आयोजक सहारा क्लब पोखराले जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले हराउँदै १२ वर्षपछि ‘आहा रारा पोखरा गोल्डकप’को उपाधि जितेको छ।
कास्की– मोफसलकै जेठो र प्रतिष्ठित 'आहा रारा पोखरा गोल्डकप'को २५औँ संस्करणको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ। पोखरा रंगशालामा शनिबार भएको फाइनलमा जावलाखेल युथ क्लबलाई २–० गोलले स्तब्ध बनाउँदै सहाराले १२ वर्षपछि घरेलु मैदानमा उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो।
यसअघि सहाराले विसं २०७० मा पहिलोपटक यो प्रतियोगिताको उपाधि जितेको थियो। च्याम्पियन बनेको सहाराले ट्रफीसहित १४ लाख एक हजार रुपैयाँ पुरस्कार हात पार्यो भने उपविजेता जावलाखेलले सात लाख एक हजार रुपैयाँमा चित्त बुझायो।
सहारालाई ऐतिहासिक जित दिलाउने क्रममा खेलको २५औँ मिनेटमा फरवार्ड मुकुन्दकुमार निउरेले पहिलो गोल गरे। सुशील लामाको कर्नर बललाई निउरेले उत्कृष्ट हेडमार्फत गोलमा परिणत गरेपछि घरेलु टोलीले पहिलो हाफमा अग्रता लियो। दोस्रो हाफमा पनि आक्रामक खेल जारी राखेको सहाराका लागि ७३औँ मिनेटमा विदेशी खेलाडी टाय डिनियल बादारुले हेडमार्फत नै दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि सहाराका मुकुन्दकुमार निउरेले हासिल गरे। उनलाई एक थान इलेक्ट्रिक स्कुटर प्रदान गरियो। अन्य विधातर्फ सहाराकै टीकेन्द्र थापा उत्कृष्ट गोलकिपर, टाय डिनियल बादारु उत्कृष्ट डिफेन्डर र सुनिल रानामागर उत्कृष्ट प्रशिक्षक घोषित भए।
त्यस्तै, जावलाखेलका धर्वेन्द्र कुँवर उत्कृष्ट स्ट्राइकर र बाउबकर सिसिको उत्कृष्ट मिडफिल्डर चुनिए। प्लानिङ ब्वाइजका पापा आईबोउ केबे सर्वाधिक गोलकर्ता बने भने उज्वेकिस्तानको आभा फुटबल क्लबले 'फेयर प्ले अवार्ड' हात पार्यो। उत्कृष्ट विधाका विजेताले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए।
सहारा क्लब पोखराको आयोजनामा गत माघ २७ गतेदेखि शुरू भएको यस प्रतियोगितामा तीन विदेशीसहित १२ टोलीले प्रतिस्पर्धा गरेका थिए। विजेता खेलाडीहरूलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा र मुख्य प्रायोजक हिमश्री फुड्सका कार्यकारी निर्देशक प्रकाश केसी लगायतले पुरस्कार वितरण गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
