AnonymousUser

Logout

एकैदिन २०० रुपैयाँले बढ्यो कुरिलोको मूल्य, प्याज घट्यो

बिहीबार प्रतिकिलो ६०० रुपैयाँ रहेको कुरिलो शुक्रबार २०० ले बढेर ८०० रुपैयाँ पुगेको छ।

दक्षिण अफ्रिकाविरुद्धको अन्तिम टी२० मा भारत विजयी

भारतका कप्तान सूर्यकुमार यादवले ५६ बलमा ७ चौका र ८ छक्का प्रहार गर्दै १०० रन बनाए। यो उनको टी२० आई करिअरको चौथो शतक हो। योसँगै उनले रोहित शर्मा र ग्लेन म्याक्सवेलको कीर्तिमानसँग बराबरी गरेका छन्। 

जो काँधमा ‘कपडा पसल’ बोकेर २० वर्षदेखि गाउँ–गाउँ डुल्दैछन्

बजारमै २५० रुपैयाँ पर्ने कपडा गाउँ पुर्‍याएपछि पनि कसरी १५० रुपैयाँमा आउँछ भनेर सोध्दा उनले भने– ‘धेरै नाफा खाएर के गर्नु, ३०–४० रुपैयाँ फाइदा राखेर दिन्छु।’

बचत फिर्ता नगरेको भन्दै कान्तिभैरव सहकारीपीडित आन्दोलित

बचत गरेर समस्या परेका बेला गर्जो टार्ने आशा गरेका पीडित भने दैनिक सहकारीको कार्यालय पुगेर निराश हुँदै फर्किने गरेका छन्।

तराईमा हुस्सु र कुहिरो, पहाडी भूभागमा आंशिक बदली हुने

दिउँसो सुदूरपश्चिमसहित देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

सर्वोच्चले गर्‍यो पार्किङ दस्तुरसम्बन्धी काठमाडौँ महानगरको निर्णय बदर

सर्वोच्च अदालतले निजी स्वामित्वको घरजग्गामा पार्किङ दस्तुर उठाउन नपाउने काठमाडौँ महानगरपालिकाको निर्णयलाई बदर गरेको छ।

जतिसक्दो चाँडो सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ : शेखर कोइराला

माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकारले जनतामा आशा जगाउन नसकेको कांग्रेस नेता शेखर कोइरालाको आरोप छ। चाँडोभन्दा चाँडो सरकार परिवर्तन गरेर कांग्रेसले नेतृत्व गर्नुपर्ने उनको भनाइ छ।

डुंगा संरक्षणमा जुटे रामेछापका माझी समुदाय

माझी समुदायको संस्कृतिसँग जोडिएको डुंगा तार्ने पेसा लोप हुन लगेपछि मन्थली नगरपालिका–७ स्थित सेलेघाटका माझी संरक्षणमा छुटेका छन्।

सुक्खा बन्दरगाहमा बेवारिसे २१८ कन्टेनर मुचुल्का उठाएर खोलिँदै, शुरूआती ५८ वटामा प्रतिबन्धित छोकडा भेटियो

पाँच वर्षयता थुप्रिँदै गएका ती कन्टेनर अवैध सामान मगाएका व्यापारीले ‘भन्सारलाई मिलाएर’ वा ‘सरकारबाट खुला गराएर’ छुटाउन असफल भएपछि त्यत्तिकै छाडेको हुन सक्ने अनुमान गरिएको छ। 

बैंकहरू आपसमा गाभिँदा वा प्राप्ति हुँदाको लाभमा कर लाग्ने सर्वोच्चको ठहर

संवैधानिक इजलासले आन्तरिक राजस्व विभागले गरेको कर निर्धारणलाई वैध ठहर गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए। अदालतको फैसलासँगै १५ अर्ब रुपैयाँ बराबरको राजस्व उठ्ने उनको भनाइ छ।

ईः अझै भनिरेहका छन्– ‘कर लेऊ, गरिखान देऊ’

ललितपुर महानगरअघि उभिन पुगेका ईःमाथिको आक्रमण प्रयासले देशको मानवअधिकारको अवस्था देखाउने नागरिक अभियन्ताहरू बताउँछन्। ईः भने ‘गरिखान दिनुपर्ने’ आफ्नो माग र अभियान नरोकिने बताउँछन्।

एनसेल बिक्री प्रकरण

एनसेल बिक्रीविरुद्ध नेविसंघको प्रदर्शन

सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघले एनसेल बिक्रीविरुद्ध प्रदर्शन गरेको छ। बिहीबार काठमाडौँको पद्मकन्या बहुमुखी क्याम्पसमा विद्यार्थीले एनसेल बिक्रीमा भएको अनियमितता छानबिनको माग गर्दै प्रदर्शन गरेका हुन्। उनीहरूले कांग्रेस सरकारमा रहँदा कुशासन बढेको भन्दै नेतृत्त्वलाई प्रश्नसमेत गरेका छन्।

थमन विक हत्या प्रकरण : सांसद कोइरीलाई सफाइ, लोसपा प्रदेश संसदीय दलका नेतासहित ७ जनालाई जन्मकैद

सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीलाई अदालतले सफाइ दिएको छ भने सात जना प्रतिवादीलाई जन्मकैदको फैसला भएको छ।

सहसचिव लम्साललाई सचिवमा र उपरथी सिग्देललाई रथीमा बढुवा गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठकले विद्युत् खपत वृद्धि तथा खनिज, इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना २०८० लाई स्वीकृत गरेको छ।

बालकृष्ण खाणलाई धरौटीमा छाड्न आदेश

यसअघि न्यायाधीश जनक पाण्डेले दिएको रायमा न्यायाधीश कृष्णराम कोइराला सहमत भएकाले उनलाई धरौटीमा छाड्ने आदेश सदर भएको हो। अब ३० लाख धरौटी बुझाएमा खाण रिहा हुनेछन्।

रूकुम घटनामा यसरी मारिएका थिए नवराज विकसहित ६ जना (पूर्णपाठसहित)

प्रतिवादीहरूले एकआपसमा गुट बनाई संयुक्त रूपमा वारदात घटाएको हुँदा यसमा कसले बढी कुट्यो, कसले कम, कसको प्रहार घातक भयो अथवा कसैले कुटेन जस्ता तथ्य प्रासंगिक नहुने ठहर फैसलामा गरिएको छ।

एमाले अध्यक्ष ओलीमाथि धनकुटामा हातपात प्रयास

पार्टीको अभियानका क्रममा धनकुटा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि हातपातको प्रयास भएको छ।

चन्दा संकलन काण्डमा जापानका चार मन्त्रीले दिए राजीनामा

जापानको शक्तिशाली सत्तारुढ पार्टी एलडीपी संलग्न रहेको चन्दा संकलन काण्डमा चार जना मन्त्रीले राजीनामा दिएका छन्।

१४ किलो सुन तस्करी प्रकरण: त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरसहितका केही नियन्त्रणमा

अनुसन्धान समितिले  १४ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरसहितका कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।

चार महिनामा भित्रियो ४ खर्ब ७७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति १०.२ प्रतिशतले बढ्यो

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चार महिनामा चार खर्ब ७७ अर्ब  ९६ करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ भने विदेशी मुद्राको विनिमय सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ।