प्रधानमन्त्री दाहालले देशमा एकथरि तत्त्वहरूले सांस्कृतिक विविधता, संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम छर्ने दुस्साहस गरिरहेको बताएका छन्।
आधुनिक प्रविधिसँगै स्थानीय बजारमा सस्तोमा आकर्षक तथा आधुनिक भाँडाकुँडा प्रयोगमा आउन थालेपछि चुँदारा समुदायको पुर्ख्यौली पेसा संकटमा पर्न थालेको छ।
फ्याक्ट्रीबाट चुहिएको ग्यासबाट बिरामी परेका यात्रु र गाउँलेहरूको ज्यान बचाउन सिद्दीकीसहितका 'रेलवे म्यान'हरूले गरेको संघर्षलाई पर्दामा उतारिएको छ, द रेलवे म्यान– द अनटोल्ड स्टोरी अफ भोपाल १९८४ नाममा।
मानवताभन्दा ठूलो धर्म केही नरहेको उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मानवीय सेवामा लाग्न सम्पूर्ण नेपालीलाई आग्रह गरे।
गाउँपालिकाको सेवा शिविरमार्फत वडामा लिन पाउँदा समय र पैसाको बचत भएको स्थानीयवासी काजी तामाङले बताए।
बागलुङको गलकोटमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री शर्माले फागुनमा बस्ने महासमिति बैठकले पार्टीलाई दिशानिर्देश गर्ने बताएका छन्।
प्युठानको झिम्रुक–४ बाङेका १७ वर्षीय विशाल जिसी र सोही जिल्ला नौबहिनी–६ लुङका १८ वर्षीय सागर केसीको मृत्यु भएको छ।
भीमफेदीको एक हजार ६० रोपनी जग्गामा २६६ किसानले कोदो रोपेका र त्यसबाट १०० मेट्रिक टन कोदो उत्पादन हुने अनुमान गरिएको छ।
बलात्कारको मुद्दामा शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्याइ हेर्न पाउँ भन्दै निवेदन दिएको थियो।
किताबको नाम ‘धौलासिरी’ लेखिनुको कारणबारे पाठकलाई खुलदुली हुनसक्छ। स्थानीय रूपमा धौलागिरिलाई धौलासिरी भनिदोरहेछ। त्यसैले धौलागिरीका मगर समुदायको कथालाई उनीहरूकै बोलीमा भन्ने लेखकको प्रयास छ।
जंगली फूलमा विषादी नहुने भएकाले चिउरीमा मौरी चराउने गरिएको हो। चिउरीमा चरेका मौरीको मह नेपालबाहेक अरू देशमा नपाइने भएकाले यसको बजारीकरण गर्न सके उच्च प्रतिफल प्राप्त हुने किसान बताउँछन्।
काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गत असार ७ गतेदेखि ठप्प छ।
विश्वव्यापी दबाबसामु नझुक्ने बताएको इजरायलले गाजामा हमाससँगको अर्को चरणको युद्धबारे योजना बनाइरहेको बताइएको छ।
नयाँ मूल्य अनुसार काठमाडौँ, पोखरा र डिपालयमा पेट्रोल लिटरको १६७ रुपैयाँ तथा डिजेल मट्टितेल लिटरको १५७ रुपैयाँ पर्नेछ।
पाकिस्तानलाई ११ रनले पराजित गर्दै यूएई पहिलो पटक यू१९ एशिया कपको फाइनलमा पुगेको छ। बंगलादेश भने दोस्रो पटक फाइनलमा पुगेको हो।
जापान, इन्डोनेसिया, स्पेन, दक्षिण कोरिया, ताइवान, भियतनाम र जाम्बियामासमेत महिनावारीको समयमा महिलालाई निश्चित दिन बिदा उपलब्ध छ।
तराईका विभिन्न स्थानमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोती घटनामा ज्यान गुमाएका लोकेन्द्रकी आमा लक्ष्मी न्यायका लागि तीनचोटि काठमाडौँ आइन्। चौथौँ पटक धन्यवाद दिन आएको बताउँछिन्। भन्छिन्, “न्याय पाइँदैन कि भन्ने थियो। तर फैसलाले न्यायको महसुस भएको छ।”
उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नदिने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएपछि ‘न्याय पाएको’ चर्चा भइरहेको कांग्रेस वृत्तमा हिजो सभापति देउवाको रक्षाकवचझैँ बनेका बालकृष्ण खाँणको सम्भावित ‘मूभ’ कतातिर होला भन्ने लेखाजोखा हुन थालेको छ।