परिवार नियोजन संघले सञ्चालन गरेको ‘आधारभूत स्वास्थ्य सेवा कार्यक्रम’ शिविरमा सेवा लिन आएका अधिकांश महिला तथा बालबालिकामा कुपोषणको जोखिम देखिएको कार्यक्रमका संयोजक वसन्त खनालले बताए।
किसानले राज्यले कृषिलाई पर्यटन क्षेत्रसँग जोड्न नसक्दा र लगानी सुरक्षित नहुँदा धेरै युवाशक्ति विदेश पलायन हुने गरेको बताए।
‘२१औँ शताब्दीमा निगरानी र स्वतन्त्रता’ पुस्तक सार्वजनिक भएको छ।
धरानमा बनेका खुकुरी नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय बजार अमेरिका, बेलायत, चीन, भारत, सिंगापुरलगायत देशमा पुग्ने गरेका छन्। त्यसबाट खुकुरी व्यवसायीले मासिक लाखौँ रुपैयाँ नेपाल भित्र्याइ रहेका छन्।
अख्तियारले मुगुस्थित तन्दावाडा सिँचाइ आयोजनामा आर्थिक अनियमितता गरी राज्यलाई हानि नोक्सानी पुर्याएको अभियोगमा १० जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
प्रधानमन्त्री दाहालको सिफारिसमा सोमबार नयाँ मन्त्रीहरूले शपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
स्वास्थ्योपचारमा लामो समय देशबाहिर रहेका माओवादी नेता वर्षमान पुन बालुवाटारमा सक्रिय भएसँगै बीजारोपण भएको नयाँ गठबन्धनले कानूनमन्त्री धनराज गुरुङको आइतबारको ‘कदम’माथि टेकेर पूर्ण आकार लियो।
हनुमन्ते खोलामा रगताम्मे अवस्थामा एक युवकको शव फेला परेको छ।
बाँकेमा भारतीय दूधको बिक्री वितरणले नेपाली किसान मर्कामा पर्दै गएका छन्।
नयाँ समीकरणअनुसार सरकार गठन हुने भएपछि पार्टी अध्यक्ष यादवको नेतृत्वमा सरकारमा सहभागी हुने कुरा करिब करिब तय नै रहेको पार्टीका नेता लालबाबु राउत गद्दीले बताए।
सोमबार सत्ता गठबन्धनमा आएको फेरबदलको प्रभाव नेपाली पुँजीबजारमा देखिएको छ।
राष्ट्रियसभामा रिक्त २० पदमध्ये १९ जना गत माघ ११ गतेको निर्वाचनबाट चुनिएर सभामा आएका हुन्। अब एक जना सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्न बाँकी छन्।
तारागाउँ म्युजियमको एउटा ठूलो पर्खालको भित्तोमा अनेक पुस्तकका गाता छन्। नेपालको सम्पदा र इतिहासबारे लेखिएका ती पुस्तक सन् १९५० देखि २००० सम्ममा प्रकाशित भएका हुन्। यो भित्तोको नाम हो– हेरिटेज मिरर।
राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा सकारात्मक सर्किट लागेको छ।
अर्को बैठक यही फागुन २४ गते बिहीबार बिहान ११ बजे बस्ने संघीय संसदले जनाएको छ।
उनले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टी निर्णायक भएकैले पनि नयाँ बन्ने गठबन्धनमा नाउपाको महत्त्व रहने अध्यक्ष चाैधरीले बताए।
पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी फराकिलो र स्तरीय बनाउन मुग्लिन–पोखरा सडक योजना मार्फत काम भइरहेको छ।
दलित, विपन्न, लोपोन्मुख र अति सीमान्तकृत समुदायका लागि सुरक्षित आवास व्यवस्था गर्न संघ सरकारले आव २०६६/०६७ देखि यो कार्यक्रम शुरू गरेको थियो।
सुखानी शहीदका परिवारसँगको भेटमा प्रधानमन्त्री दाहालले आजैको मितिदेखि कम्युनिस्ट एकताका लागि आफूले थप पहल गरेको बताएका छन्।
एमाले सचिवालय बैठकपछि उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् विस्तार हुने बताए।