AnonymousUser

Logout

बसाइँसराइले रित्तिँदै गएको गाउँमा मौरीपालनमा सक्रिय पौडेल दम्पती

पौडेल दम्पतीलाई बसाइँसराइ गर्नुभन्दा गाउँमै उद्यमी बन्नु ठीक लाग्यो। गाउँमा जस्तो स्वच्छ हावापानी र वातावरण नहुने हुँदा बसाइँसराइ नगरेको बाबुराम बताउँछन्।

मुख्यसचिवलाई राजीनामा दिन प्रधानमन्त्रीको आग्रह, नदिए बर्खास्तको तयारी 

सञ्चार मन्त्रालयको सचिव रहँदा टेरामक्स प्रविधि खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठप्रसाद अर्यालविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ। 

सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै महिला

नासो गाउँपालिका–१ तालगाउँका ११ जना महिलाले समूह बनाएर १० रोपनी जग्गा भाडामा लिएर आलुखेती गर्न थालेका छन्।

सहायतालाई मोलमोलाइको विषय नबनाउन इजरायललाई बाइडेनको चेतावनी

हमासका वार्ताकारले इजिप्टमा मध्यस्थकर्तासँग भएको वार्ता छोडेपछि रमजान शुरू हुनुअघि नयाँ युद्धविरामको आशा क्षीण हुँदै गएको समय बाइडेनको यो भनाइ आएको हो। 

बाटो छेकिँदा भताभुंग भएको भुजुङयात्रा

ग्रामीण पर्यटन क्षेत्रमा घुम्न, रमाउन र अध्ययन तथा सरसहयोग गर्न टाढा–टाढाबाट विद्यार्थीहरू जाने क्रम बढेको छ। तर लामो तयारीसहित हिँडेका पाहुनाले समुदायबाट सूचना नपाउँदा यस्तोसम्म कष्ट आइपर्छ! 

खैरहनीको नयाँ अभ्यास: बस्ती–बस्तीमा गृहकार्य कक्षा सञ्चालन

नगरपालिकाले सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि नगरभित्रको २८ स्थानमा गृहकार्य कक्षा सञ्चालन गरेको छ।

इँवाखोला जलविद्युत् आयोजना: पुनर्निर्माण नहुँदा उत्पादन ठप्प 

जलविद्युत् आयोजनाको बाँध, पाइप लाइन र प्रसारण लाइन र विद्युत्‌गृहमा बाढीपहिरोले क्षति गरेको छ। पुनर्निर्माणको काम अहिलेसम्म नसकिँदा विद्युत् उत्पादन ठप्प छ।

‘महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी’

महिला हक, अधिकार, सशक्तीकरण एवं लैंगिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि मार्च ८ लाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छ। 

महाशिवरात्रि मनाइँदै: पशुपतिसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

भक्तजनको सहजताका लागि पशुपतिनाथका चारवटै ढोका बिहान २ बजेदेखि खोलिएको र एकैचोटीमा नौ जनादेखि १० जनासम्मले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ।

सुविधाको खोजीमा बसाइँसराइ, रित्तियो कुइनेखानी गाउँ

विकट र छरिएका बस्तीको कारण रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेलाई ‘म्याग्दीको कर्णाली’को उपमा दिने गरिन्छ। गाउँबाट सदरमुकाम बेनी पुग्न एकतर्फी एक हजार २०० रुपैयाँ भाडा लाग्छ।

महिला मुक्तिका यी आयाम, यी बाटा

छोरीहरू बौद्धिक रूपमा कमसल हुन्छन्, त्यसैले नेतृत्वदायी भूमिका दिनु हुँदैन भन्ने भाष्य व्याप्त छ। अर्कोतर्फ, छोराहरू बलिष्ठ हुन्छन्, उसकै नेतृत्वमा समाज अगाडि बढ्नु पर्छ भन्ने बुझाइ स्थापित गरिएको छ।

नेपाली सेनाले २६१औँ वार्षिकोत्सव मनाउँदै, टुँडिखेलमा विशेष समारोह

सेनाले महाशिवरात्रिको दिनलाई स्थापना दिवसका रूपमा मनाउँदै आएको छ। त्यस अवसरमा सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन्।

यस्तो रहनेछ शुक्रबारको मौसम

पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी , बागमती र  गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

पाशुपत क्षेत्रमा ४ हजार सुरक्षाकर्मी परिचालन

ट्राफिक प्रहरीले शिवरात्रिका दिन पशुपति क्षेत्रमा हुँदै चल्ने सवारीलाई डाइभर्सन गर्ने भएको छ भने मालवाहक सवारीलाई प्रवेश गर्न नदिने भएको छ।

धादिङ बस दुर्घटनामा हराइरहेकामध्ये २ जनाको शव फेला

धादिङको घाटबेँसी बस दुर्घटनामा हराइरहेका तीनमध्ये दुई जनाको शव फेला परेको छ। योसँगै मृतकको संख्या नौ पुगेको छ।

सेनामा भर्ती नेपाली स्वदेश फर्काउन परराष्ट्रमन्त्रीले गरे रुसी समकक्षीलाई फोन

मन्त्री नारायणकाजी श्रेष्ठले आफ्ना रुसी समकक्षी लाभरोसँग बिहीबार टेलिफोनमामा कुराकानी गर्दै त्यहाँको सेनामा रहेका नेपाली नागरिकको उद्धार गरेर स्वदेश फर्काउन आग्रह गरेका छन्।

‘केयर गिभर’का लागि २३ लाख रुपैयाँ तिरेर बेलायत जान खोज्दा ठगिए

बेलायतको रोजगारीको प्रलोभन देखाउँदै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

३३७ जनाबाट करोडौँ ठगेको अभियोग लागेका सुजन र कर्मालाई थुनामा राख्न आदेश

यूरो विइङस एजुकेसन कन्सल्टेन्सीको नाउँमा तामाङद्वयले वैदेशिक रोजगारीमा माल्टा, क्रोएसिया, क्यानडा, पोल्यान्डलगायत देशमा पठाइदिन्छौँ भन्दै करोडौँ रकम ठगी गरेको किटानी जाहेरी परेको थियो।

कानून निर्माण नै स्वार्थ समूहबाट नियन्त्रित हुँदा भयावह बनेको सहकारी संकट

एक दशकअघि सहकारीमा समस्या देखा पर्दा बलियो कानूनी व्यवस्था थिएन। जब बलियो कानून बनाउने पहल अघि बढ्यो, त्यसलाई सहकारी सञ्चालक सांसदहरूले ‘हाइज्याक’ गरे। त्यसकै नतिजा हो अहिलेको सहकारी संकट।

बालिका बलात्कारका अभियुक्तलाई १२ वर्ष कैद, ५ लाख जरिबाना

बालिका बलात्कारमा दोषी ठहर भएका माङ्सेबुङ गाउँपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिम राईलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको छ।