नेपाललाई ४ विकेटले पराजित गर्दै नेदरल्यान्ड्सले त्रिकोणात्मक टी२० शृंखला जितेको छ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्रीलाई पदमुक्त गर्दै उनीहरूले सम्हाल्दै आएका मन्त्रालय आफैँ मातहत राखेका छन्।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन जोड्यो।
उत्तर कोरियाले लामो समयदेखि अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको आलोचना गर्दै आएको छ। उसले उक्त सैन्य अभ्यासलाई आक्रमणका लागि पूर्वाभ्यास भनेको छ।
बद्री पन्त वडाध्यक्ष बन्नु आकस्मिक घटना थियो। त्यही घटनाले नलगाड वडा नं. ४ बदलिएको छ। खानेपानी, स्वास्थ्य र सिँचाइमा काम भएको छ। पन्तले किसानका लागि ‘भैँसीलाई सुत्केरी भत्ता’को व्यवस्था गरेका छन्।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख २१ हजारमा कारोबार भएको सुन दुई हजारले बढेर नयाँ बिन्दुमा पुगेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो आएको छ। यसले सडक बन्द नभए पनि माथिल्लो मनाङ आवतजावतमा समस्या भएको छ।
सडक डिभिजन कार्यालय हेटौँडाले अर्थ मन्त्रालयसँग हेटौँडा बजारको सडक बिस्तार, खानेपानी पाइप, विद्युत् पोल र ढल व्यवस्थापन तथा ग्राभेलका लागि १२ करोड बजेट माग गरेको छ।
कोशीटप्पु आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५३ प्रजातिका पाँच हजार ५२७ को संख्यामा चरा फेला परेको छ। गत वर्ष ५६ प्रजातिका सात हजार ५७३ चरा रहेका थिए।
भरतपुर–७ स्थित माछापुच्छ्रे चोक नजिकै जेब्रा क्रसिङमा हिँडिरहेका नौ वर्षीय आरुष पौडेललाई बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ।
निरन्तर खटेर घरमा आर्थिक उपार्जन गर्ने महिलालाई अंश वा खर्चबाट वञ्चित गर्ने कानून संविधानको मर्मविपरीत छ। यस व्यवस्थाले लैंगिक विभेद मात्र नभई जीविकामा नै आघात पार्छ।
आर्सनल २७ खेलबाट ६१ अंकसहित तालिकाको तेस्रो स्थानमा छ। समान खेलमा ६२ अंक रहेको म्यानचेस्टर सिटी दोस्रो तथा ६३ अंक रहेको लिभरपुल शीर्षस्थानमा छ।
दिउँसो, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेकपा एमालेसहित चार दल सम्मिलित गठबन्धनका बीचमा रिक्त रहेको राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष पदको भागबन्डासहित आठबुँदे सहमति भएको छ।
निजामती कर्मचारीले कम्पनी स्थापना या सञ्चालन, व्यापार–व्यवसाय गर्न, परामर्शदाता, सल्लाहकार, विशेषज्ञ या कुनै हैसियतले सेवा प्रदान गर्ने कार्यमा आबद्ध हुन पाउने व्यवस्था पनि विधेयकमा समेटिएको छ।
नवलपरासी–बर्दघाट सुस्तापूर्वको दाउन्ने क्षेत्रमा अवरुद्ध भएको सडक अझै पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन।
कुलमान घिसिङले नेतृत्व सम्हालेयता निरन्तर फाइदामा गएको भनिएको विद्युत् प्राधिकरणलाई बर्सेनि बढ्दो बक्यौता रकम नउठे भारतलाई बिजुली खरिदबापतको रकम बुझाउन मुस्किल पर्नसक्ने प्राधिकरणकै अधिकारी बताउँछन्।
साफ यू१६ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा नेपालले भुटानलाई ३–० गोल अन्तरले पराजित गरेको छ।
नवनियुक्त मन्त्रीहरू अर्याल, तामाङ र गिरीलाई राष्ट्रपति पौडेलले शीतलनिवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराएका छन्।