ठक्कर दिएपछि जिप सडक छेउमा पल्टिएर दुर्घटना भएको र चालक फरार रहेका प्रहरीले जनाएको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरूले अघिल्ला बैठकहरूमा समसामयिक विषयमा उठाएका प्रश्नको जवाफ दिने भएका छन्।
केही दिनअघि नगरपालिकाले नगरपालिकाभित्रका कृषक र होटल व्यवसायीसँग छलफल गरेर तरकारीको मूल्यसमेत निर्धारण गरेको थियो।
युक्रेनले पश्चिमी देशहरूलाई हतियारको आपूर्ति बढाउन लगातार अपिल गरिरहेको बेला यो हमला भएको हो।
२०६० सालदेखि सबै गाउँलेले व्यावसायिक रूपमा नै बेसार खेती गर्न थालेपछि अहिले गाउँ नै बेसार खेतीमय भएको छ।
संसदीय प्रक्रिया, कानून निर्माणका मूल्यमान्यता र विधिशास्त्र, संसदीय निगरानीका सीमा, राजनीतिक संस्कार र संसदीय आचरण अभ्यासबाटै सिक्न सकिने विषय हुन्।
आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडविरुद्ध ३–१ गोल अन्तरको पुनरागमन जित निकालेको छ।
कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
हिमपातका कारण मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा यातायात अवरुद्ध भएको छ।
अख्तियारले घुस लिएको र आर्थिक अनियमितता गरेको अभियोगमा ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
प्रिमनसुनमा विशेष गरेर बिहानदेखि मध्याह्नसम्म घाम लाग्ने अपराह्नतिर बदली हुनाका साथै मेघगर्जन/चट्याङसहित वर्षा हुने मौसमविद् पुडासैनीको भनाइ छ।
प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा पुगेको विद्युत् विधेयक–२०८० मा राखिएको जलाशययुक्त आयोजनाको पानी बाँडफाँट र ठूला आयोजना बिनाप्रतिस्पर्धा विदेशीलाई दिने प्रावधानमा विज्ञले समेत प्रश्न उठाएका छन्।
मानवअधिकारकर्मीले यस्ता घटना दोहोरिन नदिने सुनिश्चितताका लागि छानबिन एवं अनुसन्धान गरी जिम्मेवार देखिएकालाई जबाफदेही बनाउन पनि काठमाडौँ महानगरसँग माग गरेका छन्।
अधिकारकर्मीले यस्ता घटना दोहोरिन नदिने सुनिश्चितताका लागि छानबिन एवं अनुसन्धान गरी जिम्मेवार देखिएकालाई जबाफदेही बनाउन पनि काठमाडौँ महानगरसँग माग गरेका छन्।
आयरल्यान्ड ‘ए’ले नेपालमा टी२० र एक दिवसीय शृंखला खेल्ने भएको छ।
टीआरसी विधेयकमा असहमतिका चार बुँदाहरूमध्ये दुइटामा सहमति जुटेको छ भने बाँकी दुई बुँदाबारे सरसल्लाह गर्न कानूनमन्त्री गुरुङले समिति सभापतिसमक्ष समय माग गरेपछि विधेयक पारित हुन सकेन।
विवादमा पर्ने गरी महानगरले हाँगा छिमलेको चौताराका रूखहरू १०० वर्ष पुराना हुन्। वर–पिपल संरक्षण गर्न प्रदेश सरकारले पाँच वर्षअघि नै ऐन बनाए पनि अहिलेसम्म कार्यान्वयनमा नआउँदा चौताराहरू मासिँदै छन्।
राजनीतिक रूपमा व्यक्तिगत उद्देश्य परिपूर्ति गरी बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउने गरी आक्रमण भइरहेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको भनाइ थियो।
आइतबार नेप्से परिसूचक ११.७८ अंकले घटेर १९६०.३० को विन्दुमा कायम भएको छ।
सडक अवरुद्ध हुँदा नेपालगन्ज, सुर्खेतबाट व्यापारिक तथा अन्य निर्माण सामग्री बोकेर आएका मालवाहक सवारीसाधन बुलबुलेमा रोकिएका छन्।