AnonymousUser

Logout

पारलम्पिक पुग्ने लक्ष्य बोकेका तेक्वान्दोका तीन खेलाडी

अमिर ब्लोन र भरतसिंह महता पहिलो पटक पारलम्पिक खेल्ने लक्ष्यका साथ छनोट प्रतिस्पर्धाको तयारी गरिरहेका छन्। दुई वर्षअघि नै पारलम्पिक खेलेकी पलेशा गोवर्धन भने भर्खरै चीन पुगेकी छन्।

चिसो घटेसँगै हिमाली भेगमा सारिँदै भेडीगोठ

फुङ्लिङ–१० फावाखोलाको गोपाल विष्टको भेडीगोठ बस्तीमाथिको साम्लिङ खर्कमा उक्लेको छ। अब वैशाखे हुँदै विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल आधार शिविरसम्म पुग्नेछन्। 

प्रतितोला १ लाख २३ हजार ५०० पुग्यो सुनको मूल्य

मंगलबार पनि उच्च मूल्यमा करोबार भएर रेकर्ड बनाएको सुन बुधबार प्रतितोला ५०० रुपैयाँले बढेर एक लाख २३ हजार ५०० रुपैयाँ पुगेको छ।   

शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाएका याम

अर्थशास्त्रमा स्नातकोत्तर गरी १० वर्ष शिक्षण पेसामा बिताएका याम कार्की गाउँ फर्केर बाख्रापालन गरिरहेका छन्। व्यवसायमा निरन्तरता दिए गाउँमा बसेर राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ।

बेनी–जोमसोम–कोरला सडक: तिप्ल्याङका २० घरटहरा भत्काउन शुरू

सडक छेउमा दुवैतर्फ नाली निर्माण गर्न २० वटा घरटहरा र गोठको क्षतिपूर्तिका लागि दुई वर्षअघि सिफारिस गरिएको थियो।

धादिङ दुर्घटना: मृत्यु हुनेको संख्या ७ पुग्यो, ३९ जना घाइतेको उद्धार

दुर्घटनामा घाइते दुई विदेशीसहित ३९ जना यात्रुको उद्धार गरी अस्पताल पठाइएको र अन्यको खोजी भइरहेको धादिङका एसपी गौतमकुमार केसीले जानकारी दिए।

अपडेट: धादिङ बस दुर्घटनामा ४ जनाको मृत्यु, ३३ भन्दा बढी घाइते

बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको सनाखत हुन बाँकी छ। 

आत्मसम्मानको लडाइँ: एक पेसाकर्मीको भोगाइ

मेरो एक साथी उमेरअनुसार वक्षस्थल विकास हुँदै गर्दा झुकेर हिँड्न थाली। यो कस्तो बाध्यता, आफ्नो शरीरमा भएको स्वाभाविक जैविक विकासलाई किशोरी उत्सवको रूपमा लिन सक्दिन?

कपिलवस्तुबाट काठमाडौँ आइरहेको बस त्रिशूलीमा खस्यो, १३ जनाको उद्धार 

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डीएसपीको कमान्डमा खटिएको १८ जनाको टोलीले १३ जनालाई उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ। 

यस्तो रहनेछ बुधबारको मौसम

कोशी, बागमती गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

जितपुरसिमरामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २७ घाइते

धनगढीबाट विराटनगरतर्फ गइरहेको यात्रुवाहक बस खोलामा खसेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

१७ वर्षअघि जलेको जनकपुर, जसको ताप सकिए पनि राप निभेको छैन

अहिले जनकपुरमा पहाडी मूलका मानिसहरू बिरलै देखिन्छन्। २०६३ अगाडिको तुलनामा पहाडी समुदायको उपस्थिति नगण्य छ। त्यतिखेर जनकपुर छाडेकाहरू काठमाडौँ, हेटौँडा र बर्दिबास बसाइँ सरे।

किशोरीको हत्या आरोपमा १ जना पक्राउ

एक किशोरीको हत्या आरोपमा प्रहरीले बेलबारीको भाउन्ने जंगल क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ।

सुदूरपश्चिममा २ मन्त्री र १ राज्यमन्त्री पदमुक्त, कर्णालीका ३ मन्त्रीले दिए राजीनामा

सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री र एक राज्यमन्त्री पदमुक्त भएका छन् भने कर्णाली सरकारमा सहभागी कांग्रेसका तीन मन्त्रीले राजीनामा दिएका छन्।

राष्ट्र बैंकका उच्चपदस्थ महिला कर्मचारीमाथि दुर्व्यवहार : आरोपी आचार्यले बुझाए स्पष्टीकरण

राष्ट्र बैंकका एक उच्चपदस्थ महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप लागेका निर्देशक थानेश्वर आचार्यले बैंक प्रशासनलाई स्पष्टीकरण पत्र बुझाएका छन्। 

बागलुङका गाउँमा म्याद गुज्रेका पेयपदार्थ

व्यवसायीले म्याद गुज्रेका र उपभोग्य सामग्री एकैठाउँमा राखेर बिक्री गरेको फेला परेपछि सबै सामग्री जफत गरेर नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए।

आयोजनाको गलत मूल्यांकन गरी बढी भुक्तानी दिएको अभियोगमा ३ कर्मचारीसहित ४ जनाविरुद्ध मुद्दा

अख्तियारले सघन शहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

केन्द्रमा गठबन्धन बदलिएपछि प्रदेश सरकारमा पनि जोडघटाउ शुरू

संघीय सरकारको गठबन्धन फेरिएसँगै प्रदेशमा पनि सरकार बदलिने निश्चितप्रायः छ। नयाँ समीकरणअनुसार कतिपय प्रदेशमा सहजै सरकार बन्ने देखिए पनि केहीमा अन्य दलसँग सत्ता साझेदारी गर्नुपर्ने अवस्था छ।

मंगलबार उच्च अंकले घट्यो नेप्से

सोमबार सकारात्मक सर्किट लागेर कारोबार समयअगावै बन्द भएको नेप्से परिसूचकमा मंगलबार उच्च अंकको गिरावट देखिएको छ।

१ वर्षभित्र सक्नुपर्ने पुल ७ वर्षसम्म अलपत्र

पक्की पुल नहुँदा वर्षात्मा उर्लेर आउने ओदाल खोला वारिपारि गर्न सास्ती हुने गरेको स्थानीय घनश्याम साउदले बताए।