स्थानीय प्रशासनले दुई समुदायबीचको विवादपछि उत्पन्न स्थिति नियन्त्रणमा लिन रौतहटको सदरमुकाम गौरमा शनिबार दिउँसोदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ।
‘जगज्जननी उसकी आमाको नाम होइन’ उपन्यासलाई ढकालले विश्वासघातविरुद्ध आफ्नो स्वप्न–दुःस्वप्न वक्तव्यको संज्ञा दिएका छन्।
प्रत्येक निर्वाचन क्षेत्रका बेस र कमान्डरहरूको फोन नम्बरसहितको मेजेसमा निर्वाचन सुरक्षासँग सम्बन्धित गतिविधि, कार्यक्रम तथा आवश्यक सूचना आदानप्रदान गर्न उम्मेदवारलाई अनुरोधसमेत गरिएको छ।
ट्रास बेरियरले नदीमा तैरिने फोहोरहरू जस्तै: प्लास्टिक, प्लास्टिकका बोतल, काठका टुक्रा, फोमलगायत तैरिँदै बगेर आउने वस्तुलाई रोक्छ र एकै ठाउँबाट संकलन गर्न सजिलो हुन्छ।
प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले विशेष गरी हिमपातका कारण नार्पाभूमि गाउँपालिकामा रहेका मतदान केन्द्रको अनुगमनमा समस्या भएको बताएका छन्।
किरात राई, शेर्पा, तामाङलगायत समुदायको सांस्कृतिक पहिचान झल्कने परिकारका साथै गोठालाले उत्पादन गर्ने अर्ग्यानिक खाद्य सामग्रीको स्वाद लिन सकिन्छ।
मोटरसाइकल दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन र अन्य संरचना जलाउन उक्साउने र जलाउन स्वयं जाने ‘धनी’पात्र नायकका रूपमा चित्रित भए। उनै पात्र पछ्याउँदै पछि लागेका केही ‘निम्छरा’का हातमा भने हतकडी लागे।
दिउँसो कोशी, बागमती र गण्डकीका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
अन्तर्राष्ट्रिय आपत्कालीन आर्थिक शक्ति ऐनले राष्ट्रपतिलाई एकतर्फी रूपमा ट्यारिफ (शुल्क) लगाउने अनुमति नदिने ठहर गर्दै सर्वोच्च अदालतले ६–३ को बहुमतले ट्रम्पको योजनाको विपक्षमा फैसला सुनाएको हो।
तुलसीपुरमा एमालेको झन्डा जलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न अन्य दुई जना भने फरार रहेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले आगामी फागुन २२ गते साधारण तारिखका लागि मिति तोकेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४१ राजनीतिक दलले आफ्नो घोषणापत्र पेश गरेका छन् भने ८६७ उम्मेदवारले निर्वाचन प्रयोजनार्थ बैंक खाता खोलेका छन्।
प्रहरीले विमानस्थलबाट १३ लाख ८० हजार रुपैयाँ बराबरका मोबाइल र ल्यापटपसहित एक जनालाई पक्राउ गरेको छ।
निर्वाचनको माहोलका बीच सीप, रोजगारी र सुरक्षित बसोबासको सुनिश्चिततामार्फत आफ्नो जीवनस्तर उकासिने र परम्परागत पहिचान जोगिने आशमा बोटे समुदाय रहेका छन्।
मन्त्रिपरिषद् बैठकले गोविन्दप्रसाद भण्डारीलाई गोरखापत्रको 'अध्यक्ष' नियुक्त गर्ने निर्णय गरे पनि तत्कालीन मन्त्री जगदीश खरेलले त्यसविपरीत सेवासुविधा र अधिकार हुने गरी नियुक्तिपत्र थमाएको खुलेको छ।
देशभर निर्वाचनको सरगर्मी बढिरहँदा मुगुका कृषकलाई भने बगैँचा व्यवस्थापनको चटारो छ। स्याउका बिरुवा काँटछाँट, गोडमेल र रोग नियन्त्रणका लागि नीलोतुथो लगाउने उपयुक्त समय भएकाले उनीहरू यतिबेला स्याउखेतीमै व्यस्त छन्।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट ११ किलो २७० ग्राम गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।
मंगलबार काठमाडौँ विश्वको तेस्रो प्रदूषित शहरका रूपमा सूचीकृत भएकामा शुक्रबार १८औँ स्थानमा झरेको छ भने पाकिस्तानको लाहोर ३७३ एक्यूआईसहित पहिलो र भारतको कोलकाता १८६ एक्यूआईसहित दोस्रो स्थानमा छन्।
क्षेत्रीय होटल संघ चितवनका उपाध्यक्ष गुणराज थपलिया निर्वाचनका कारण विदेशी पर्यटक नआउँदा सौराहामा पर्यटकको संख्यामा कमी आएको बताउँछन्। निर्वाचनपछि पर्यटक बढ्ने उनको अपेक्षा छ।