब्रा क्रससमेत नहुँदा पैदल यात्रुले सकस भोग्नु परेको छ। खानेपानीका लागि जथाभाबी खनेर बनेको खाडल तथा बिजुलीको भूमिगत तार व्यवस्थापनले झन् जोखिम बढेको छ। बढ्दै गएको सवारी साधनको संख्याले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ। धुलो र धुवाँले मानवीय स्वास्थ्यमा प्रतिकूल असर पारेको विभिन्न तथ्यांकले देखाएका छन्।

चोभारमा क्यानओपी जिपलाइन सञ्चालनमा

क्यानओपी जिपलाइनमा एकै ठाउँमा तीन वटा अनुभव लिन सकिने सञ्चालकको भनाइ छ।