आक्रमणमा मारिनेमा ७० प्रतिशत महिला तथा बालबालिका रहेको हमासले जनाएको छ।
मगर खाम भाषा बागलुङको निसीखोला गाउँपालिका–५ र ६ गरी दुईवटा वडामा मात्र बोल्ने गरिएको छ।
निःशुल्क आँखा शिविरमा आएकामध्ये ७३ जना बिरामीमा मोतियाबिन्दु पाइएको थियो। उनीहरूमध्ये ५५ जनाको शल्यक्रिया गरिसकिएको छ।
भोजनशैलीलाई बेवास्ता गर्ने, उमेर तथा शारीरिक अवस्थालाई ध्यान नदिने, अत्यधिक प्रशोधित खानेकुरा खाने हो भने भोजन मासांहारी, सर्वहारी, शाकाहारी या विशुद्ध शाकाहारी भए पनि त्यो स्वस्थकर हुँदैन।
२०७७ पुसमा ठुला करदाता कार्यालयले आयकर ऐनको दफा ५७ अनुसार एनसेलउपर ५७.९ अर्ब रुपैयाँ आयकर दाबी गरेको थियो।
कोशी र लुम्बिनीसहित देशभरका पहाडी भूभागको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ।
परराष्ट्र मन्त्रालयले रुसी सरकारलाई मृतकहरूको शव यथाशीघ्र नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गर्नुका साथै सेनामा भर्ना भएका नेपालीहरूलाई तत्काल फिर्ता पठाउन आग्रह गरेको छ।
बहुसंख्यक मेइती समूह र आदिवासी कुकी अल्पसंख्यकबीचको जातीय द्वन्द्वका कारण यो वर्ष मणिपुरबाट ६० हजार विस्थापित भएका छन्।
काठमाडौँ तीन खेलबाट पाँच अंकसहित चौथो स्थानमा यथावत् छ। झापा भने तीन खेलबाट दुई अंकसहित आठौँ स्थानमा छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद–बिक्री कानूनसम्मत भए नभएको यकिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
काठमाडौँ जिल्ला अदालतले राज्यविरुद्धको मुद्दामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दसहित चार जनालाई पक्राउ गर्न पुर्जी जारी गरेको छ।
‘आर्थिक विचलनको प्रभावमा टेकेर विभिन्न पक्षले आफ्नो अभीष्ट पूरा गर्न सरकार र व्यवस्था दुवैप्रति प्रश्न उठाइरहेका छन्। नयाँ र पुरानो लोकरिझ्याइँको टक्करमा जनताप्रति जवाफदेही राजनीतिको भने अभाव छ।’
भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि क्षेत्र छुट्टाइ काम गर्न दिए उपलब्धि देखाउन सकिने र काम पनि राम्रो हुने सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालको भनाइ छ।
बागलुङ निसीखोला र पूर्वीरूकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।
केही दिनयता मोरङ, सुनसरी र झापाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा परी चार जनाले ज्यान गुमाइसकेका छन्।
अत्यधिक पानी र हिउँका कारण सडक अवरुद्ध भई दैनिक उपभोग्य वस्तुका साथै अन्य निर्माण सामग्री अभाव हुन्छ कि भन्ने चिन्ता बढेको मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढा बताए।
एमाले अध्यक्ष केपी शर्मा ओली दैलेखको पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुने बताउँछन्।
सोमबार २९२ कम्पनीको ३८ लाख ९६ हजार २८७ कित्ता शेयर ४३ हजार ४२८ पटक खरिदबिक्री हुँदा एक अर्ब १९ करोड रुपैयाँ बराबर कारोबार भएको नेप्सेले जनाएको छ।
आजिआटाले निकालेको वक्तव्यले नेपालको अन्तर्राष्ट्रिय छविमा आँच पुग्ने र भविष्यमा वैदेशिक लगानी निरुत्साहित हुने हुँदा सोको प्रतिकार गर्न आवश्यक रहेको सांसद सुमना श्रेष्ठको भनाइ छ।
नेपालले ६ वटा यू१९ विश्वकप खेल्दा पाँच वटा टेस्ट राष्ट्रलाई पराजित गरेको उदाहरण छ। सन् २०१७ को यू१९ एशिया कपमा समूह चरणमा भारतलाई पनि हराएको थियो। यसपटक नेपाल त्यही सफलता दोहोर्याउने लक्ष्यमा छ।