एन्फाले दक्षिण एशियाली फुटबल महासंघले आयोजना गर्ने साफ यू१९, यू१६ महिला प्रतियोगिता र महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना गर्नका लागि दाबी पेस गर्ने निर्णय पनि गरेको छ।
ठूलो धनराशि खर्चेर बनाइएका करिब दुई दर्जन विमानस्थल उडान अभावले बन्दप्रायः रहँदा नेताहरूको स्वार्थ र जग्गा कारोबारीहरूको लाभका निम्ति ठाउँ–कुठाउँ नयाँ विमानस्थल बनाउन सरकारी ढुकुटी खर्च गरिँदैछ, कसरी?
प्रधानमन्त्री दाहालले भने, “यी दुई परियोजना अत्यन्तै महत्त्वपूर्ण छन्। समयमै सकिनुपर्छ, म पनि परियोजना निरीक्षणका लागि फिल्डमै आउँछु, अब धेरै समय विकासका कामलाई दिन्छु।”
भूकम्पबाट क्षति भएका संरचना पुनर्निर्माणदेखि अस्थायी आवास निर्माणमा समेत आफ्नो भूमिका खोजेको प्रदेश सरकारले आफूले लिएको जिम्मेवारीसमेत बहन गर्न नसकेको आरोप लागेको छ।
काठमाडौँ उपत्यका संघर्ष समितिले मेलम्ची आयोजनामाथिको चलखेल बन्द गर्न र यथाशीघ्र उपत्यकाका उपभोक्तालाई खानेपानी वितरण गर्न माग गर्दै कोटेश्वर–तीनकुने क्षेत्रमा रित्ता भाँडा देखाएर प्रदर्शन गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आधारभूत शिक्षा मात्र निःशुल्क नभई विश्वविद्यालय शिक्षालाई पनि सर्वसुलभ बनाउने गरी सरकारले काम गरिरहेको दाबी गरे।
कारोबार भएका कम्पनीमध्ये सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावरको २६ करोड २६ लाख ७४ हजार ४७२ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
नेपाल वायुसेवा निगमले नेपालको हवाई उडानलाई ईयूको सुरक्षा सूचीबाट हटाउनेसम्बन्धी विस्तृत योजना ल्याउनुपर्ने संसदीय समितिको निष्कर्ष छ।
नेपाली श्रमिकको रोजगार गन्तव्य खाडी र मलेसिया हुँदै अब जापान, कोरिया तथा युरोपतिर फैलिएको छ। विदेशी सेनामा अवैधानिक रूपमा भर्ती हुने र श्रम स्वीकृति नभएका देशमा जानेका कारण जोखिम पनि बढिरहेको छ।
सांसद र संसद् सचिवालयका कर्मचारीसहितको २० जनाको टोली चिनियाँ सरकार मातहतको निकायले ‘स्पोन्सर’ गरेको भ्रमणका लागि बेइजिङ प्रस्थान गरेको छ।
अदालतलाई व्यवस्थित र सेवाग्राहीलाई सहज सेवाका लागि सोमबारबाट टोकन प्रणालीको शुरूआत गरेको काठमाडाैँ जिल्ला अदालतले जनाएको छ।
त्रिभुवन विश्वविद्यालयले सोमबार ४९औँ दीक्षान्त समारोह आयोजना गरेको छ।
भ्रष्टाचार, दुर्घटनालगायत घटना छानबिन गर्न राज्यका स्थायी संयन्त्र पन्छाएर समिति र आयोग बनाउनु ढाकछोप तथा अनुकूल नतिजा देखाउने प्रपञ्च भएको सांसदहरू नै बताउँछन्। तर सरकार त्यस्तै संयन्त्र बनाइरहेको छ।
उनले तीन तहकै सरकारले आवश्यक छलफल र समन्वय गरी अघि बढ्ने हो भने उपत्यकाको विकास चाँडो हुने बताए।
विगतमा चेपाङ समुदायमा छोरीलाई चिउरीको रुख नै दाइजो दिने चलन थियो। तर, अहिले चिउरीको रुख दाउरा बाल्न, चिउरीको पात खसीबाख्रालाई खुवाउन प्रयोग हुन थालेको छ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार यस वर्ष १२ हजार चार सय १५ विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुने छन्।
वैदेशिक रोजगार बोर्डका अनुसार पछिल्लो डेढ दशकमा १२ हजारभन्दा धेरै नेपाली आप्रवासी श्रमिकले ज्यान गुमाएका छन् भने करिब तीन हजार श्रमिकहरू अंगभंग भएर स्वदेश फर्किएका छन्।
पक्राउ पर्नेमा सुनसरीको भोक्राहा नरसिंह २ का २१ वर्षीय निकाइल अन्सारी र सुनसरीकै हरिनगरा ६ का ३९ वर्षीय नजाम अन्सारी रहेका छन्।
'आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान' भन्ने मूल नाराकासाथ अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस साताव्यापी रूपमा मनाइँदैछ।
सियोल र वासिंटनले प्योङयाङलाई अमेरिका र दक्षिण कोरियामाथि कुनै पनि आणविक आक्रमण गरेमा उत्तर कोरियाली शासनको अन्त्य हुने चेतावनी दिइरहेका बेला उक्त परीक्षण गरिएको हो।